उसले चिनी नभएको ब्ल्याक कफि मेरो अघि राखिदियो ।चिनी नभएको ब्ल्याक कफि मेरो स्वादको युनिकनेस हो । तर पनि मैले उसलाई सम्झाइरहनु पर्दैन मलाई के चाहिन्छ भनेर !उ आजकल मेरो आवश्यकता देखि अभ्यस्त भएको छ । पहिला पहिला मेरो ल्यापटपलाई घण्टौ सम्म नियालिरहन्थ्यो मेरा शब्दहरुबाट केहि बुझि पो हालिन्छ कि भनेर । पछि कुरा पत्ता लगाउन खोज्दा पत्ता लगाए उसले अहिले सम्म अक्षर हरु चिनेको रहेनछ । उ मात्र अराएको काम गरिदिन्थ्यो टेबल पुछ्ने ,भनेको टेबलमा चिया कफि भनेपछि पुर्याइदिने तर बिगतको एक बर्षमा म त्यो क्याफे सँग यति अभ्यस्त भएकी थिएँ की उसले नभनीकन पनि चिनी नभएको ब्ल्याक कफि मेरो अघि ल्याएर राखिदियो ।
मैले मेरै पुराना कुनै कथाहरुमा लेखेकी थिएँ ब्ल्याक कफिले मलाई कसैको वाहुपाशको सम्झना दिलाउँछ भनेर ,हुन तति शब्दहरु नितान्त काल्पनिक थिए ,मेरो कफिले जसको बाहुपाशको सम्झना दिलाउँथ्यो त्यो पात्र पुर्णतय काल्पनिक थियो तर त्यो मेरो कल्पनाले यथार्थ कै धरातल लिएको हुनुपर्छ , म त्यहि क्याफेकै वरपरबाट शब्दहरु बटुल्थेँ , उन्थेँ र ति राम्रा लागेपछि फलैँचामा पस्किदिन्थेँ ति शब्दहरु चलेका पनि थिए फलैँचामा,फलैँचा मेरो कर्म थलो भनौँ भख्खर खुलेको साइट भए पनि साहित्यपारखि हरुले गर्दा चल्यो त्यो !!!!,र बिस्तारै म पनि त्यसैकी हिस्सा भएँ । एउटा भित्तो तोकियो मेरो लागि सबैले पढुन भनेर “सुगन्धाको भित्तो !”
मेरो वास्तविक नाम सुगन्धा हैन , साधना भनेर चिन्छन् सबैले म साधारण भएर बाँच्दा तर पनि मैले लेख्न शुरु गरेँ सुगन्धा भएर । र त्यहि नाम आजकल मेरो पर्याय बनेको छ । मलाई लाग्छ म एउटा भर्च्युअल जीवन समानान्तर रुपमा बाँचेकी छु । जसमा म ल्यापटपबाट फलैँचा भित्र छिर्छु । त्यहाँ का भिन्न पात्रहरुसँग म पात्र बनेर आफूलाई रहर लागेको जीवन बाँचिदिन्छु किनकी त्यो जीवन बाँच्नलाई मैले लेखे मात्रै पुग्छ ,त्यसपछि फलैँचा मा एकछिन सुस्ताएर कथाहरुबाट बाहिर निस्किन्छु केहि मन पराइदिनेका मेलहरु सँधै फलैँचाको भित्तो मा टाँसिइरहेकै हुन्छन् त्यो सुस्त सुस्त गर्दै हेर्छु । कसै कसैलाई धन्यवाद पठाइ पनि दिन्छु । अनी फेरि आफ्नो साधनाको शरिरमा फर्किन्छु त्यतिन्जेल सम्म साँझ परिसकेको हुन्छ घरतिर फर्किन्छु । त्यो बीचमा चिनी बिनाको ब्ल्याक कफिको छ सात कप विचमा आफुले रोजेको खाजा मेरा साथीहरु बनिदिन्छन् ।
सबैभन्दा स्वादिलो कुरा मैले त्यो गरेकाले मलाई बाँच्न सजिलो पनि भइराखेको छ । मलाई फलैँचाले जीवन दिइरहेको छ ।
आज मलाई लेख्न मन लागेन । एकछिन किबोर्डमा आफ्ना औँला चलाएँ ।सोचेको नभएजस्तो लाग्यो ।
एउटा नियमित पाठकको फेरि मेल आएछ । उसका शब्दहरुले कहिलेकाहिँ म लेखक वा उ लेखक छुट्याउन गाह्रो हुन्छ । उसका शब्द शब्दहरु मुस्कान बनेर मेरा गालामा खोपिल्टा बनेर बसिदिन्छन् ।
“सुगन्धाजी फेरि तँपाइको कथा धित नमरी सिद्दियो । तँपाइ कथाका हरेक शब्दशब्दहरुमा पग्लिनु भए जस्तो लाग्छ ।अनौठो आभाष पाउँछु हरेक कथाहरुमा ।कहिले बादल हरु आफ्ना पाइला तल भएको जस्तो लाग्छ । एउटा सिरेटो ले कतै उडाएजस्तो लाग्छ जब ति शब्दहरु पढ्छु ।तँपाइ को नाम साँच्चै मलाई सार्थक लाग्छ सुगन्ध छरिदिने सुगन्धा !!! म आफू रहन्न । सोच्छु त्यो एउटा नभएको विश्वहो । म सोच्दिन त्यसको बारेमा । तर फेरि तँपाइको कथा आउँछ । म पढ्छु अनी उहि प्रकृया दोहोरिन्छ। म सक्दिन तँपाइका शब्दमा नडुबिकन बस्न मलाई लाग्छ सुगन्धाका भित्ताहरु चारैतिरबाट घेरिएर मेरो घर बनिरहेको छ ।यो कथा मन पर्यो भनेर मैले भनीरहनु पर्दैन होला !
अर्को कथाको प्रतिक्षामा !!!!!!!”
.........................
मैले मेल बन्द गरेँ ।उसको रिप्लाई आज सोचेर मात्रै लेख्नुपर्ला भनेर सोचेँ । उसका शब्दहरुले मलाई सोच्नलाई बाध्य तुल्याए । म जहिले पनि एकचोटी अडिन्छु जब जब उसका शब्दहरु देख्छु । एक चोटी उसलाई जिस्क्याएँ तिमी फलैँचामा लेख म भन्दा सफल हुन्छौ भनेर , उसले त्यो दिन मेरो मेलको उत्तर फर्काएन । मलाई त्यो दिन मैले उसका गम्भिर कुराहरुलाई हलुका बनाएर उत्तर फर्काईदिएँ जस्तो लाग्यो । थोरै आत्मग्लानी पनि भयो । अर्को कथामा फेरि प्रतिकृया आयो अनि मात्र मैले सन्तोषको सास फेरे । जीवन फेर सामान्य भयो । फलैँचा फेरि सामान्य भयो ।
थाहै नपाइ फेरि गालामा खोपिल्टे मुस्कान आइसकेछ ।
“भाई ब्ल्याक कफि !” मैले फेरि त्यहि फुच्चेलाई बोलाएँ । उ किचनमा छिर्यो । मैले आज क्याफेलाइ नियालेँ ।भित्ता भरीका अमुर्त कलाहरु मलाई सोच्नलाई नयाँ नयाँ प्रेरणा दिइरहन्छन् ।करिब सत्र अठार की केटी हुनुपर्छ अघिल्लो टेबलमा रिसाइरहेकी थिई ,अनि करिब उन्नाइस बिस को केटो हुनुपर्छ मनाउन खोजीरहेको थियो । युद्द धेरै बेर नहोला पक्कै पनि शान्तिप्रकृयामा आउलान ति ।मैले अर्को टेबल तिर आँखा लगेँ । एउटा बुढो पत्रिकामा डुबिरहेको थियो । आजकल पत्रिका पनि निक्कै मसालेदार भएका छन् नेपालमा ,देश चाँडो परिवर्तन हुनु भनेको पत्रिकामा खबर थपिनु हो अनि सोच्नेको लागि पर्याप्त सोचहरु थपिनु हो ।
मेरो ब्ल्याक कफि आयो मेरो टेबलमा । मैले सुरुप्प पारेँ ।आजको अन्तिम कप यहि बनाउने निर्क्यौल गरेँ ,वरपर हेरेँ क्याफेमा भिँड पातलिँदै थियो ।ल्यापटप आफ्नो झोलामा हालेँ । अनि बाहिर निस्किएँ ,बाहिर वादल चिरेर जुन मुस्कुराउन खोज्दै थियो । बाटो शितल प्रकाशले नुहाउँदै थियो । मेरो घर जाने बाटो मलाई सुस्त सुस्त बोलाउँदै थियो ।
खै किन किन हो, यो कथा मलाई कतै चिनेको-जानेको-बुझेको-सुनेको-देखेको जस्तो लाग्यो, देखेको भन्नले, अन्तबाट कपी-पेस्ट भन्न खोज्या चाँही हैन नि है, पाप लाग्ला। तर यो कथा रिलेट गर्दैछु म, अस्तिन फुच्चेले कतै भनेको जस्तो लाग्यो, मैले मेरो कथाको लागि खुराक पाएं भनेर , म शायद तेइ बुझ्दैछु।
नयाँ शैली, नयाँ प्रस्तुती अनी नयाँ उमंग। जय होस्, अझ पेलुम, मज्जा लागिरछ, जुम जुम गुरुजी, फलैँचामा हेर्दै हामी नि कुर्दै छम।
Good Starting ta ho...... tara fucche le chiya pasal ma matra hoina sajha ma pani katha apuro chodera po dikka bhayo ta.....aaiya aba chain fucche le marne bhayo...
Hoina fucchu hami adhuro katha pani padhdai cham hai...
साहिँली धन्यवाद ,फलैँचा मैले एउटा साइटको नाम दिन खोजेको हुँ साझा जस्तै तर काल्पनिक !! बैरे धन्यवाद यो कथा निख्खर कथाकारको हो नि त! पर्फेक्सनिष्ट धन्यवाद ,हात्ति र हात्तिछाप चप्पल जस्तै पर्यो त्यो कुरा त ! खुशि ,नक्कली१०८ प्रमिस यो कथा म नाम जस्तो बनाउँदिन ! गोफ्ले फलैँचाको कुरा सेलाएर तताउन खोजेको हेरौँ ,सुधा धेरै भए कुनको पो कुरा गरेको हो? अमृतराजा धन्यवाद
क्याफेमा आज खास भिँड थिएन । चिया बोक्ने फुच्चे मलाई देखेर थोरै मुस्कुरायो , उसको पेटको लागी म जस्ता दुइचार जना अपरिहार्य थिए , उ र म वीचमा मैले चाहेका सिमित कुराहरु र अन्तमा हिँड्ने बेलाको पैसाको मात्र आदान प्रदान हुने गर्थ्यो । तर त्यति मात्र होइन उ र म विचमा नबोलिकन भए पनि एउटा भावनात्मक सम्बन्ध बनिसकेको छ । र त्यस्ता मौन सम्बन्धहरु अझ रमाइला हुने गर्छन् । शायद उसलाई कोहि चिनेको मान्छेउसैलाई भेट्न आए जस्तो लाग्छ जब म आएर कुनाको सात नम्बरको टेबलमा बस्ने गर्छु ।
म बस्ने टेबलको ठिक माथि एउटा पानी बोकिरहेकी आइमाइको तस्विर छ । उसले म आएदेखि फुर्सद पाएकी छैन ।सँधै त्यहि गाग्रिमा उत्तिनै पानी बोकिरहेकी हुन्छे । किन तस्विरमा भएका जीवनहरु स्थिर हुन्छन् ?मलाई तस्विरको यहि बानी मन पर्दैन , तस्विर आफू बदलिन जान्दैन हरेक दिनका परिस्थिति हरु फरक हुन्छन् तर तस्विर अडिग रहन्छ ,समान रहन्छ तस्विर जिद्दि हुन्छ ।
एकदिन क्याफेको धनी ले सोधेको थियो तँपाई मेरो क्याफे मै बसिरहनु हुन्छ किन ?
मैले मुस्कुराएरै जवाफ फर्काएँ “म तँपाईको क्याफेमै बसेर कमाउने गर्छु ।“ मैलेल्यापटप देखाएँ अनि फेरि भनेँ “यहि हो मेरो जागिर !”
उसले बुझ्यो बुझेन थाहा भएन तर उ क्षणिक समयको लागि चुप भयो ।
बाहिर पानी पर्न आँटेछ । मैले पर्दा बाट नियाले । आज ल्यापटप खोलेकी थिइन । आज मेरो दुइचार वटा किताबहरु हेर्ने बिचार थियो । पैह्वि र साझाप्रकाशन बाट दुइचार वटा किताब किनेर लिएर आएकी थिएँ । प्रत्येक कथा लेख्ने मान्छे अरुका लेख नपढुन्जेल सुध्रिदैन भन्ने सुनेको छु । त्यहि भएर यो पनी आफ्नो पेटको लागि नै थियो भनौँ । कथाहरु मेरा सन्तान थिए,त्यहि भएर यो मेरा सन्तानहरुलाई भरण पोषण थियो ।
“कुर्सि खाली हो ?” छेवैबाट आवाज आयो !
मैले आँखा उठाएर त्यो पुरुष स्वरको आकृतिलाई हेरेँ ।हलुका निलो रंग को टिशर्ट ,झोलाको फित्ताले टीशर्टको प्रिन्ट छोपेको थियो बिचका दुइ शब्दहरु ठम्याउन सकिन ।अनुहार गोरो ,थोरैथोरै दाह्रिहरु रोपिएका थिए मिलाएर रोपेको जस्तो थियो ।
“यहाँ मात्र हैन सबैतिर खालि नै छन् धेरै कुर्सिहरु!”
“तर म बस्ने बित्तिकै टेबल भरिने कुर्सि यहि मात्रै छ जस्तो लाग्यो !”
मैले पुलुक्क उसको अनुहार हेरेँ , उ मुस्कुराइरहेको थियो ।
“मलाई कुनै प्रोब्लेम छैन ,बस्नु भए हुन्छ !”म फेरि किताव तिरै फर्किँदै जवाफ दिएँ ।
“किताब राम्रो छ ,धारावासीले लेखेको हैन !”
उसले मलाई किताव पल्टाउने फुर्सद दिएन !मलाई किताब माया गर्ने मान्छेहरु मन पर्छन ,उसले पनि मेरो कमजोरिमै प्रहार गर्यो । मलाई उसलाई समय दिन कर नै लाग्यो ।
“हो , मैले भख्खरै शुरु गरेकी हुँ । साँच्चै राम्रो छ त?” मलाई थाहा छ यो किताव राम्रो छ , म यो किताबको अन्त्यमा छु र यसको समाप्ति कसरी हुनेछ भन्ने कुरा मेरो रिडिंग सेन्सले पत्ता लगाइसकेको छ तै पनि मैले फेरि प्रश्न राखेँ ।
“राम्रो नराम्रो त पढ्ने मान्छेको परिवेशमा भर पर्ने कुरा हो , तर मलाई चाहिँ राम्रो लाग्यो ।“ उसले मलाई प्रष्ट्यायो ।
“भन्नाले !”
“जस्तो मैले यो कुर्सि मात्रै खाली देखेँ ,तँपाइले सबै !”
मलाई केहि अफ्ठ्यारो भए जस्तो भयो। मैले उसलाई आफ्नो कृत्रिमता किन देखाएँ भनेर । त्यो मेरो प्राकृतिक स्वरुप थिएन ।
“तिमी नै भने पनि हुन्छ ।“
मैले आफ्नो गल्ति थोरै सुधार गर्ने प्रयास गरेँ।
“त्यो तिमी को नाम पनि होला नि !”
“साधना ,तिम्रो ?”
“साधक भएको भए सारै राम्रो हुन्थ्यो!”
मैले उसलाई अचम्म मान्दै हेरेँ ।
“जिस्केको ,आभाष !”
म मुस्कुराएँ ।
“अहिले सम्म मैले तिमीलाई यो क्याफेमा देखेको थिइन !”
“पहिलो चोटि नै हो ! छेवैमा अफिस सरेको छ !तिमी के गर्छौ”
“क्याफेमा आउने जानेलाई हेरीरहन्छु ।
“रमाइलो रहेछ जागिर !”
“रमाइलो नरमाईलो मान्छेको परिवेशमा भर पर्ने कुरा हो !”
यसपाली जिस्क्याउने पालो मेरो थियो ।
“हैन तै पनि कम्प्युटर अगाडि बसेर ट्वाँ पर्नु पर्ने जागिरहरु भन्दा यो जागिर नै रमाइलो जस्तो लागेको मात्रै हो मलाइ !”
मेरो काममा पनि फलैँचा र क्याफे र कम्प्युटर बाहेक केहि छैन तर मलाई किन किन आफूलाई साधारण देखाउन मन लाग्यो उसको अघि । उसको अघि सुगन्धा को परिचय दिन मन लागेन । मलाई लाग्यो मात्र साधना साथि बन्न चाहन्छे उसको !
“कफि खाने ।”
"भाइ कफि ,दुइवटा !” मैले फुच्चेलाई जानकारी तेर्स्याएँ ।उ किचनमा छिर्यो । “भनेपछि तिम्रो काम कम्प्युटरमा !” म उसको काममै फर्केँ । “सफ्टवेर प्रोग्रामर भन्छ क्यार ,स्पेसिफिक हुँदा !” “दिमाग भएकाहरुको काम हो !” “काम मुटुको गर्न मन लाग्छ ,दिमाग चलाउने गर्नु पर्छ ।“
उसका शब्द शब्द हरु रमाइला थिए ।कफि सिद्दिदैँ गयो । कप रित्तिदैँ गयो ।
“हाम्रो भेट फेरि हुन्छ ?” उसले उठ्दै प्रश्न राख्यो ।
“तिमी फेरि यहि क्याफेमा आयौ र म अघिको कुर्सि खाली भयो भने !”
उ मुस्कुरायो अनि बाहिर निक्लियो । मैले धारावासीको राधा फेरि पल्टाएँ । तर मलाई थाहा छ मेरो ध्यान अहिले राधामा डुलिरहेको छैन
ह्म्म्म्म्म, ध्यान काँ छ त बुझियो, छोटो भएन र? ल ल जुम जुम, बाटोमा जाँदै पढ्दै छु, बाहिर एक्नासले पानी परीराछ अनी तेइ सँग यो कथा, अत्ती मन्मोहक लाग्यो प्रस्तुती, अझ अली बेसी आको भये झन काइदा हुनी, अरु प्रतिक्ष्या म
एउटा बुढो पत्रिकामा डुबिरहेको थियो - यो वाक्य मा अली तिक्तता झल्कियो है fuchhe शुरु मा कथाकार र त्यो चिया बोक्ने केटो को बीच मा कथा को घट्नाक्रम अघी बढ्ने हो जस्तो भान भएको थियो
There must b some problem in sajha coz I cant see the comments after the story.........anywaysपढिदिने साथिहरुलाई धन्यवाद दिँदै मेरो धेरै पछि यो कथा लाई अपुरो नछोड्ने वाचाका साथ आएको तेस्रो भाग
मैले राधा पढेर सिध्याइसकेकी थिएँ । एउटा अनौठो छाप छोडेर गयो राधा मेरो मनमाँ ,पुर्णतय स्त्री चरित्रवादी र मैले सोचेको भन्दा थोरै पृथक अन्त्य!खुशि लाग्यो आखिर केहि त नयाव खुराक पायो मेरो जीवनले , टेबलमा बस्दा बस्दै आभाष याद आयो , याद आयो पनि किन भनौँ मैले त उसलाई बिर्सिरहेकै छैन नी हिजोदेखि !टेबलको कुनामा बसेँ उसको लिजर टाइममा आइपुग्ला ,अफिस नजिकै छ भनेको छ खाजा खाने ठाउँ खोज्दै आएको उ , ब्यग्रता मेरो लागि मात्रै त पक्कै पनि होइन होला ,ढोका ढप्किँदै खुल्दै गर्यो चौतारो जस्तो क्याफेमा धेरै आउँदै सुस्ताउँदै अनि फेरि हराउँदै गए ।
मैले बिस्तारै ब्यागबाट आफ्नो ल्यापटप खोलेँ ,हिजोको भेटले मलाई नया कथा दिएको छ । म यहि चियापसलबाट एउटा कथाको शुरुवात गर्छु ,यहि चियापसलमा हुन सक्ने टेबल गफहरु मात्र लाई लिएर जसमा केवल दुइ पात्र रहलान् , सानो रंगमन्च रहला किनकी ति दुवै त्यो क्याफे बाट बाहिर निस्कनेछैनन् ।एउटा अनौठो प्रयोग गर्नेछु म फलैँचामा ,कसो मन नपराउलान् फरक प्रकृतिका बस्तुहरुलाई धेरै मान्दछ दुनियाले , म फलैँचामा एउटा नया आयाम थपिदिनेछु ।यो गाह्रो छ होला यदि आभाष फेरि भेटिएन भने मेरो यो कथाको लागि मात्रै पनि आभाष फेरि भेट्टिइनु जरुरि भएको छ । उ आउँछ होला अथवा भनौँ मेरो सात नम्बरको टेबलले उसलाई फेरि तान्नेछ । मैले माथिको तस्विरलाई फेरि नियाले उसको पानी बोकेको यात्रा टुंगिएको थिएन।
कथा फुर्दै गयो एउटा केटा बाट शुरु गरेँ मेरो कथा मैले ,मलाई आफू केटी नै भए पनि केटाका मनोविग्यान हरु मन पर्छन् युवकको आँखाबाट स्त्री हेरीएको कल्पना नै मात्र पनि रहरलाग्दो हुन्छ ।छेउ छाउका चलायमान चिजहरु कथाका शब्दहरुमा उत्रिदै गए ।मलाई मैले लेखेको कथा रमाइलो लागेको थियो ।थोरै अड्किए जस्तो भए पछि मैले फेरि ब्ल्याक कफि मगाएँ ।त्यो यात्रामा गाडि मा प्रयोग गरिएको मबिल जस्तै हो ,ब्ल्याक कफिको तरलताले कथालाइ चिप्ल्याउँछ यसरि बगाउँछ कि कतिखेर कथाको अन्त्य आइसकेछ स्वयँ लेख्ने मलाई समेत थाहा हुन्न ।
सुन्दा सबैलाई हाँसो उठ्ला तर म कहिल्यै कथाको अन्त्य सोचेर लेख्दिन । कथाहरुले आफ्नो अन्त्य आफैँ खोज्नु पर्छ हामी त केवल साधक हुँ कथा सँग को यात्रामा आफ्नो जीवन पनि छोडेर बगिदिने !
घडि हेरेँ । करिब दुइ बज्न आँटेको थियो । हिजो हुन त मैले घडि हेर्ने न समय पाएँ न घडि हेर्ने रहर नै जाग्यो तर मलाई लाग्छ ।हिजो आभाष आउँदा पनि यस्तै यस्तै समय भएको थियो । उसलाई कम्प्युटर सँग जोडिएका कुराहरु मन पर्दैनन् ।म उसबाट सकेसम्म मेरी सुगन्धालाई लुकाउन चाहन्छु । सुगन्धा मेरो नभएकी विश्व हो , मेरो कुनै शुभचिन्तक ले नै भने जस्तो । मैले ल्यापटप भित्र राखेँ झोलाको अनि किताव झिकेर पढ्न बसेँ । आधा बाटो धारावासी को आफ्नै कथा रहेछ । मलाई रमाइलो लागीरहेको छ धारावासीको किताब यात्रा ,यो भन्दा पहिले मैले ध्रुवचन्द्र गौतम रोजेकी थिएँ ।रमाइलो भइराखेको छ मेरो फलैँचाको जागिर ।किताबहरु सँग को सम्बन्ध । त्यो एउटा पुरुष सँग बिताएको रात जस्तै मादक हुँदो रहेछ टासिइरहुँ झैँ लाग्ने ,छोड्न मन नलाग्ने र किताब सकिएर सर्वांग उधारिएको बेला पनि पल्टाइरहुँ लाग्ने पाना पाना खेलाईरहुँ लाग्ने ।
घडिको सुइ बिस्तारै बिस्तारै घुमिरहेको थियो । प्रतिक्षामा घडि बिस्तारै नै घुम्छ भनेर त स्वयं आइन्स्टाइन को थियरि अफ रिलेटिभिटी ले मानेको कुरा हो मैले नमान्ने त झन कुरा नै आएन । ढोका मा मैले हेर्ने टाइम ग्याप बिचको फ्रिक्वेन्सी बढ्दै गयो । आभाष आज आउदैन जस्तो छ । थोरै रिस उठ्यो ,थोरै चिन्ता पनि लाग्यो । उ सँग मैले उसको नम्बर मागिनछु ,अब आभाषलाई खोज्ने कसरी ? यो प्रश्नको जवाफ म सँग छैन । म थोरै छटपटाएँ किताब बन्द गरेँ ,अर्को चोटि मेरो उ सँग भेट हुने सम्भावना कत्तिको छ त ?शायद आज जस्तै काला दिनहरु भए भने त छैन नै होला । तर हैन उसले यदि साँचो बोलेको हो भने आज नभ्याएको पनि हुन सक्छ ।म जति छटपटाईरहेको छु पारि पट्टि पनि त त्यस्तै प्रतिकृया हुनुपर्छ । मैले सोचेँ ,ठिकै छ भोलि त अवश्य नै आउला !
छेवैको टेबल मा केहि कुरो मिलेनछ । फुच्चे लाइ गरिरहेको गालीले म थोरै झस्किएँ । कसैको पेन्ट मा चिया चुहिएको कथा जस्तो लाग्यो । हेरेँ उसको पेन्टमा कुनै रचनात्मक फरक भने परेको थिएन । फुच्चे टुलुटुलु निरिह आँखाले उसको पेन्टमा लागेको दाग कहाँ नेरि छ भनेर खोज्न ब्यस्त थियो । उ आफ्नो गल्तिलाइ उसको पेन्टमा खोज्न खोजिरहेको थियो ।देख्ने खाले गल्ति थिएन हुन त गल्ति सुक्ष्म थियो तर उसले देखिने खाले बृहत सजाय पायो । गालिहरु रोकिन मानिरहेकै थिएनन् । उ सँग गालिको अथाह भण्डार छ जस्तो थियो । उ एक एक अस्त्र युद्दमा छोडेर आफ्ना प्रतिद्वन्दिलाई घायल गर्न खोजिरहेको जस्तो थियो । धेरै बेर सुनिरहेँ शब्दहरुले मलाई नै घोचिरहेको जस्तो लाग्यो । म केहि पनि गर्न सक्दिन , मैले केहि भने भने उ म तिरै खनिनेछ , उसका भण्डारमा अझ पुन प्रयोग गर्न मिल्ने धेरै अस्त्र होलान जसको मलाई डर लागिरहेको छ । नैतिक मान्छे कायर हुन्छ ।एक छिन सम्म बिरक्त लाग्यो । मान्छे हरु किन यति निरिह हुन्छन् , उसले आफ्नो काम छोड्न सक्दैन , अनि मान्छेहरु किन यति कुरुप हुन्छनछेवैको टेबलको को रिस शान्त भइरहेको थिएन ।
म फेरि आफ्नो कथामा फर्के । आज केहि लेख्दिन भनेर थन्क्याएको ल्यापटप फेरि बाहिर निकाले ।विन्डो को उहि सुनिराखेको धुन फेरि सुनियो । कथा लेख्न फेरि शुरु गर्न खोजेँ तर अहँ शब्दहरु पटक्कै उक्किएनन् । मेरो कथा अड्किएको छ । पहिलो भागमैँ ।हिजो देखि शुरु भएको कथा मेरो पहिलो भाग मैँ अड्कियो शायद यो कथाको अन्त्य गर्न फेरि चियापसलमा आभाष झुल्किनुपर्छ ।
<<सुन्दा सबैलाई हाँसो उठ्ला तर म कहिल्यै कथाको अन्त्य सोचेर लेख्दिन । कथाहरुले आफ्नो अन्त्य आफैँ खोज्नु पर्छ हामी त केवल साधक हुँ कथा सँग को यात्रामा आफ्नो जीवन पनि छोडेर बगिदिने !>>
क्या दरो कुरा गर्यो फुच्चे ले भने मन नै कुटुक्क भयो ।
हरे आज को डज बन्दा बेसी त पशुपतीको प्रशाद पनि धेरै पाहिन्छ के ग्र्या यस्तो फुच्चे ले
finally I got all the comments viewed........ Perfectionist -यो त अचार हो नि त थोरै थोरै खाउँ रमाइलै होला हैन र !अनि कथा बिस्तारै बए पनि गुडाउँला नअड्काईकन , साझा मा नाम पाइया छ यसै ढिलो उसै ढिलो हाहाहाह गुच्चाचोर धन्यवाद ,फलैँचा भनेको चौतारो हो ,शायद यो शब्द पुर्व तिर मात्रै प्रयोग हुन्छ होला ! नक्कली आज देखि तिम्रो नाम फुच्चि है कस्तो रमाइलो ! साहिँलि तिमी खालि म सँग गनगन मात्रै गर्छौ बिमारि छु भन्यो भने हेर्न आउँदैनौ होला अम्रिका बाट भनेर मात्रै नभनेको आफु मरी मरी लेख्यो कथा अड्कियो रे ल फुकाइदिएँ फेरि ल जा !!! बैरे धन्यवाद प्रसाद सम्झेरै खाउँ अर्को भाग आयो अब !!!!
planet 10 thanx ..........n other readers thanx so here goes my 4th part!!!!!!!!!!!!!
फलैँचाको अघिल्लो महिनाको इन्स्टलमेन्ट आएछ ।मेरो एकाउण्ट चेक गर्दा थाहा पाएँ स्कुटर किनुँला भनेर सोचेकी थिएँ ।त्यति सम्म पैसा निक्लिने भयो । मान्छे किन भौतिक हुन्छ खाली ?मलाई थाहा छ कथा मेरो जीवन हो तर फलैँचाका इन्स्टलमेन्टहरु बिना मेरो जीवन चल्दैन । मान्छेको चाहना र वास्तविकता पराकाष्ठा एक अर्काका कट्टर दुश्मन हुँदा रहेछन् । यो महिना न मेरो जीवनमा उतार चढाव आइरहेको छ ,फलैँचाको इन्स्टलमेन्ट पनि घट्ने निश्चित प्राय छ। आभाष लाई बिर्सिन कति दिन लाग्ने हो थाहा छैन एक हफ्ता देखि कथाहरु फुरिरहेका छैनन् ,मेरो कथा रोकिएको छ । म मात्र पढिरहेको छु अरुका जीवित शब्दहरु तर जीवन चिन्नलाई आफू पनि त जीवित हुनु पर्यो आजकल मेरा हरफहरु शितनिन्द्रा मा छन् आभाष आउँछ झस्क्याएर बिउँझाउँछ भन्ने आशमा ।
मैले यो हफ्ता भरी मात्र बिपिका किताबहरु खोतलेँ । धेरै रमाइला रमाइला सम्बन्धहरु भेट्टाएँ । धेरै बेर सोचेँ मायाको पराकाष्ठा के हो त ? सामिप्यता के शरिरबिच मात्र हुन्छ र के सामिप्यताको अन्त्य हरेक पटक बिछ्यौना नै हो ? के अन्त्य बाट अर्को नयाँ शुरुवात खोज्न सकिन्छ । किन बिपि आफ्ना सानो हुँदा का कुरा केलाउन नसक्दाका मायाका कथा लेख्छन् ?के दिमागले माया गर्न जान्दैन ?मान्छे ठुलो भएर बौद्दिक भएर माया गर्न सक्दैन , के माया दिमागको ,बौद्दिकताको हत्या हो त त्यसो भए ? मैले धेरै बेर कुरा हरु खेलाएँ मेरो प्रश्न को उत्तर दिनलाई बिपि अब छैनन् । मैले आभाष र म विचको सम्बन्धलाई पनि बिभिन्न लेखकका किताबहरु बाट हेर्न खोजेँ तर हामी आखिर कथाका पात्रै त थिएनौँ । मैले किन उ सँग परिचय लुकाएँ ?सहि थियो गलत थियो ? केहि न केहि त पक्कै थियो आखिर ! जवाफ म सँग नहुनु को अर्थ जवाफ नै छैन भन्ने पनि त होइन नि !
केहि मेलहरु आएछन् अहिले को कथा किन अड्किरहेको छ भनेर , शुरुवात राम्रो छ भनेर धेरैले लेखेका थिए । केहि खड्किरहेका कुराहरु मलाइ लागिरहेका थिए दुइ चार जनाले औल्याइदिएछन् । मलाई थाहा छ प्रशंशाका हजार मेलहरु भन्दा ,केहि गल्तिहरु औँल्याइदिने दुइ चार मेलहरु मेरो पेशाको लागि लाभदायक हुन्छन् ।जहाँ सम्म कथाको कुरा छ त्यो मेरो वश मा कहाँ छ र ?मैले एउटा नौलो प्रयोग पो गरेकी हुँ त आफूले आँफैलाई कोर्ने अन्तर्प्रयास । पात्र म र लेखक म को बिचको तर मेरो नायक आभाष हराएको छ ।
टाउको दुखे जस्तो भयो ।
“भाई !!”
फुच्चे टाढै थियो मैले जोडले कराएँ । उसले मलाई हात देखायो ।शायद यस्को तात्पर्य मैले तँपाई को कफिको अडर बुझिसकेको छु एक छिनमा आएपुग्छ भन्ने नै होला ।
“तिमीले ढाँटेकी रहिनछौ !”
आवाज आभाषको थियो । मैले पुलुक्क हेरेँ । उ दाह्रि किन काट्दैन । आज पनि उसको दाह्रि झुसे नै थियो । आज उसले चाहिने भन्दा धेरै पर्फ्युम लगाएको छ ।शायद त्यो मेरै लागि थियो । मलाई पर्फ्युम को डार्क प्रेजेन्स मन पर्दैन । उसले हेलमेट खोलेर टेबलमा राख्यो हेयर स्टाइल पनि थोरै चेन्ज गरेको जस्तो थियो । उसलाई सुहाइरहेको थियो ।
“के बारेमा ?”
उ आएर मैले पाएको खुशि मैले लुकाएँ ।मैले पढेकी छु लोग्नेमान्छेको अघि केटी जति रहस्यमयी देखिन्छन त्यति नै उनीहरु त्यसतिर आकर्षित हुन्छन् भनेर । म उसको अघि खुल्न चाहन्न ।
“तिमी सँधै यहि कुर्सिमै भेट हुन्छौ भनेर !”
नौ दिन हराएको थियो उ दिन गन्ति गर्दा !
“तिमी जति बिजि छैन नी म !” मैले उसमाथी कटाक्ष गरेँ ।
“कसले भन्यो म बिजी थिएँ ? अफिसको टिम नै पोखरा घुम्न गएका थियौँ !”
“रमाइलो भयो होला हैन !”
“रमाइलो त भयो तर तिमी पत्याउँदिनौँ एउटा कुरा भने भनेँ !”
“के कुरा !”
“मलाई यो क्याफेमा बस्ने रहर थियो पोखरा जानुभन्दा !”
“प्रत्येक भेट पहिलो भेट हुँदैनन् आभाष !” म मुस्कुराएँ ।
“खोइ मलाई त आज पनि पहिलो भेट जत्तिकै रमाइलो लागिरहेको छ , तिमी कहिले बिपि सँग हुन्छौ कहिले धारावासी सँगतर मलाई त तिमी सँगै रमाइलो लाग्छ !” उसले आफ्नो कुरा एक वाक्यमा नै सिध्यायो ।
मैले हत्तपत्त आफ्नो हात हेरेँ , सुम्निमा अझै मेरो हातमैँ रहेछ ।
“मैले तिमी नआएका नौ दिनमा सिध्याइसकेकी थिए ।“
उसले म तिर अनौठो नजरले हेर्यो ।
“तिमी धेरै कुराहरु लुकाइरहेकी छ्यौ जस्तै लाग्छ । के हामी अझै साथि बनिसकेका छैनौँ ?”
“के छ र लुकाउन लायक जीवनमा ?” मैले उसको आँखामा आँखा जुधाउन चाहिन कहिले काहिँ आँखा लुकाएका कुराहरु बोलिदिन्छन् ।
फुच्चे टेबल नजिकै आएर हामी दुवैलाई हेरिरहेको थियो ।म पनि उसलाई हेरेर मुस्कुराइदिएँ । उ फेरि ङिच्च हाँस्यो । उसको गन्जि काखिमा फाटेको छ । भोलि उसलाई एउटा गिफ्ट ल्याउनु पर्ला मैले बिहानै सोचेकि थिएँ । आज टेबलहरु प्राय खालि थिए । त्यसैले त उसले फुर्सद पायो हामीहरुका गफहरु सुन्ने । हुन त उ त्यस्ता माया प्रेम का गफ सुन्दा सुन्दा वाक्क भइसकेको होला ! क्याफेमा दिन भरिमा धेरै जोडिहरु सँग भेट हुन्छ उसको । कोहि केटाहरु आएर उसमाथि रवाफ देखाउँछन् प्रेमीकालाई म सर्वशक्तिमान छु भनेर जनाउन !कोहि उसमाथि सहानुभुति दर्शाउँछन् ,आफ्नो प्रेमिकालाई म कति मायालु छू भनेर जनाउनलाई ! उ क्याफेमा प्रेमिहरुको दर्शाउने साधन भएको छ ।
“त्यसो भए मैले नै चिन्नलाई ढिलो गरिरहेकी हुँला !”
“हामी दुवै जना सँग पर्याप्त समय छ ,एक अर्कालाई चिन्नलाई !”
“आज छैन , म यहाँ लन्च आवर भरिलाई मात्र थिएँ ,भोलि भेटौँला !”आभाष ले बिल मगायो ।
“यहाँ मेरो खाता चल्छ ,आभाष !” मैले उसलाई रोकेँ ,मलाई थाहा छ केटाहरु बिलको कुरो आफ्नो स्वाभिमान सँग जोड्छन् तै पनि मैले उसलाई रोकेँ । उसले आफ्नो ज्याकेट र हेल्मेट टेबल बाट उठायो अनि बाहिर निस्कियो !
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Toilet paper or water?
TPS EAD auto extended to June 2025 or just TPS?
Do nepalese really need TPS?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
कता जादै छ नेपाली समाज ??
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Tourist Visa - Seeking Suggestions and Guidance
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.