huippa
More by huippa
What people are reading
Subscribers
Please log in to subscribe to huippa's postings.
:: Subscribe
|
सुनको कचौरा लिएर माग्ने हामी नेपाली !
[VIEWED 4113
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
huippa.
Please log in to subscribe to huippa's postings.
Posted on 11-16-18 10:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दुईतिहाइ बहुमत प्राप्त सरकारले बारम्बार ‘समृद्धि’ को राग अलाप्दै छ भने नेपालमा उद्योग र व्यापारमा विकास गर्न विदेशी पुँजीको आह्वान गर्दैछ । ७० लाख पौरखी हातहरूलाई विदेशमा पठाएर आफ्नो देशको ‘समृद्धि’को निम्ति पराइको आशा देखाउने सरकारका सल्लाहकारहरू कस्ता छन् ? भूकम्प पीडित जनतालाई सहयोग गर्न वाचा गर्नेहरूले वचन पूरा नगरेकोमा सरकारले चित्त दुखाउने र भीक्षाटन गर्ने दुवै कार्य नेपाली जनताको भावनाविपरीत छ । युवाहरू अनेक सङ्गीतका कार्यक्रममा गम्भीर भएर गीत गाउँछन्–मुटुमा हात राखेर– “घोटिएर हातपाउ झरिजाओस् औंला तर कोही अगाडि यी हात जोडिन्न” गोपाल योञ्जनको यो गीतले युवाहरूलाई छोएजस्तै सरकारका मन्त्री र सल्लाहकारहरूको मन किन छोइन्न ? अरुको पुँजीको एक टुक्रो रोटी खाएर खुसी हुने यी नेपाली उद्योगपति, व्यापारी र मन्त्री एवं शासक दलका नेता र कार्यकर्ताहरूमा ‘मागेको धोतीले मेरो लाज छोपिन्न’ भन्ने चेत किन आउँदैन ? नेपाली गोर्खालीहरूलाई अरु देशका जनतामाथि गोली र बम बर्साउन दिएर साम्राज्यवादीहरू अर्काको मुलुक र स्रोत–साधनहरू लुट्न लगाउँछन् र त्यसको सानो टुक्रो नेपालीहरूलाई चाख्न दिइन्छ । यसबारे नेपालीहरूमा कहिले चेत खुल्ने हो, हामी गम्भीर हुनैपर्छ । गोपाल योञ्जनले यसरी गीत गाए । खोसेको रोटीले मेरो पेट भरिन्न, मागेको धोतीले मेरो लाज छोपिन्न… आप्mनो देश र जनताको गौरव र समृद्धिको गीत गाउनेहरूले गोरखा भर्ती र देश लुट्ने साम्राज्यवादीहरूसँग ‘विकास’, ‘लगानी’ र भूकम्प ‘पीडितहरू’लाई सहयोग माग्न लाज लाग्दैन ? लाखौंलाख नेपाली युवाहरूलाई म्यानपावर कम्पनीहरूसँग मिलेर शासक दलहरूले घर–खेत बेच्न दबाब दिएर पैसा खाई नयाँ गल्लावालहरूले चेलीबेटीहरूसमेत विदेशको दास–बजारमा बेचेका छन् । उनीहरू अनेक हण्डरले दुःख खपेर बसेका छन् र कतिले सहनै नसकेर नेपाली दूतावासहरूमा शरण लिएका छन्, भोकभोकै मरेका छन् र असाध्य रोग लागी बिरामी भई देश फर्केका छन् र कति बाकसमा फर्केका छन् । आमा–बाबु र परिवार, बालबच्चाको हविगत के भयो होला ? अमर गुरुङ्गको सङ्गीतमा अगमसिंह गिरीले गाएको गीत आजसम्म नेपाली मन र मुटुमा छापझैं बसेको छ– “नियाली हेर हामीलाई, भिजेको छैन परेला आँसुले गह भिजाए, अरुले निर्धा सम्झेला ?” शासक दलका समर्थक प्राध्यापक, बृद्धिजीवी र सल्लाहकारहरूको खोइ आवाज, प्रतिक्रिया र दृष्टिकोण ? ठेक्का–पट्टा, नाफा, भागवण्डा, भू–माफिया, गिट्टी, बालुवा र क्रसरका अपराधीहरू, सडकहरूमा ध्रराप हालेर पैसा हजम गर्ने हाकिम, ट्रिपरका मालिक, ठेकेदार र मन्त्रीहरू के नेपाली होइनन् ? सायद ‘नाफा’को कुनै राष्ट्रिय सीमा हुँदैन ! अगमसिंह गिरीले सिंहदरबारका घुम्ने मेचहरूमा बस्नेलाई सम्झेर लेखेका होलान्– “बुझ्छ र कसले रोएको मुटुमा काँडा लिएर अरुका सारमा हाँसेको, आँसुका घुट्का पिएर…” भनिन्थ्यो, नेपाली सम्पतिको भण्डारको तालाको साँचो दिल्लीमा छ, नेपाली सवारीका लाइसेन्सहरू, नेपाली जलविद्युत्को प्रसारणको ग्रिड वा ढुकुटी भारतमा छ, नेपाली अपराधी र नेपाली शासकका सल्लाहकारसमेत डिल्लीमै छन् । के अब नेपाली शासकहरू र शासन डिल्लीबाट मुक्त हुनसक्दैनन् ? केहीले भने– नेपाल सुनको कचौरा बोकेर माग्ने मानिसजस्तो छ । सात सय वर्ष अगाडि कोलम्बसले अमेरिका पत्ता लगाउँदा त्यहाँका आदिवासी वा पाषाण युगीन मानिसहरू सुनको ढुङ्गामा बस्थे अर्थात् ती ताम्रवर्णका मानिसहरू सभ्यतामा विकास भई नसक्दा, तिनीहरूलाई सुनको महत्व थाहा थिएन । आज नेपाली व्यापारीहरू युवाहरूलाई विदेश पठाई नेपालीलाई नै ठग्छन् , हिमालको मूल्य थाहा नपाएर ती पर्यटन उद्योगी भन्ने केही ठगहरूले सरकार, स्थानीय निकाय र जनतालाई ठग्दै छन् ।
|
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration |
What are your first memories of when Nepal Television Began? |
निगुरो थाहा छ ?? |
TPS Re-registration case still pending .. |
ChatSansar.com Naya Nepal Chat |
Basnet or Basnyat ?? |
Sajha has turned into MAGATs nest |
NRN card pros and cons? |
Do nepalese really need TPS? |
कता जादै छ नेपाली समाज ?? |
मन भित्र को पत्रै पत्र! |
Will MAGA really start shooting people? |
Democrats are so sure Trump will win |
Top 10 Anti-vaxxers Who Got Owned by COVID |
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time? |
TPS Work Permit/How long your took? |
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19? |
Breathe in. Breathe out. |
3 most corrupt politicians in the world |
Dementia Joe has been selected to become the next President |
|
Nas and The Bokas: Coming to a Night Club near you |
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year. |
TPS Update : Jajarkot earthquake |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|