[Show all top banners]

तिका:
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 यो आँधिलाइ कस्ले रोक्ने ?

[Please view other pages to see the rest of the postings. Total posts: 64]
PAGE:   1 2 3 4 NEXT PAGE
Keywords associated with this thread

Ethnic federalism ethnic autonomy neo-Brahminism Limbuwan Lal Mohor
[VIEWED 33423 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, View Last 20 replies.
Posted on 08-06-09 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सुन्नुहोस ताजा खबर - तात्तातो खबर आजैको खबर

माओबादीले स्वायत्त प्रदेश गठन गर्ने रे, स्थानिय सरकार गठन गर्ने रे 

माइक्रोबसमा एउटा पत्रिका बेच्ने फुच्चेको चिच्याहट झ्यालतिरबाट सुनियो । यो चिच्याहट नै काफि छ देश कता लम्किरहेको छ भन्ने बुझाउनलाइ । खस भाषाका अगुवाहरुले राज्यको श्रोतसाधनमाथि एकलौटी कब्जा जमाइ दुरुपयोग गरी अन्य भाषामाथि गरेको दमन थिचोमिचोको नतीजा आउन थालेको आभाष भएको छ । 

गैरखसभाषा बोल्ने जनजातिहरुमा रहेको तीब्र असन्तोषलाइ नजरअन्दाज गरेर भित्तैमा पुर्याउन खसबादी पञ्चायति सरकार हात धोएर लाग्यो, त्यसै नीतिलाइ मलजल गर्न र खसभाषालाइ अभिजात्य भाषा अन्य भाषाभाषिलाइ दोस्रो दर्जाको हैसियतमै राख्न बहुदलीय भनाउदो ब्यबस्थाले कुनै कसर बाँकि राखेन । 

त्यहि असन्तोषलाइ माओबादीले टिप्यो, शुरुवाती दिनमा जनसमर्थन बटुल्न हम्मे हम्मे परेको आतंककारी जनयुद्धबादी माओबादी पार्टी त्यसपछि दिन दुइगुणा रात चौगुणा फुल्दै गए । बिशेषत: खस समुदायमाझ केहि राजनीतिक र केहि प्रतिशोधको भावनालाइ उचाल्दै तथा  गैर खस समुदायमाझ भाषिक स्वतन्त्रता र समान हकको भावनालाइ टिप्दै, त्यो भन्दा अझ एककदम अगाडि बढेर स्वायत्तता र आत्मनिर्णयको अधिकार दिने सम्मका बाचा गर्दै समर्थक पंक्ति बढाउन माओबादिहरु पछि सरेनन ।

माओबादिले ती नारा दिदाबखत पाएको आकर्षण सरकारमा गएपछि टिकाउन सकेन । तर सरकारबाट ओरालो लागेपछि फेरी सस्तो लोकप्रियताको लागि हो वा साँच्चै नै ती मागहरुप्रति संवेदनशील भएर हो फेरि स्वायत्तता र आत्मनिर्णयको कुरा चर्को चर्को बोल्दैछ । 

माओबादिले हालै घोषणा गरेको आन्दोलन र सरकारलाइ समेत ओभरटेक गरेर गठन गर्न खोजेको स्वायत्त प्रदेश र स्थानिय सरकार बिशुद्ध जातीय प्रारुपको छ । माओबादीको माग बेठिक छ म भन्दिन तर माओबादिले आवश्यक गृहकार्य भने गरेको छैन भन्ने मेरो बुझाइ छ ।

उक्त आन्दोलन र गतिविधिको माध्यमबाट संघिय नेपाल तर्फ संक्रमण गराउने एउटा आँधि आउने निश्चित छ, साथै यो आन्दोलन (यदि सफल बनाएमा) अहिलेसम्म माओबादीलाइ मुल्याङकन गर्दै रहेका जनजातिको ठूलो पंक्तिलाइ माओबादी समर्थक बनाउने पनि निश्चित छ । यस्तो आँधिले धेरै पुरानो मान्यताहरु भत्काउने छ, तर नयाँ मान्यता सहि ढंगले बनाउने छ वा छैन भन्न सकिन्न । आँधिको जन्मजात गुण नै बिध्वंश गर्ने, निर्माण नगर्ने प्रकृतिको हुन्छ ।

अन्य भाषाको अधिकारबारे कुरा उठाउने बित्तिकै कुर्लिन तम्सने एक जमात बाहुन खस मित्रहरु साझामा पनि बग्रेल्ति छन, उहाँहरुको लागि यो आँधि बहस, बिचारबिमर्शको विषय बन्नु पर्ने होइन र ? के छ त मित्रहरु बिचार ? कसले कसरी यो आँधिलाइ रोक्ने ?


 
Posted on 08-06-09 6:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

The problem is that Maoists party is also under Bahuns control......  cadres are forced (after brainwashing) to chew prachanda and Bauram and other bahun leaders used condoms... what can you expect from Maoists, Tika?

 
Posted on 08-06-09 9:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(१)    झण्डै १२५ वटा भाषा-भाषिका र त्यस्तै संख्यामा जातजाती र हजारौं उपजातजातीको विषम वितरण भएको देशमा जात र भाषा पिच्छे प्रादेशिक राज्य खडा गर्न न त सम्भव छ, न त जातिय/भाषिक/सांस्कृतिक पहिचानको संरक्षण गर्न अलग्गै राज्य खडा गर्न आवश्यक हुन्छ ।


(२)    एउटै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक मुलुक/राज्य भित्र सबै जाती, भाषा र संस्कृतिको पहिचान/सम्मान/संरक्षण गर्न सकिन्छ । आजको प्राविधिक युगमा जातीय पहिचान, भाषा र संस्कृतिको संरक्षण भनेको जमिनले होईन टिभी, सिनेमा, रंगमंच, एफ.एम. रेडियो, फेशन र सौन्दर्य प्रतियोगिता, प्रज्ञाप्रतिष्ठान र स्वतन्त्र बजारले गर्ने हो ।


(३)    माओवादी र केही ७-८ समुहका जातीय संभ्रान्त (खासमा भन्ने हो भने भ्रान्त) हरुले ७-८ वटा जति जातीय राज्य खडा गरेर जति दिन चल्छ त्यति दिन त्यसैलाई नयाँ नेपाली स्वर्ग भन्दिने खेलाँची बाहेक अन्य राज्यविहीन जातीहरुको मनस्थिति लगायतका साम्प्रदायिक, सामाजिक र मुख्यत: अर्थतान्त्रिक पक्षबारे भुतोभाङ सोचेका, सोच्न सकेका छैनन् । त्यसैले यो टिक्ने कुरो होईन ।


 


समग्रमा मलाई के लाग्छ भन्ने अहिलेको माओवादी राजनैतिक कुईरोमा यी जातीवादी भ्रान्त र सम्भ्रान्त भ्राताहरु मच्चिन चाही मज्जाले मच्चिन्छन्, तर कुहिरो हट्दै गएपछि नथच्चिकन सुखै छैन ।


 यत्ति हो, यो मच्चिने अवधी कतिञ्जेल चल्ने हो र थच्चिने घडी कहिले आउने हो, त्यसको भविष्यवाणी गर्न कठीन छ । मेरो विचारमा, यो केही वर्ष देखि एक-डेढ दशक सम्म चल्न सक्छ ।


 माओवादी प्रयोग र खेलाँचीहरु, भ्रान्त जातीय संभ्रान्तहरुका नव-ब्राह्मणवाद र अहिले सबैलाई छोपेको समाजवादको ज्वरोलाई ईन्कार गरेर व्यक्तिवाद र समृद्दिवादलाई अंगिकार गर्ने पुँजीवादी जनआन्दोलन (शुद्ध वैचारिक वा वैचारिक-भौतिक संयुक्त) नभई नहुने भईसक्यो र शायद त्यो आन्दोलन कुरिरहेका छौं हामी ।


 


Nepe


 


 
Posted on 08-06-09 9:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

desma YCL raj bhaye ni sajha ka YCL le chain bhakku chutai khanda re chan, TIKA ji ko dadalno ajai dukhi ra jasto cha hagi..

ma ta ajai tika ji ko matri bhasa ko comment herna atur chu, tyspachi mero matri bhasama jawaf dinethiyen.



 
Posted on 08-07-09 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माओवादीले घरी on घरी off गरेर खेलाईरहेको उपयोगवादी जातीय राजनीतिको पिङमा चढेर मच्चिरहेकाहरु भने जब थच्चिने ट्याम आउँछ त्यसबेला माओवादी भन्दा पनि बढी नै थच्चिनुपर्ने हुन्छ भन्ने कुरा त फिजिक्स हो ।


माओवादीको बेसारे नीतिको एउटा सानो सन्दर्भ:


अथितिको मन्तव्य राख्दै ए. ने.क.पा माओवादीका सभासद् ध्रुव आङ्देम्बेले अहिले संविधान सभामा भएको छलफल अनुसार जातीय आधारमा राज्य बन्ने सम्भावना एक्दमै न्यूनमात्र रहेको र यस बारेमा कुरा उठाउने कुनै सभासद् नभएको कुरा खुलासा गर्नुभयो । माओवादीकै सभासद् सञ्चपाल मादेनले भन्नु भयो- अरु पार्टीबाट त छैन नै तर माआवादीले पनि जातीय आधारमा स्वायत्तता दिने सम्भावना कम रहेको र भएपनि एक्दमै साँघुरो खालको मात्र हुनसक्ने सम्भावना छ ।


 


http://nepalisamachar.com/?p=3636


 
Posted on 08-07-09 8:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

its a simple theory that maoist along with few others in history hav used these for strategic advantages in political, social n military fields. by mentioning ethnicity, spoken dialects, customs, religions, culture etc naturally cums in. ethnic groups, minorities n all other groups deprived directly or indirectly from states priviledges n rights tend to have a zeal of change against the elite status quoists which was perfectly acknowledged n cunningly used by maoists in the name of ppl war to gain self determination n ethnic based federalism. it worked very well, just in a short period of ten years thier military operative status effectivley shifted from defensive to offensive and from hit n run guerilla tactics to more protracted warfare of stand n fight. n morally they r still in victory given the secularism, the end of monarchy n constituent assembly; initially thier major demands before taking up arms. in modern history no rebel groups has achieved such sucess. also nepal's history shows even BP koirala opted to use this ethnic n autonomy card while fighting against ranas, he was the initiator of limbuwan n encouraged them to stand up against ranas n thier followers in eastern hills which eventually led to mass exodus of many rana's supporters n officials to jhapa. probably due to GB yakthumbas influence whom koirala had mentioned in his autobiography as very trustworthy n loyal friend also an important military figurehead of thier rebel army. but sadly the major domestic problem that hav the tendency to bring many revolution n political chnges r always looked upon n ignored to this stage now where according to official gov report there r more than 100 groups operating in various form. most worrying part is recent security plan drafted by current gov to go offensive against such agitating groups n most r ethnic centric in nature. this could potentially lead to polarisation of such agitating groups n could b the seedling of the most feared ethnic war. hopefully it deosnt happen n gov n responsbile people n party takes proper action to solve it rather than oppress or make it submissive by force for short term enciting more violence n hatred.


 


 
Posted on 08-08-09 8:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

1. राष्ट्रियताको स्मृति एक पुस्ता गहिरो हुन्छ । अर्थात नयाँ राष्ट्रियता ग्रहण गरेको समाजमा एक पुस्ता बितेर नयाँ पुस्ता नयाँ राष्ट्रियताको पहिचान सहित जन्मिसकेपछि पुरानो राष्ट्रियताको स्मृति समाप्त हुन्छ ।


पृथ्वीनारायण शाह, बहादुर शाह आदिहरुले राज्यविस्तार गरी नेपाल राष्ट्रको निर्माण गरेको एक पुस्ता होईन दश बाह्र पुस्ता बितिसकेको छ ।


 


2. सशस्त्र समुहहरुलाई दमन गर्ने सरकारी तयारी र त्यस्तो दमनको सम्भावित असरहरुबारे:


अहिले सरकारको नैतिक अवैधानिकता देखि लिएर राष्ट्रिय मानव अधिकार आयोगको विपन्नता लगायतका कानुनी राज्यको दुरावस्थाको अवस्थामा गरिने सुरक्षा बलको परिचालन कस्तो होला ? मानव अधिकारको भीषण उल्लंघनहरु हुने त होईन ? अथवा सशस्त्र समुहहरुको जातीय नारामा तद्तद समाजको सहानूभूति पैदा हुन गई, जातीय विद्रोह वा साम्प्रदायिक दंगाहरु त हुने होईन ?


यी जायज प्रश्नहरु हुन् तर अपूर्ण पनि ।


प्रश्नलाई पूर्ण बनाउन के सोधिनुपर्छ भने यी सशस्त्र समुहहरुप्रति उदार बन्दा चाही के के नोक्सान हुनसक्छ ?


र यी दुवै पाटाहरुलाई तौलेर कतापटि के के कुरामा जोड दिदा ठीक होला भनेर गर्ने निर्णय नै सर्वोत्तम र संभवोत्तम हुनेछ ।


सिमाना र स्वायत्तता सहितको पृथक पृथक जातीय राज्य वा अलग्गै स्वतन्त्र जातीय मुलुक दिदा खेरिको अवस्थामा हुने साम्प्रदायिक दंगाहरुको सम्भावनाहरु र नदिदाखेरिको अवस्थमा हुने जातीय विद्रोह र साम्प्रदायिक दंगाहरुको संभावनाहरुको अनुमान (accurately गर्न असम्भव भए पनि) लगाउने हो भने दिदाखेरि धेरै र नदिदाखेरि थोरै हुने देखिन्छ ।


अहिलेसम्म प्रस्तावित (माओवादीद्वारा) जातीय राज्यहरु जति छन् ती सबै राज्यमा तद् तद् शासक जातीहरु अल्पसंख्यक भएको हुनाले (तथ्यांक तल हेर्नुस) बहुसंख्यक शासित जातीहरुले कुनै न कुनै समयमा, कुनै न कुनै निंहुमा, कुनै न कुनै प्रकारको विरोध/विद्रोह गर्ने पक्का छ ।


उदाहरणको लागि, माओवादीले प्रस्ताव गरिदिएको लिम्बुवान राज्यमा लिम्बु 27 % छन् । अब के 73 %  गैर-लिम्बुहरु केही सशस्त्र समुहको दबाब र धम्कीको भरमा मात्र बन्न पुगेको लिम्बुवान राज्यको लिम्बुवान प्रभुत्व र थोपरिएको लिम्बुवान पहिचानलाई स्वीकार गर्लान् त ? अवश्य नाई ।


लिम्बुवान राज्य भित्र जुन जुन गाविस र नगरपालिका वा तिनीहरुको समुहमा गैर-लिम्बुहरुको बहुसंख्या छ त्यस त्यस क्षेत्रमा जाती-निरपेक्ष (वा लिम्बु ईतर जातीको) नयाँ राज्य स्थापना गर्ने नयाँ विद्रोह हुने पक्का छैन र ?


 


 


 


माथिको चित्रमा सेता रंग भएको ठाउँमा पर्ने गाबिस र नगरपालिकाहरु (जहाँ कुनै पनि एक जातीको बाहुल्य छैन )  र रंगीन क्षेत्रमा ( कुनै एक जातीको जनसंख्या >50% भएको ) पर्ने भए पनि शासक जातीको राज्यमा पर्ने तर अर्कै अर्थात कुनै एक शासित जातीको बाहुल्य भएको गाविस र नगरपालिका भएको ठाउँहरु भविष्यको निरन्तर द्वन्द र दंगाहरुका hotspot हरु हुन् ।


नट-शेलमा भन्नुपर्दा जातीहरुको heterogeneous distribution भएको नेपाल मुलुकलाई mon-enthic islands मा बलजफ्ती बदल्नु भनेको नेपालमा साम्प्रदायीक द्वन्दको आगो लगाउनु  नै हो ।


Nepe


 
Posted on 08-08-09 8:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Correction:


Read "mon-ethnic islands" as "mono-ethnic islands"


 
Posted on 08-08-09 10:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

population is major determenant of federalism but not complete. the very first reason for makin a decision to federate nation was to address the plea of marginalized n ethnic communities. they contributed in the war since it was propogated by the maoists, would hav equally swayed away to congress or UML had they made similar stance. the maximum casaulties in the conflicts were from these groups. other factors like historical, cultural, linguistics, origins, etc r also equally important to b acknowledged. national identity  n cultural identity r two different things. n as to elaborate more on the example of limbuwan, if u see thier structure, it is very inclusive and regional in nature rather than communal. non-limbus hav equally voluntered for the cause. it is concerned with more development n progress of the region away from the intervening current centralised governance system as per their manifesto.


 


anyway the real concern was if it is a big force to reckon n with such slogan if people hav tendency to go to extreme why wont our gov hav a long vision away from wat our past ruler had decipted of 'one nation, one language, one custom', prioritising khas culture as national symbol, or 'to make real hindustan' n bla bla  but rather to groom the garden of hundred flowers n realize the true value of multi culturalism n diversity. if ethnic based federalism is bad idea or according to many folks a path of destruction n seperation, wat is the optimum solution that would bring the pride of national n cultural identity among them apart from basic needs of 'gaas, baas,copaas'? but bro, dont think using force would solve anything, it would just prove the dumbness n no lesson learned from initial stage of maoists insurgency. this will give birth to more extremist in future.


 
Posted on 08-09-09 12:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yakthung laje jasta beykuf janajati haru bahunbad ka bafadar kukur hun. Jasari British ley ini haru lie cannon fodder ko rup ma prayog gardai history ma “bahadur” ko pahichan bata makkha parkeko thiyo, ini haruka bahun malik haru le kaile “2007 ko kranti” ko nam ma athawa “jana yudha” ko sandarbhama ethnic federalism ko phantus nara ko adhar ma ini haru lai pheri “joker” banaune kam garda pani ajjai tehi bhrasta bahun ko pakchema bhukna chodainan. May be these stupid janajatis really merit to be treated as nothing more than cannon fodder. Read Nepe above and don’t pretend to know anything better. You are just on the wrong side of history. Try to think like an individual, not like a bahunist commando.


 
Posted on 08-09-09 12:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले एउटै कुरा नबुजेको चाहि देश् सघियता मा गयो भने सबै जात जातिको कसरी हीत हुन्छ?

मधेशि ले मधेशि लाइ  राज्य गर्दा वा किराती ले किराति लाइ राज गर्दा के फाइदा
हुन्छ........................  जब कि निर्णय गर्ने पदमा पुगेको ले नै सहि निर्णय गर्न सक्दैन भने

गजेन्द्र नारायन निधि मोहमद मोहसिन् ह्रिधयेश् त्रिपाठि पुगेका थिअेन र ति पद मा ति साहिकाल मा मन्त्रि भयेका किराती हुन् वा अरु कुनै जातिका.................... सबै  जाती बिशेषका कुनै न कुनै बक्ती नीती निर्माण गर्ने पदमा पुगेका नै थिए तर तल्लो बर्गका लाइे केही फरक अनुभुती
भएन  के सघियता ले मधेसमा दाइेजो को निहुमा मारिने चेली लाई रोक्न सक्छ...................वा काभ्रे पलान्चोक को कुनै दुर्गाम गाउ बाट  भारत मा बेचीने चेली लाई बेचिन रोक्न सक्छ............... न  दाङका कमैया र खोलाको छेउमा गीट्टी कुटेर खाने बाल बालिका को भबिस्य उज्ज्वल
हुन्छ

अमेरिका मा नै हेर्ने हो भने यहाँ नि सबै देश बाट आएका मान्छे हरु बसेको छन italy, scotland, china, afro-american होस् वा hispanic हरु नै हुन, तर सबै मिलेर बसेका नै छन, हामी भने चाँही अझै पुरानै मानसिक्त्मा बाची रहेका छौ, मेरा पुस्ता येस्ता मेरा पुस्ता उस्तामेरो बिचार  भन्नु पर्दा देश मा सघियता होइन सबै लाई समान अबसर चहिएको छ


हामी दलित भनेर हेप्न पैदाइन भन्छौ, तर दलित र दलित को बिच को भेदभाब को बारेमा बोल्न सक्दैनौ तराई मा बस्ने नेपाली पहाड मा बस्ने देखी शोषित भएउ भन्छौ तर कथित् उच्च यादब जातबाट तराइ मा बस्ने आर्को जाती ले मरेको जनावरको सिस्नो उठायेन भनेर पिटिएका बारेमा केही बोल्न सक्दैनौ... के तराइ म उचीत शिक्षाको प्रबन्ध गर्न सकेको भए १५ बर्ष को बालिकको  बलत्कार को केशमा अभिउक्त कहलिएका बबन सिंह सभासद हुन सक्थे...
ति छिमेको को घरको परखाल चढने  राइ थरको मन्त्रि, खोभरी राय, आफ्नै छोरि कै उमेर्को महिला लाइ तेस्रो स्रिमति बनाउने नारयन सिङ् पुन र मिर्जा दिलसाद बेगले ति अलपसखक जाती प्रतिनिधित्व गर्दैनन र तर केही नै केही गरी कन बिभिन्न कान्ड मा परेका होइनन र?
खाली देश लाई लग्योजातिअय सघियता लग्यो भने फेरी तेस्ताइ नराम्रा पृष्‍ठ भुमी का बत्यी ब्यक्ती ले तेस्ता राज्य चलाऊन्चन र साधारण जनता सधैं मार मा नै पारी रहन्छन

तेसैले हामी ले माग गर्नु पर्ने कुरा उचित शिक्षा सामन अवसर र   कानुनी राज्य हो जहाँ कसैले कुनै अपराध गर्‍यो भने फलानो पार्टी, फलानो बर्ग को भनेर नछुटुन


Last edited: 09-Aug-09 08:06 AM

 
Posted on 08-09-09 12:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

exactly bro, thats wat i dont want to happen again. thats why we want to hav our own leadership for better. no more manipulation, no more betrayal for fews vested interest of elites in ur word bahunbads. all i was asking was;


was it necessary to deploy security force against the unsatisfied agitating groups??


and wat would b the alternative to ethnic federalism if it is so feared to bring more communal hatred n separism at worst but still satisfying the diverse population??


 bro its wrong to demean ur own folks as bahadur, they did wat they had to. others portray them with different respect. but b free to lament anything it matters a less, serchan dude claims he was mastermind of royal massacre but ended up in mental institute. n btw where do u stand?? i see u glorifying prachanda n dahal family everywhere n again u try to demean his own ppls war. n again same dahal dudes gives speech of ethnic struggle in pokhara to tamuwan n magarat activists but again u blame bahunbaad for using us to oil our rifle. so confused bro.


 
Posted on 08-09-09 1:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Last edited: 09-Aug-09 02:13 AM

 
Posted on 08-09-09 2:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This article is worth reading :

---------------------------------------------

आदिवासीबेगरको इन्द्रपुरी नेपाल

डा.लाल-श्याँकारेलु रापचा

अचेल नेपालका आदिवासी भूमिपुत्रहरुको नाममा विभिन्न खाले टाँचा वा
लाञ्छनाहरुले मूलधारका पत्रपत्रिकाहरुको पाना भरिने गरेको छ। सर्सर्ती
हेर्दा ती आक्षेपका कोहोलोहरु यस्ता छन्- “जातीय आवेश, विभाजन रेखा,
नेपाललाई युगोस्लाभिया झैँ विलय गराउने खेल, देशलाई लेबनानको कुबाटोतिर
धकेल्ने कार्य, श्रीलंका, भुटान, सोमालियापथ र लेण्डुप दोर्जेहरुको जन्म”
आदि।


नागरिकतान्त्रिक संघीय गणतन्त्र नेपालसम्म आइपुग्दा राज्यको तीनै
अंगदेखि शैक्षिक, सञ्चार, आर्थिक, सामाजिक, सांस्कृतिक र न्यायिक
क्षेत्रहरुमा नब्बे प्रतिशत हिस्शा ओगट्ने चिन्तक जात यो पल यसरी लाञ्छनै
लाञ्छनामा अल्झिएको छ। यी लाञ्छनाहरुमा घोतिल्दा म आफूसँग प्रश्न गर्छु-
“आजकलका +२ का कल्कलाउँदा शिक्षार्थीहरुले पनि भन्ने गरेको एक्काइसौं
शताब्दीको नेपालमा एब्सोल्युट (निरपेक्ष) जातिवादको पक्षधर को हो ? उनीहरु
नेपाललाई किन लेबनानको कुबाटोतिर डोर्‍याइ रहेछन् ? दोस्रो युगोस्लाभिया
बनाउन किन खोजी रहेछन् ? किन रुवाण्डा र नाइजेरिया बनाउन खोजी रहेका छन्
वा किन लेन्डुप दोर्जेहरुको अवतार हुन खोजी रहेछन् हा ?”

कल्पिन्छु- यहाँ भनिएको “जातीय आवेश र विभाजनको रेखा” नहुने हो भने
यस एक्काइसौं शताब्दीको हाम्रो संघीय गणतन्त्र नेपाल इन्द्रपुरी नै हुने
थियो। हुन पनि कैंयन अलंकारहरुले सुशोभित हाम्रा विगत र वर्तमानका
कविहरुले पनि नेपालबारे कान्तिपुरीदेखि स्वर्गपुरीसम्मको महात्म्य गाएका
छन्। झनै कवि मविवि शाहले त सारा नेपाललाई नै रारा हौ कि अप्सरा भनी
अप्सरापुरीकै उपमा दिएका छन्।


आज नेपाललाई यी सबै युटोपिया (स्वर्यकाल्पनिक) इन्द्रपुरी,
कान्तिपुरी, स्वर्गपुरी र अप्सरापुरी हुनबाट रोकेर यमपुरीको यात्रामा
धकेल्ने कारकरतत्व नै यी विचारक जात अनुसार “जातीय आवेश र विभाजनको रेखा”
नै हुन्। अनि यी जातीय आवेश र विभाजन रेखा भनेकाचाहिँ के हुन् त ? सरल
भाषामा नेपालको अहिलेको राजनैतिक भूसिमानामा ठाडो-तेर्सोमा रहेका आदिवासी
भूमिपुत्रहरुको जातीय, भाषिक र साँस्कृतिक पहिचान नै राज्यपुनर्संरचनाको
आधार हुनु पर्ने बहस हो।


नेपालसभ्यताको अभ्युदयमा गोपाल-महिषपालदेखि किराँत सभ्यता हुँदै आजको
यो जिउँदो इतिहासको मोडमा आइपुगेको घडीमा वर्तमानको सग्लो नेपाल आर्जेका
यी विचरा भूमिपुत्रहरुलाई जातिवादी र विभाजनकारी विल्ला भिराउनु नै
एब्सोल्युट जातवादको दुःखदायी उदयको रुपमा सम्पूर्ण भूमिपुत्रहरुले बुझ्न
ढिलाइ गर्नु हुदैन भन्ने मूल सन्देश वरिपरि नै यस लेख केन्द्रित छ।


यहाँ ओल्लो किराँतको शिक्षालयहरुमा प्राथमिकदेखि माध्यमिक शिक्षासम्म
हासिल गर्दाको दिनहरुमा नेपाली भाषाका गुरुहरुले घोकाएको केही हरफहरुलाई
संस्करणसहित सम्झन चाहन्छु-


तिघ्रे र पर्वते स्वाँठे आदिवासी नाम


परेका छौं हामी खस-मनुवादी पञ्जामा


हामीकन हरे पारुहोपो शान्ती र चैन


सपना वीच पनि आज रतीभर छैन।


यी परिमार्जित हरफहरु राममणि आ.दी.सम्म आइपुग्दा यस्तो लेखिन पुगेको छ। उनै राममणिले सम्वत् २०१० सालमा लेखेथे-


“तिघ्रे र पर्वते स्वाँठे जुन हाम्रा दाज्यु-भाइ छन्।


ती तेही रही वाचुन, हुनु पर्दैन सभ्य ती।।


अयोग्य, मतुवाली र पाखंडी, नीच, निर्दयी।


पस्यो भने मण्डलमा राज्य उज्य उठ्ठा गराउंछ।।


वाहुन क्षत्रियैवाट मन्त्री मण्डल जोरनू राज्यको संधै।।”


यसै गरी गोर्खा एजेन्सी कार्यालयका अरु प्रखर भाषायोजनाकारद्वय
कृष्णचन्द्र अर्याल एवं वैद्यनाथ जोशी (सेढाइ) ले वैशाख १९४७ सालमा यस्तो
भाषायोजना तर्जुमा अख्तियारी गरेथे- “अझसम्म एक ही ”गोरखा भाषा” को सर्व
व्यापकता हुन सकेको छैन। किन्तु नेवार, भोटे, मगर, गुरुङ, लिम्बू,
सुनुवार, दनुवार, थारु, प्रवृतिका जंगली भाषाहरुले पनि आफ्ना जन्मस्थनलाई
एकदम छाड्न सकेका छैनन्। जहाँसम्म एक मात्र ”गोरखा भाषा” ले अरु सबै
भाषालाई अर्ध चन्द्र (गलहत्ती) लगाउन्न, त्यहाँसम्म ”गोरखा भाषाको उन्नति
हुन्छ” भन्नु र ”मुख्य भाषा कहिन योग्य छ” भन्नु केवल मनोलड्डु मात्र हो।


यी त भए विचारक मनुवादी मानवहरुका कुरा। र यी मानवहरुले देखेका
नेपालको राजनैतिक तथा साहित्यिक आकाशका एक महामानवलाई पनि हामीले स्मरण
गर्नै पर्ने हुन्छ। ती कहलाइएका महामानव वीपी कोइराला नै हुन्। ती
महामानवले पूर्वीय नेपालका अनादी-आदिवासी किराँती जातिको आराध्यदेवी
सुम्निमा -भाषैपिच्छे फरक नामहरु छन्) लाई निन्दा गर्दै ‘सुम्निमा’
उपन्यासको खोल ओढाएर आर्य-अनार्यको कुरा लेखेका छन्। जसमा उपन्यासकार
महामानवले आर्य (बाहुन, क्षेत्री र दलितसहित) हरु सुसंस्कृत र अनार्य
किराँतीहरु जंगली हुन् भन्ने दावी गरेका छन्।


यसले पनि प्रष्ट पार्दछ कि संघीय गणतन्त्र नेपालमा कोचाहिँ एब्सोल्युट
जातिवादी छ। यहाँ गाँठी कुरो भनेको चाहिँ के हो भने शाहनीय र जहाँनीय
पञ्जाबाट अबको पालो नेपालको राज्यसत्ता मनुवादी बाहुनीया र खसानीया शासन
प्रणालीमा जानु पर्दछ। यदि त्यसो भएन भने नेपाल युगोस्लाभिया, सिक्किम,
रुवाण्डा आदि नहुने कुरै छैन। इन्द्रपुरीबाट यमपुरीमा परिणत भई जान्छ।


यस कोहोलोमा तीन सिद्धान्तहरुले काम गरेका छन्। तिनमा छारो हाल्ने,
स्वाहा पार्ने र ललिपपले किन्ने सिद्धान्तहरु नै हुन्। सर्वप्रथम त कलछलवल
यिनी तिघ्रे, पर्वते र स्वाँठे आदिवासीहरुको आँखामा फेरि पनि छारो हाल्न
सकियोस्। अर्थात् माछो माछो भ्यागुतो। ताकी यिनीहरु त्यो स्तरबाट कहिल्यै
माथि नउठून्। दोस्रो स्वाहा सिद्धान्तले के भन्छ भने देशमा गोरखा भाषा,
संस्कृत भाषा र वाङमय, वेद, रामायण, महाभारत र आर्यहरु बाहेक सवै जाति,
भाषा र संस्कृति स्वाहा वा सखाप होऊन। यहाँ पनि युगयुगान्तर ”जसो जसो
बाहुनबाजे उसो उसो स्वाहा” नै चली रहनु पर्दछ। तेस्रोमा पर्ने ललीपप वा
मल्खु नभए गोली सिद्धान्तले सय प्रतिशत नै आदिवासीहरु डा.स्वामी
प्रपन्नाचार्यमय, हिन्दूमय, सन्तभेषमय, जोस्मनीमय, फाल्गुनन्दमय,
ओमनन्दमय, कृष्णप्रणामीमय र भानुभक्तमय होऊन भन्ने चाहन्छ। त्यस्तो आग्रह
छ। हालैको सचिव सूची २५ मा झण्डै पच्चिसैले सो आग्रह पूर्णरुपेण पूरा भएको
छ।


यसो भएपछि मात्रै नेपालको सार्वभौमिक, प्रशासनिक, न्यायिक,
व्यवस्थापकीय क्षेत्रहरुमा पुनः सभ्य आर्यहरुको ९० बाट सय प्रतिशत नै
कब्जा हुनेछ भने ८० बाट सय प्रतिशत नै हिन्दूमय हुनेछ। अनि पो नेपाल
युगोस्लाभिया, सिक्किम, रुवाण्डा होइन इन्द्रपुरी हुनेछ। उनीहरुले
आदिवासी/जनजातिहरुलाई बुझाउन खोजेको धार्मिक, भाषिक र साँस्कृतिक
सेक्युलरिज्म यही नै हो। यसैमा नेपालको अस्तित्व, समुन्नति र भविश्य छ।
उनीहरुको जातीय, धार्मिक, भाषिक र साँस्कृतिक एब्सोल्युटिज्मले एउटै
इन्द्रपुरीको सपना देखेको छÙ जहाँ अनार्य झुमा देवानहरु र सुम्निमाहरु
युगयुन्तार काङसोरेहरुको नभएर नवआर्य महामानवहरु क्रमशः प्रदीप र सोमदत्त
इन्द्रख्वामितहरुको पाउमा लम्पसार परेर सेवारत होऊन्। कथुंकदाचित उनीहरुको
नूर उठी गयो भने देश विलय भई हाल्छ।


सुनौलो त होइन कालो अक्षरमा नलेखिएको नेपालको जिउँदो इतिहासले के
कहन्छ भने बन्न गई रहेको तमुवान लिगलिग कोटका भूमिपुत्र घलेहरुले द्रव्य
शाहलाई गोरखामा स्थापित गराएका हुन्। मगरातका मगर भूमिपुत्रहरुले
नालापानी, काँगडा र टिष्टासम्म विशाल नेपालको निर्माण गरेका हुन्।
कीर्तिपुरमा रहेका आदिवासी नेवाःहरुको १६ धार्नी कानसहित युद्घप्रायोजक
पृथ्वीनारायण शाहका नाममा नेपाल उपत्यका विजय गराइ दिने आदिवासीहरु घले,
मगर र गुरुङहरु नै हुन्।


यी आदिवासीहरुलाई गोरखाको नाममा ई.१८१६ बाट कूटनैतिक मानवव्यापार
प्रारम्भ गरेदेखि उनीहरुले नलडेको संसारको कुनै पनि मोर्चा बाँकी छैन।
भारतमा आज पनि ६० हजार हाराहारीको संख्याले भारतीय सीमा सुरक्षा गरी रहेकै
छ। प्रथम र द्वितीय विश्वयुद्घमा दुई लाख ४० हजार भन्दा बढी विभिन्न युद्घ
मोर्चाहरुमा खटाइए। झण्डै २०० वर्षपछिको विभेदपश्चात् मात्रै ”मै हाु
नागरिकतन्त्रको जजनी” भन्ने बेलायतले अस्ति २१ मई २००९ मा आदिवासीहरुलाई
जियुआरकेएचएको नामबाट स्वीकार्‍यो र ई.१९९७ पूर्व र उत्तरको रेखा विलय
गरायो। नेपालमा भने करिव ६ सय वर्षदेखिको आर्य अनार्य विभेदी रेखाचाहिँ
विलिन हुने छाँटकाट छैन। लेखिन लागेको संविधानले मेटाउला कि भन्ने आशासम्म
छ।


ई.१९४७ को त्रिपक्षीयदेखि नदी नाला वेचविखनका सन्धीहरुमा हस्ताक्षर
गर्नेहरु पनि भूमिपुत्र आदिवासीहरु नै हुन् कि ? सत्ताखातिर दख्खिनी
इन्द्रजाली प्रभुहरुसामु त्वं शरणम् गच्छामि भन्नेहरु पनि तिघ्रे र पर्वते
स्वाँठे भूमिपुत्रहरु नै हुन् कि ? जाली शैक्षिक प्रमाणपत्रभीरु कर्मचारी
र सुसंस्कृत शिक्षाका ठेकेदारी जमातहरु पनि उनै भूमिपुत्रहरु हुन् कि ?
दिल्ली र वनारस सहरहरुमा कति भूमिपुत्रहरुको आलिसान महल र विदेशी वैंकमा
अकूत रकम सञ्चित छ हा ? आदिवासीहरुको रगत र पसिनाले आज्र्याको मुलुक
नेपालमा के यति पनि सत्य ओकेल्ने साहस छैन यी कोहोलो मच्च्याउनेहरुको ?


नव संघीय राज्यहरुको नामाकरणसम्म मगरात, तमुवान, थारुवान, मिथिला
प्रदेश, तामाङ सालिङ, किराँत, नेवाः प्रदेश आदि इत्यादि राख्दैमा
सुसंस्कृत आर्यहरुको अस्तित्व नै नामेट हुने होइन। बरु धेरै दर्जन
वेदान्तचार्य डा.स्वामी प्रपन्नाचार्यहरुलेे जन्म लिने छन्। किनभने
संस्कृत विद्यापीठहरुमा आदिवासी शिक्षार्थीहरुको नै संख्या बढी छ भनेर ढोल
पिटाइएकै छ। ती संस्कृत विद्यापीठहरु भत्काइएको तथ्य छैन र ती पीठहरुमा
नागरिकहरुको करसहित डलरको खोलो बगेकै छ। बगी नै रहनेछ। यसरी यी प्रदेशका
भाषाहरुमा भएको साहित्यहरुलाई अघि भनिएको गोरखा भाषामा अनुवाद गरी संसारभर
फैलाइने नै छ। जसरी जियुआरकेएचएहरुले हङकङ, बेलायत र पूर्वोत्तरी भारतमा
पुर्‍याए र भारतीय संविधानमा पहिचान नै दिलाए। अब पालो हङकङ र बेलायतमा
चिनारी दिलाउने हो। गरेकै छन् त अनार्यहरुले। के गरेका छैनन् हा सभ्य
आर्यहरुको चिनारीखातिर भूमिपुत्रहरुले ?


पूर्वोत्तरी भारतकै कुरा गर्दाखेरि पनि सुधपामध्येका पारशमणि प्रधानले
त नेवाः भाषालाई नै फालेर गोरखा भाषा शरणम् गच्छामि उद्घोष गरे। उनको
देनलाई कसैसँग पनि तुलना गर्नै सकिदैन। त्यस्तै फाल्नेहरुमा गुमानसिं,
अच्छा, इबरा आदिहरु पनि हुन्। मास्टर मित्र सेनले पनि त्यसै गरे।
काइँलालेचाहिँ दुवैलाई एकै साथ वृद्घ िगराए। के उनीहरुले गोरखा भाषालाई
विश्वसाहित्यको हारमा उभ्याएका छैनन् ? केही समय यता हङकङ डायस्पोराले पनि
विभिन्न साना मातृभाषाहरुलाई फालेर गोरखा भाषालाई नै माथि उचाल्दै छ।
एलेभलमा समावेशी चिनारी दिलाइ नै सकेको छ। भोलि बेलायतले पनि त्यसै गर्ने
छ। त्यसैको ज्वलन्त दृष्टान्त गोरखा भाषा साहित्यकार विश्वासदीप तिगेला
पनि हुन्। यहाँ उल्लेख नभएका धेरैले गोरखा भाषाको श्रीवृद्घ िगरेकै छन्।
धर्म, संस्कृतिमा पनि ८० प्रतिशत हिन्दू छादैछन्।


यता देशभित्र दशबर्षे जनयुद्घ र सशत्र विद्रोह -जुन इच्छा लाग्छ) मा
चौध हजार नागरिकहरुको वलीदानीमा ६० प्रतिशत भन्दा बढी भूमिपुत्र-ी)हरु नै
थिए। बेनामहरु त कति हुन् कति ? कृष्ण सेनको पो पहुँच थियो र कसरी मारिए
भनेर कतिपय नागरिकहरुले थाहा पाए। बेखबर बलिवेदीमा चढाइएका
भूमिपुत्र-ी)हरुको त लेखाजोखा नै छैन।


पुछारमा लिम्बूवानको भाषा धम्कीपूर्ण छ भन्नेहरुको कोहोलो पनि आइरहेकै
छ। राममणिलाई यहाँ पनि भुल्नु हुँदैन। आदिवासीहरुको भाषा औधी सोझो हुन्छ।
किनभने राममणि बाजेले भनेकै छन् स्वाँठे। स्वभाविकै हो। तर त्यसलाई धम्की
भन्दा पनि आप\mनो नागरिकको आवाजको रुपमा बुभ\mनु पर्दछ। त्यसलाई
धैर्यतापूर्वक सुन्न पर्दछ। पहिचानको रुपमा स्वीकार्नु पर्दछ। नेपालको
संरचना नै त्यस्तो छ। के आदिवासीहरुले क्षेत्रीबाहुनको चिनारी र अस्तित्व
स्वीकारेका छैनन् ? उल्टो पुजेकै छन्। के सुसंस्कृत आर्यहरुको त्यति बुझ्न
सक्ने विशेषता होइन त्यो ? एक कुशल शासकमा हुनु पर्ने गुण हो त्यो न कि
नवसुसंस्कृत गिरिजा जस्तो जातीय राजनीति गन्तव्यहीन।


मैजारोमा ”हात्ती छिर्‍यो पुच्छर अड्यो” भनेझैँ हलो अड्काएर गोरु
चुट्नु सुसंस्कृत आर्यहरुलाई कत्ति पनि शोभा दिदैन। नागरिकहरुले चाहेका
संविधान समयमै लेखिनु पर्छ। सहरका टाठाबाटाहरुले मात्रै डलरको आडमा अधिकार
र चिनारीको कुरा गरेका हुन् गिटी कुट्नेलाई त संघीयता र चिनारी चाहिएकै
छैन भनेर फेरि पनि माछो माछो भ्यागुतो सिद्घान्तमा अल्मलाउने काम गर्नु
भनेको सय प्रतिशत एब्सोल्युट जातवादको इन्द्रपुरी नेपालको इच्छा गर्नु नै
हो। यसैबाट प्रष्टिन्छ कि नेपाललाई युगोस्लाभिया, रुवाण्डा बनाउन
खोज्नेहरु, लेवनानपथमा हिडाउनेहरु, लेण्डुप दोर्जेजस्तै बन्न खोज्नेहरु को
हुन् भनेर। भलै यस पटक आदिवासीहरुसहित २,९५,१९,११४ नेपाली नागरिकहरुको
नयाँ संविधान लेखनमा सति सरापको छाँया नपरोस्। हिजोका राममणि बाजेको योजना
”…पस्यो भने मण्डलमा राज्य उज्य उठ्ठा गराउंछ।। वाहुन क्षत्रीबाटै मन्त्री
मण्डल जोरनू राज्यको संधै।।” ले पुनरावृत्ति नपाओस्। भूमिपुत्रहरुलाई
आफ्नो माटोको माया छ। इन्द्रपुरी होइन आदिवासीसहितको समुन्नत नेपाल
निर्माण गर्नु परेको छ।

source: My Sansar Dot Com


 
Posted on 08-09-09 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डाक्टर साबको नामै खत्राको रहेछ। तर ईतिहास खोतल्ने काम मात्रै धेरै भयो, समाधान पनि निकाल्नु पर्यो नि अब।
 
Posted on 08-09-09 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

- प्रतीक प्रधान  (from nagariknews )

अमेरिकाको न्यूयोर्क सहरमा पुग्ने धेरै नेपाली क्विन्सको ज्याक्सन हाइट्स
घुम्न रुचाऊँछन्। भारतीय र बंगलादेशीको बाहुल्य रहेको सो ठाउँमा समोसा,
गुलाब जामुन, जेरी, छोला भटुरा, पान र मःमःसम्म पाइने हुनाले त्यहाँ
पुग्दा नेपालीलाई आफ्नै छिमेकमा पुगेको भान हुन्छ। त्यहाँ हामी सबै दक्षिण
एसियाली हुन्छौ र त्यही परिचयमा रमाउछौँ। तर जति जति नेपाल नजिक आउने क्रम
बढ्दै जान्छ नेपालीको परिचयको दायरा साघुँरिदै जान्छ। दक्षिण एसियालीबाट
नेपाली, नेपालीबाट फलानो जिल्लाबासी, फलानो जिल्लाबासीबाट फलानो जात जाति,
अनि फलानो जातिबाट पनि कुन थरको र थरबाट कति हुने खाने, कस्तो जागिर भएको
र कस्ताको सन्तान आदिइत्यादि। राजनीतिक आस्थाअनुसारको पहिचानको विभाजन त
विकराल समस्याका रूपमा छँदैछ।


यसरी परिचयको फेरो तान्दै गएपछि विदेशमा नेपाली टोपीमात्र लगाएको
मान्छे देख्दा वा सारी लगाएकी महिला देख्दा हर्षले गद्गद् भएर परिचय गर्न
जानेहरू काठमाडौं एयरपोर्ट नपुग्दै कतिखेर एक अर्कासंग छुटि्टऊँ भनेजस्तो
गर्न थाल्छन्। घर पुगेर आफ्ना साथीभाइ, नातेदार र परिवारसंग भेट्दा बल्ल
आफ्नो परिचयले पूर्णता पाएको ठान्छन्। तर चाँडै नै त्यही पूर्णता पनि
अपूरो हुन थाल्छ। अनि परिचयको विखण्डन फेरि सुरु हुन्छ। काकाफुपुको
सन्तानभन्दा सहोदर दाजुभाइ नजिकका, आफ्नै पनि दाजुभाइ, दिदीबहिनीका भन्दा
आफ्ना सन्तान नजिकका, अनि बिस्तारै आफ्नै परिवारमा पनि कलह। अन्त्यमा,
मान्छेले आफूलाई एक्लो पाउँछ, नितान्त् एक्लो।



मान्छे परिचयको निर्माण र विखण्डनको क्रममा बाँचेको हुन्छ। परिचयको
दायरा बढाउने अभिलाषा सामाजिक प्राणीको प्राकृतिक गुण हो भने त्यही
समाजभित्र आफ्नो व्यक्तिगत परिचय उकास्न उस्ले गर्ने व्यवहार मानवजन्य
कमजोरी। यीनै मानवीय गुण र कमजोरीलाई केही टाठाबाठाले व्यक्तिगत स्वार्थ
पूर्ति गर्ने माध्यम बनाउँछन्। अहिले संविधान लेख्ने बेला आएको हुनाले
मानिसमानिस बीचको अन्तरद्वन्द्व चर्काएर अघि बढ्नेहरूसांग सावधान हुने समय
आएको छ।



विश्व प्रसिद्ध उपन्यासकार अस्कर वाइल्डले भनेका छन् - अधिकांश
व्यक्ति अरू कोही व्यक्ति हुन्। तिनको सोच अरू कसैका विचार हुन, तिनकौ
जीवन अरू कसैको नक्कल -मिमिक्रि) र तिनका सोख अरू कसैका उद्गार। अर्थात्
धेरै व्यक्ति परिचय खोज्ने क्रममा अन्धो जातिवाद, कट्टर धार्मिकता र
असहिष्णु राष्ट्रवादको गहिरो खाल्डोमा जाकिन पुग्छन्। विश्वमा धेरै उदाहरण
छन् जातिगत अस्तित्वका नाऊँमा रक्त पिपासु बनेका मान्छेकोः कोसोभो,
बोस्निया, रुवाण्डा, सुडान, टिमोर धेरै छन् उदाहरण जहाँ मान्छे आफ्नो
जातिगत, क्षेत्रगत र धार्मिक आस्थामा वशिभूत भई पशुवत् व्यवहार गर्न
उत्रेका थिए र छन्।



सन् १९४० मा भारतमा भएको हिन्दु मुश्लिम दंगाका भुक्तभोगी नोबल
पुरस्कार विजेता अमत्र्य सेन सम्झन्छन् - सन् चालीसको जनबरीसम्मका साधारण
मानिस जुलाई महिना लाग्दा नलाग्दै अत्यन्त द्रूत गतिमा दयाहीन हिन्दु र
निर्दयी मुस्लिममा परिणत भइसकेका थिए। आफ्नो किताब 'आईडेन्टीटी एन्ड
भायोलेन्स'मा उनी लेख्छन् - रक्त पिपासु सानो जमातले साधारण र सजिलै
प्रभावित हुने मान्छेहरूमा कुनै योद्धा, वीर र आफ्नो अधिकारको रक्षकको
परिचय गुथाइदिन्छ जस्ले तिनलाई एकाएक हिंस्रक बनाइदिन्छ।



आफ्नो जातीयता, स्रोत, साधन र विशिष्ट परिचयको रक्षाका नाममा मानिस
कति हिंस्रक हुन्छन् भन्ने उदाहरण हालै मनाङमा गोरखाका गरिब किसानलाई
यार्सागुम्बा टिप्न जाँदा गरिएको आक्रमण र हत्याले पनि जनाऊँछ। हामी
नेपाली आफूलाई जति सोझो, दयावान र अहिंस्रक भने पनि कुनै नेता वा समूहले
कुनै विषारोपण गरेभने कति पशुवत व्यवहार गर्न सक्छौं भन्ने यो एउटामात्र
उदाहरण अवश्य होइन। गत एक दशकको हत्या, हिंसाको राजनीतिले पनि यसलाई
प्रमाणित गरिसकेको छ।



गहिरिएर सोच्ने हो भने, हामी कसैको पनि एउटा मात्र परिचय छैन र
हुँदैन। एउटै व्यक्ति विद्यार्थी, पत्रकार, राजनीतिज्ञ, जनजाति,
लोकतन्त्रवादी, राष्ट्रवादी, मानवअधिकारवादी, धर्मभीरु, अन्धविश्वासी,
समलिंगी आदि अनेकौँ परिचय लिएर बनेको हुन्छ। तर उसले कुनै एक परिचयलाई
अत्यधिक अगाडि बढायो वा त्यसप्रति धेरै मोहित भयो भने मानवता, धर्म,
लोकतन्त्र, अर्काको अधिकार केही देख्दैन। विश्वमा कैयौं उदाहरण छन् जहाँ
एक जातिको मान्छेले जातिगत ऐक्यबद्धता देखाउन अर्को जातिकी आफ्नै प्यारी
पत्नीको हत्यासमेत गरेका छन्।



नेपाल राष्ट्र अहिले एक संवेदनशील मोडमा आइपुगेको छ। विगतमा भएका
अन्याय, अत्याचार, विभेद, भ्रष्टाचार आदिले गर्दा कसैले पनि कुनै पनि
कारणलाई कारक देखाएर हिंसाको आगो भड्काउन सक्छ।



हामी अहिले आफ्नो परिचय विखण्डनको मोडमा छौं। केही तत्वको खेलले
अहिले जात जातिमा विभक्त भएका छौं। तरे देशलाई जातिगत वा मानिस हिंस्रक
बन्नसक्ने अन्य कुनै आधारमा प्रादेशिक विभाजन गर्न खोज्यौँ भने यो विखण्डन
ठूलो गृहयुद्ध र नरसंहार बिना रोकिनेछैन।



संविधान सभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले संघीय
लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन भएको घोषणा गरिसकेको अवस्थामा संघीय
ढाँचामा जाने वा नजाने विषयमा अब सुनुवाइ हुने हो कि होइन ? सुनुवाइ नहुने
नै हो भने संघीयतामा जाने क्रममा हरेक व्यक्तिले व्यक्तिगत रूपमा आफू
पहिले मानव अनि नेपाली भन्नेमात्र सोच्नु पर्छ। त्यसपछिको आफ्नो परिचय
धेरै उधिन्न जरुरी छैन। किनभने हामी एक भएपनि हाम्रा असंख्य परिचय छन्।
आफ्नो अधिकार पाउनुपर्छ भन्दा अर्काको अधिकारको रक्षा हुन्छ कि हुन्न
भन्ने सोच्नु जरुरी हुन्छ। अहिले हामी सचेत भएनौ भने पछि पछुताउनसम्म पनि
समय पाइनेछैन।


 
Posted on 08-09-09 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथी हरु ले बाहुन लाई गाली गरेको देख्दा अरु जातजाती ले बाहुन लाई गाली गर्छन् कि गर्दैनन भनेर खोज्दा तलका कुरा हरु पाए
बाहुन लाई अरु जाती ले हेपेर भन्ने शब्द हरु
१। टपरे
२। लोभी  बाहुन
३। कात्टे बाहुन
४। काथा
५। हे बाहुन त कस्तो झ्याल बाट हेर्दा बाँदर जस्तो

अरु जातजाती ले चाँही बाहुन लाई हेपेर गाली गर्न हुने  बाहुन ले चाँही केही भन्न कि अरु लाई रीस उठ्ने? कि निएम नै त्यस्तो हो? तराइ का साथी हरुले काठमाडौं को ले हामी लाई मनु मखु मर्स्या भन्चन भनेर गुनासो  गर्छन् त्यो त बाहुन ले भन्या होइन होला नि। धेरै जातजाती भएको ठाउँ मा एक जातजाती ले अर्को जातजाती को बारे मा अलिकती भएपनी धारणा बनएको हुन्छ भन्ने पनि थाहा  नपाउने ले के डा. लेख्नु आफ्नो नाम को अगाडि? कलेज गएर मात्रै नलेज बद्डैन भन्थे हो रेछ। हाम्रो घर मा पनि थ्यो एउटा भन्छे बाहुन, भात पकाएर  सबै लाई खुवाएपची मात्र खान्थ्यो। सबै  बाहुन लाई शोषक भने पछी त्यो पनि शोषक नै भयो होइन त?

बाहुन लोभि भनेर कथा पनि सुनाइन्छ बाहुन ले  कोम्प्लैन गरेको सुनिदैन  समाज मा एस्ता कुरा हरु हुन्चन भनेर बाहुन ले सजिलै सँग लिये तर अरु जातजाती को बारेमा एस्तो कसै ले केही भन्यो भने ठुलो  बिरोध   हुन्छ । होइन अरु जातजाती १००% पेर्फेक्ट् हो कि क्या हो केही भन्नै नहुने।
भाषा मरे पहिचान मर्छ भन्चन कोइ, बाहुन को भाषा सस्क्रित मरेको ५०० बर्ष भन्दा बढी भयो होला बाहुन हरु को पहिचान मरेको छैन किन होला? किन भने उनिहरुले  नयाँ पहिचान बनाए।  सबै बाटो  हरु रोम जान्छ भन्ने सम्मा उखान थ्यो कुनै बेला त्यो  रोम हरायो नयाँ पहिचान इटलि भयो।
कुनै जमाना  मा लटिन् भाषा को जाग्जगी थ्यो त्यो अब भेटिकन  र किताब मा मात्र सिमित छ तर हामी लाई भने कुनै पुरनो कुरा छोड्नै नहुने? चाहे तेस्को नाम मा देश मा आशान्ती नै होस्?? फर्स्ट जेनेरसोन इमिग्रान्त् को कती मात्रि भाषा छ अमेरिका मा तर सबै ले ईंग्लिश मै काम गर्नु पर्ने किन? त्यहा भएको जातजाती ले किन अमेरिका बन्द नगर्या ह? सेकेन्ड जेनेरेसोन इमिग्रान्त मा त ५०% ले मत्रु भाषा बोल्न चाहदैननसक्दैनन रे अब ति नेपाली हरुको पहिचान गुमेन त? नेपाल मा छै पहिचान शाहीचन के के हो अमेरिका मा चाँही चुप लगेर बस्ने?
अहिले  को अमेरिका मा रेसेअर्च गर्नी धेरै जस्तो चाइनिज र ईण्डियन छन रे अमेरिका लाई एस्तो बनाएको हामीले नै हो हाम्रो भाषा लाई पनि मन्यता देउ भनेर चक्का जाम गरेर ईंग्लिश भासी  अमेरिकअन लाई सत्तोसराप्  गर्न पर्ने नि होइन?
गाली गर्न, अरु लाई दोस दिन के छ र, प्रतिस्पर्धा मा भाग लिएर माथि जान पो गाह्रो छ। प्रतिस्पर्धा गर्ने जातजाती पनि माथि पुगेकाइ छन क्यारे नेपाल मा.


हिन्दी भाषा सरकारी भाषा पनि होइन नबुझे पनि कामचल्छ तर धेरै ले बुझ्चन क्यारे नेपाल मा हिन्दी सिनेमा, टि.भी र गीत ले गर्दा, नपदेको हिन्दी भाषा चाँही बोल्न हुने नेपाली भन्यो कि खस भाषा भनेर गाली सुरु गरी हाल्न पर्ने??
नेपाली मा काम्जोर भएको करण टेक्निकल जागिर मा तराइबासी को सन्ख्या  बिस्तारै बड्दै गैराखेको किन तराइबासी  ले नबुजेको होला?
अमेरिका मा पनि समाबेसि को नाम मा गोरा र काला  लाई युनिभर्सिटी को रेसेअर्च मा बराबर गर्नु पर्छ भन्यो भने के होला? काला हरुले अमेरिका बन्द किन नगरेको होला?
सेना मा समाबेसि गर्नु पर्‍यो भन्ने तराइबसि ले ईन्डिया र ब्रिटिश ले गोर्खा रेजिमेन्त  मा किन तराइबासी    लाई भर्ना नगरेको भनेर किन बिरोध नगरेको होला? त्यहा पनि आन्दोलन  गर्ने कि? बाहुन हरुले पनि ब्रिटिश आर्मी मा समाबेसि खोज्ने  कि?
अब ब्यापार र उद्योग मा मर्बडी, नेवार, छेत्री बाहुन बढी भयो भनेर अब ब्यापार र उद्योग को पर्मिट पनि जनजाती लाई मात्रै दिनीए कि? थोरै मात्र जनजाति ले ब्यापार र उद्योग गर्छन् होइन र? सबै थौमा समाबेसि भये हामीले प्रतिस्पर्धा कहाँ गर्ने त?

मलाई सद्भाबना को नेता ले भने को याद आयो। हिन्दी सिनेमा हेर्न हुने टि.भी हेर्न हुने, हिन्दी को हुबहु नक्क्कल गर्न हुने, हिन्दी गीत सुन्न हुने, हिन्दी भाषा लाई नेपाल को काम्कजी भाषा छै बनाउन नहुने??
नेपाली भाषा लाइ गाली गर्दा अफु नाङो  भएको थाहा  पौदैनन नेपाली हरु।

कुनै जमाना मा कुनै जनजाती मा चलेको फेसन लाई सस्क्रिती मानेर तेस्कै लागि अरु सँग झगडा गर्ने हरुलाई के भन्ने? पुर्खा ले लगाउने गरेको लुगा भनेको त्यो बेलाको फेसन होइन र?त्यो बेला को फेसेन  लाई माया गरेर अहिले  आशान्ती गर्ने लाई के भनु म? अमेरिका जाने  बित्तिकै मधेसी लाई धोती कुर्ता लगाउन नपर्ने तर नेपाल मा चाँही धोती कुर्ता लाई फोर्मल द्रेस्स बनाउन आन्दोलन गर्न पर्ने? अमेरिका  मा पनि धोती कुरता लगाएर अफिस जाउन् न ति।

अझ  अमेरिका मा बसेर साझा मा गफ हान्ने हरुको त कुरा के गर्नु। dollar मनपर्ने, फास्ट फुड खाने अनी साझा मा आएर बाहुन ले हाम्रो भाषा भेश बिगारयो भन्ने? आफ्नो कम्जोरी लुकौन लाई बाहुन लाई एस्कपेगोट बनाउने? 

कुनै पनि भाषा तेसै आकाश बाट खसेको हुँदैन अरु भाषा बाट बनेको हुन्छ  अरु भाषा लाई हताएर आएको हुन्छ। भाषा सम्बन्धी डिस्कस् गर्नु अघी  भाषा भनेको के हो कसरी डिभेलप हुन्छ, प्रकृतिक भाषा भनेको के हो गूगल गरेर पढेपनी हुन्छ नि किताब नभए। लेख्न त जल्ले पनि जानेको छ.
जनजातिका आदी पुर्खा ले अहिले कै भाषा बोल्थे कि क्या हो? त्यो भन्दा अघी को भाषा लाई छै किन छोडेको नि? भाषा औचन जान्छन।२५% सेता अमेरिकअन का पुर्खा जर्मन भाषा बोल्थे भन्ने कुरा त थाहा  पाउन पर्ने नि भाषा को कुरा गर्ने मान्छे हरुले। अहिलीए के छ जर्मन भाषा को स्थिती अमेरिका मा। खोइ तिनिहरुले ईंग्लिश भासी लाई गाली गरेका? कि तिनिहरु मुर्ख हुन तपाईं हरु भन्दा?

नयाँ पहिचान बनाउन लाई पुरानो पहिचान छोड्न पनि सक्नु पर्छ (बिकासइत देश का जनता लाई हेरे  त्यो कुरा प्रस्त हुन्छ) आधुनिक पनि बन्न खोज्ने पुरानो पनि छोड्न नसक्ने करण ले गर्दा अरुको अन्डर  मा मात्र काम गर्न सिपालु छन  नेपाली हरु, आफु आफु मा त जाहिले  पनि झगडा। आँफैले गाली गर्ने गरेको बाहुन हरुले आफ्नो भाषा सन्स्क्रित छोडेअर नेपाली र त्यो भन्दा  पनि अघी बदेर ईंग्लिश पढेर सरकारी जागिरमा कब्जा जमौदा पनि होस्  खुल्दैन भने भिर बाट लड्ने गाई लाई राम राम मात्र भन्न सकिन्छ.
मलाई हाम्रो गाउँ को एक जना दाई को याद आयो पाँच बर्ष अगाडि सम्म त तिनी राम्रै थिए, पोहोर साल गाउँ जादा पनि ठिकै देखिन्थे तर हरेक  आधा घण्टा मा खुट्टा फोहोर भयो भनेर सफा गर्न जन्थे, मा चाँही तीन को खुट्टा सफा नै देख्थे। मैले  बा लाई के भको भनेर सोद्धा खुट्टा फोहोर भको होइन बाबु त्यो कुरा कसरी कसरी तीन्को दिमाग मा फसेको छ कती सम्झये पनि लाग्दैन कही हाम्रा साथी हरु लाई पनि तेसै भएको त होइन बेलै मा बिचार  पुरौ है साथी हो।
Last edited: 09-Aug-09 09:30 PM

 
Posted on 08-09-09 10:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

In summary... due to bahuns Nepal is going downhill... lot of people say so.... and million times it's said so.. kattai ho ki justo hunchha hai....

 
Posted on 08-09-09 11:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Timi mero sathi (aha, kasto ramro nam)


If you are a bahun, you should know that no one blames you personally because just as there is clear chokho water between Upadhayas and, how shall we put it, derivatives like Kumais and Jaisees (and I didn’t make up these distinctions), there is an almost unbridgeable chasm in between being a bahun and a bahaunist. A bahun may be a bahunist, but not all bahuns are bahunists or, in Nepali, bahunbadi (bhramanabadi, if Quikel Sir’s strictures are to be followed). You would be perfectly entitled to ask what’s the difference and the answer is equally clear: bahunbad or bahunism is the sum total of the most deplorable “isms”. So its practitioners, the bhanunists, who are not defined with reference to any genetic pool, are racists, castists, supremacist, terrorists, etc, but that hardly makes individual bahuns all these things (Pukada being the one true exception, of course). And it’s the ease with which these terms are used interchangeably, or misused, that leads to all this confusion. Now you can stop getting so worked up about all this and while you are at it, how about a quick rudhri, for shanti?


 
Posted on 08-10-09 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

A snake grabs a frog and is about to swallow it. At the meantime, the frog being swallowed sees a fly and catches it. This is our caste system. At every opportunity, every individual is trying to exploit others, irrespective of caste/ religion or language. This is not a collective behavior, although there is a visible pattern and a stereotype can be made thereof. About reservation, I see only children of crème de la crème benefiting. Again about bahunism, I wouldn't have contested its existence in a history book, but for now it is just an antithesis when we all sans Khas are searching for renewed identity. I have no doubt that there should be social equality. Unfortunately, I am seeing  reverse isms.

 



PAGE:   1 2 3 4 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
Tourist Visa - Seeking Suggestions and Guidance
From Trump “I will revoke TPS, and deport them back to their country.”
advanced parole
Sajha Poll: Who is your favorite Nepali actress?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
Problems of Nepalese students in US
Mamta kafle bhatt is still missing
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
Nepali Passport Renewal
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
MAGA denaturalization proposal!!
Are Nepalese cheapstakes?
Nepali Psycho
How to Retrieve a Copy of Domestic Violence Complaint???
wanna be ruled by stupid or an Idiot ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters