[Show all top banners]

pire
Replies to this thread:

More by pire
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Aaja Kranti Chha

[Please view other pages to see the rest of the postings. Total posts: 42]
PAGE: <<  1 2 3  
[VIEWED 16568 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 04-19-06 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Finally, aaja everything will be decided.

5 Lakh (that is pach lakh) people will be on the street, to drag the likes of Gyane, Kamale etc out of their comfortable house, and throw them to the vacuum of history from where there voices will never be heard again, they will never be able to cut the telephone and beam their lousy speeches to the great Nepali people.

Today, we write a new history, and our children will remember it forever. We will write a new Nepal where everyone is equal, everyone has equal opportunity to prosper.

Aaja kranti chha, sathi ho, sakinchha bhane jaam sadak ma.
 
The postings in this thread span 3 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 04-20-06 1:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केहि छैन्, कविता राम्रो लेख्नु हुँदो रैछ, अब एकदुइ केटा हरु ले केटि भनेर जिस्काउलान एकैछिन, तेत्ति हो:-)

पु:न बिषय प्रवेश गरम, कसै सँग युद्ध प्रसाद मिश्रको कविता भए टाँसिदिए हुनेनि। नेपालमा त आज ज्ञाने जाने भो भो, अरु को को सति जाने हुन कुन्नि?
 
Posted on 04-20-06 1:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल, मिसको नाम पनि थाहा लाग्यो।
 
Posted on 04-20-06 1:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन नि म कहा कविता लेख्नु ?
यो त आश्मा को हो । उनको नाम गल्ति ले ळेखिएछ भन्या पो त ।


बस्!
तिमी आवाज देऊ
करोडौं प्रतिध्वनी तिम्रो शंखनादको
हिमाल, पहाड, वेँसी हुँदै गुञ्जिने छ
तिम्रो सफलतामा बजेका
करोडौं कर्तल तालीहरुमध्ये
एक ताली मेरो हुने छ
 
Posted on 04-20-06 1:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जब यि शाह हरु बलिया थिए, यिनले जनताले चुनेको जनताको छोरो बिपि लाई जेलमा सडाएर दश बर्ष सम्म राखे।

तिनि बिरामि हुँदा पासपोर्ट सम्म दिइएन।

जब यिनि हरु बलिया थिए, यिनले घुम्न गएका दिदि बैनि नमिता सुनिता लाई के गरे जगजाहेर छ

जब यिनि हरु बलिया थिए, आफ्नै जेलमा थुनेर राखेका यज्ञ बहादुर थापालाई अदालतमा मुद्दा पुनरावेदनमा छदाछदै गोलि हानेर मारे।

न यिनलाई जनताको जिउको महत्व थाहा छ,
न यिनलाई नियाँ निसाफ गर्न आउछ,

हाम्रा पुर्खाले यिनका पुर्खाको अत्याचार धेरै सहे,
आज त्यो सबै अभिशप्त इतिहास उल्टाउने बेला आएको छ साथी हो,
आज क्रान्ति छ।
 
Posted on 04-20-06 3:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथी हो, म पनि सुत्न सकिनं यो रात । आज मेरो मुटु बेग्लै किसिमले धड्किरहेको छ ।
 
Posted on 04-20-06 3:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपेजी,

आज पनि कोहि सुतोस्? बरु भोली कलेज नजाने त हो नि!
यसपाली चहाँ B बाट पनि C तिर झर्ला जस्तो छ ग्रेड पनि।
-जनरल
 
Posted on 04-20-06 3:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न त आँखामा निद छ
न त मनमा चयन छ
रैती बाट जनाता बन्ने उत्कण्ठा छ
किनभने आज क्रान्ति छ

Neutral
----------------------
 
Posted on 04-20-06 3:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोलिको सुन्दर संसारको सपना छ
हिजोको शोषणको राप छ
अलिअलि संदेह त छ भोलिको बारेमा
तर नेपाली जनताले आफ्नो उन्नति गर्नेछन भन्नेमा बिश्वास छ।

धेरै दिनदेखिको पिलो आज फुटाउने बिचार छ
धेरै दिनदेखिको सपना आज पुर्‍याउने बिचार छ
आज केहि गरि पनि सुत्न सक्याछैन मध्य रात कटेपनि
किनकि आज क्रान्ति छ
 
Posted on 04-20-06 3:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोलिको शान्तिको लागि आज क्रान्ति छ,
दविएको बोली फेरि सुस्काउन नदिने कसुरले गर्दा हाम्रो मनमा भ्रान्ति छ,
त्यसैले त आज क्रान्ति छ।
 
Posted on 04-20-06 3:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज देशमा क्रान्ति छ,
भोलीको सुनौलो युगको कल्पनामा,
यो मन धेरै छटपटाएको छ।

आज म निदाउँदिन,
म भोली पनि निदाउदिन, किनकी मैले ननिदाईकनै,
नयाँ नेपाल बनाउनु परेको छ।

आज देश उठेको छ,
जनताको जीत हुँदैछ मेरो प्यारो देशमा,
२३७ वर्षपछि नेपाल ब्युँझिएको छ।
 
Posted on 04-20-06 3:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Oh, no. Sathiho Goli chalaayo re, kalanki maa. www.mysansar.com maa tyo report chha.

Gyanele marne belaa pani dukha dine bho.
 
Posted on 04-20-06 3:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो तर्फबाट सानो टुक्रा:

मान्छे भन्थे मलाई म कुनै चटक खोज्दैछु
म त मान्छे हुन अन्तिम पटक खोज्दैछु
 
Posted on 04-20-06 3:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Protests started early in Gongabu and Kirtipur, outside of the curfew zone. NC Kathmandu District spokesperson just confirmed over 30 thousand protesters are moving towards Kirtipur from Kalanki defying curfew orders. Heavy clashes have been reported in Kalanki where nearly a dozen have been seriously injured. Similarly protestors are moving from Baudha to Gaushala defying curfew orders. Women from Thankot have come out on the streets and it was last reported that they have reached Kalanki. Protestors have also defied orders in New Baneswor and Anamnagar. Residents of Satdobato, Lalitpur area have confirmed hearing gunshots as we write this report.

Although the government said the curfew will be strictly enforced with shoot on site orders, tourists have not been restricted from walking Kathmandu's streets but have been asked to not take pictures.
- http://www.nepalitimes.com/issue/295/Update/11696
 
Posted on 04-20-06 3:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाग्छ इतिहासको बिहान आएको छ
निरंकुश कालो रातको चिहान आएको छ
 
Posted on 04-20-06 4:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाग्छ इतिहासको बिहान आएको छ
निरंकुश कालो रातको चिहान आएको छ

सुतेको मात्रै थियो, मरेको थिएन
जागेको जनता महान आएको छ
 
Posted on 04-20-06 4:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कान्तिपुरले केहि पनि अपडेट गरेको छैन, खै काहाँ छन्,
१. नारायण वाग्ले
२. गुणराज लुईटेल
३. बलराम बनिया एट अल?
 
Posted on 04-20-06 4:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Three protesters killed in police firing in Kathmandu

KATHMANDU , April 20 (kantipur)
Details to follow
Read More»
 
Posted on 04-20-06 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-20-06 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिन आइसकेको छ


झ्यालहरू खोल शान्ति, ढोका उघारेर पर्दाहरू उठाऊ
उज्यालो जुलुसले उज्याला हातमा बोकेका
उज्याला झण्डाहरूलाई पस्न देऊ
लोकल हिटलरका कनसन्ट्रेशन क्याम्प ध्वस्त पार्ने
लोकतन्त्रका उज्याला नाराहरूलाई कोठामा पस्न देऊ

लडाइँका कथा पढिए धेरै युद्धका सिनेमा हेरिए
इन्क्लाबी कविता-गीत धेरै गाइए कोठाभित्र
विशुद्ध गायकहरूका मसाल-स्वर सडकमा सामेल छन्
कथाकारहरुले कथालाई गम्भीर मोड दिएर
खलनायकको गुरुयोजनालाई तिरिमिरि झ्याइँ देकाएका छन्
आन्दोलनको डढेलोले लपेट्दैछ दरबारका जारहरुलाई

कोठा भित्रभित्रै धेरै प्रेम रचियो
रोदीघरदेखि चौतारािसम्म जताततै पिरती खेलियो
हाल आएर गल्ली गल्लीमा देश-प्रेम छताछुल्ल भएको छ
देश प्रेमीहरू मुलुकमाराहरुका छातिमा
फाइलन खेलको निर्णायक प्रहार गरिरहेछन्
ककफाइटमा समेत दुबै पक्षले जित्ने नियम हुँदैन
यो त महान जनआन्दोलन हो
र आन्दोलित जनता हारेको सिठी कहिल्यै बजेको छैन
राम, बुद्ध र ईशूलाई पुज्ने जनताले
मानिसलाई उखेलेर फाल्न पनि जानिसकेका छन्
उखेलेर फालेपछि देउता पनि ढुंगा मात्र हुन्छ ।

फिक्रि नगर शान्ति,
हद्द भए अजै केही ज्यान जाला
तर लोकतन्त्रका सेनाहरुको लस्कर बहुत लामो छ
चिहान भन्दा पनि कालो शासनको आकाशमा
'आतङ्क'को सेटलाइट छाडेर आँखा छल्ने दिन गए
बन्दुकको वैशाखी टेकेर मुलुक
नयाव सताब्दीको दौडमा सामेल हुन सक्दैन
मुलुक सल्काएर चिलिम तान्ने डिक्टेटरहरू
भटाभट ढल्दैछन् दुनियामा
जो बाँकिछन् तिनको पनि दिन आइसकेको छ ।


- विक्रम सुब्बा

source: http://nepalikavita.com/
 
Posted on 04-20-06 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चोर नेताहरुले यस पाली पनि धोका दिए भने नेपालको साचै भबिस्य छैन ।
कुकुर ज्ञानेको चलाऊन नसक्ने गरी हात खुट्टा नकाते सम्म हुँदैन ।
 



PAGE: <<  1 2 3  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Tourist Visa - Seeking Suggestions and Guidance
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
From Trump “I will revoke TPS, and deport them back to their country.”
wanna be ruled by stupid or an Idiot ?
To Sajha admin
Travel Document for TPS (approved)
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
advanced parole
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters