चौतारीको २० औं संस्करणमा फेरी चौतारीको छपनी मिलाउदै म नमे हाजिर भएको छु । जति बस्यो उति मायामा फस्यो जस्तै करिब १ बर्ष पुग्दा थुप्रै मित्रहरु चौतारीमा जम्मा हुनुभएको छ र यति राम्रो मित्रता कायम भएको छ, त्यो त सबै सामु छर्लङ्ग छ । कथा, कविता, गीत, गजल भन्दै हासो ठट्टा गर्दै समय बितेको त पत्तो नै भएन । अझै आउने बर्षहरुमा हामी सबैले यसमा रमाइलो थप्दै जानुपर्छ !
कहिले काही रिकुटे आएर दु:ख दिदा र घरी घरी चौतारीमा सल्ला नमिल्दा पनि कुरो ट्याक टुक पारेर अघाडी बड्नु र तेस्मा आफ्नै तरिकाले रमाइलो थप्नु नै चौतारीको सफलताको कारण हो कि जस्तो लाग्छ ! संसारको सप्पै कुनाबाट एउटै साझा ठाउमा धोको फु्क्ने गरी मन खोल्न पाउने मौका पनि यै चौतारीले दिएको छ । फेरि पनि मन खोल्दै यो २० चौतारीको नया रुपसंगै रमाइलो गर्दै चौतारी महोत्शवको पनि तयारी गरौ ।
हरेक बिहान रविका प्रज्जवलित किरणसँगै हरेक दिन हावाका शीतल झोंक्कासँगै हरेक साँझ सागरका उर्लँदा लहरसँगै अनि हरेक साँझ जूनको मीठो प्रकाशसँगै म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु कल्पनाको बागमा डुलेको पाउँछु अनुरागको फूलमा फुलेको पाउँछु चौतारीको चिसो हावामा झुलेको पाउँछु ...
कुरो ठिक् गर्यौ सान्नानि लु । कुम्ले र त्यो कालि छ्याके बुढि लाइ दुइटा टिकेट् ल।
अनि पुन्टेदा लौ बुइनि हुर् लाइ लानु पर्थ्यो नि ,पछाडि बात एकैपटक् मा ठेल्दिन्थियौ कालि मा पुग्नि गरि लौ , खुब् जुरेलि स गीत् गाउने हाम्रो सोझो भाउजु लाइ माइत पठाएर :(
सान्नानी लाइ मेरो जन्मदीन को शुभकामनाको लागि २-३ मुरि धनियाको पात है। सान्नानीलाइ हिजो सान्झ को पार्टी कस्तो लाग्यो कुन्नि? रमाइलो नै भयो होला भन्ने आसा गरेको छु।
काँ जान ला’ तिमेरु सब? सिनेमा? कसको सिनेमा? काँ को सिनेमा? काँ’र आयो तिमेरुलाई सिनेमा हेर्नि पैसो? बक! भा’गो सबै! ईईईईईईईईईईईईईईईईईईईई हेर्लाउ अब सिनेमा फिनेमा! तो मेरो पैसो जाँ थो तेईं राख्नि खुरुक्क!
साली महारानी पनि गजब कि छे! असाधै मुई खाऊँ खाउँ लाग्दी बाठी! दाईलाई मेलाँ भेटेसि सब कुरो मिलाई छे! बरु, अब मेरो तो बलडेङ्ग्रे जेठान त भउतेलाई पो ठीक पार्छु भन्दै कस्सि रा’छ रे! म नि जाने हो जेठानको पछि पछि ला’र। यई मौकाँ भउतेलाई २-४ मुक्का हान्नि हो!
“म त जान्न भन्दा भन्दै नि तो नकचरो भउतेले तानि तानि य्हाँ मेलाँ ल्यायो मलाई त। अनि धन्न पुन्टे भेनालाई भेट भो र भेनाले ‘काली तिर हुत्ताईदिम्?’ भुनेर तर्साएसि भाग्यो भउते त” भन्दिछे उसको दाईलाई।
“अनि तेरो भेनालाई भर्खरै संगै देखेथें त!” भनेर सोधेछ। उनको पाल नि, “तेई भउतेलाई लखेट्दै कता तिर पुग्नु भो, कुन्नि?” भनेर ठीक्क पारिछे!
जेठान त मेरो घर धन्नेवाद पो दिन आ’का रे। “बेकाराँ मुन्छेहुर नि तेस्ता लायकका मेरा ज्वाईंलाई के के आरोप ला’का” भन्दै फत्फताई र’च रे।
अब जानि हो घर नाच्दै। बरु, अर्को मौकाँ चईनि, कसैलाई नि केई नभनि सुटुक्क लान्छु सालीलाई जता जता लान पर्नि हो! यो बुईनीहुरले केई सुर पाए त झन् मरिजाम्, लु! तिहाराँ दिक्षिना ढुंगा दिनि हो!
फोड्लाऊ ओखर नि तालु मा, खुब! चिप्लिनछ छ तो ओखरै! तेसै चिल्लो पारे हुम र हाम्ले नि हाम्रो तालु?
लौ सत्यानाश् भे'च् । (फकाउनु पर्यो अब पुन्टेदाइलाइ ) आफ्नै दाइ हुन् के रे ,मुख् ले हकारे नि मुया गर्चन् मन् मा , ओइ केटि हो,कता गे'चन् आओ है पुन्टेदाइ सङै जाउ भौते दाइ लाइ भकुर्या बेला तालि बजाउन ।
ए राता मकै, ह्याँ त हाम्रा भउते काजिलाई हिर्काउने पिलान पो बन्दै रच । ए मुलाँ साग हो, जे भए पनि काजिका मकै चपाउने दाँत चैं नखसाल है । फेरी हाम्रा काजी इ (तलका फोटा ) जस्ता देखिएलान्! रोल न १५ मिस्टे हाजिर मिस्!
पुन्टे दाईले गामका भुराभुरिलाई नि बिगार्ने भए। सपै मिलेर भौतेलाई भकुर्नि रे? तो जुरेलीओ पनि आँखा फुटो कि के हो, तेस्तो लाठे भउते हुँदा हुँदा बुडो भेनासँअ नारिएर मेला जाँदो रेछे।अनि भउते नि के हेरेर बसिरा हो, खुरुक्क बोकेर डाँडा कटाम्नु नि, बरु एसो खर्च सर्च चाइए भन्नु, मर्दले आँटेसी जे नि सकिन्छ भन्छन भउतेले हेर्दा हेर्दा जुरेली बुडि कन्ने हुन लाइसकि।छिटो अर भउते छिटो, नत्र एइ चाल हो भने, कपाल फुलेर दाँत झरेसी र्र्याल काड्तै बस्नु पर्ला!
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
मन भित्र को पत्रै पत्र!
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Tourist Visa - Seeking Suggestions and Guidance
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
advanced parole
TPS Renewal Reregistration
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Guess how many vaccines a one year old baby is given
Sajha Poll: Who is your favorite Nepali actress?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
Nepali Passport Renew
Driver license help ASAP sathiharu
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.