चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
चित्रे माछो हो कि क्या हो आँखा खोलेर सुत्छु भन्छ यार जिम्माल बुढा बुढेस्कालाँ नि हात चिलाम्छ कि कसो? माकुरेले कता बाट बाटो बिराएछ आज? ठुलि को त के कूरा गराइ भो? ऊ त अब कथा, पट्कथा लेख्न ब्यस्त होली, राता रात कती एउटा script राइटर को लागि साइन गरिसकी होला चित्रे हिजो राती नि कती बजे सुतुम म भनेर सोचिरहेको भन्दै थ्यो सोच्दा सोच्दै सुत्नै बिर्स्यो कि क्या हो? चित्रे कै छ दिन दुगुना रात चौगुना लहरे बौचा खै? ठुल्दाइ किन तर्स्या हिजो आज? ठुल्दाइ ले किन माया मार्नु भयो हिजो आज? कुम्ले अझ नि बेपत्ता? हरी को मन पारी आज चलेन? सान्नानी कहाँ बेपत्ता फेरी? मिस दिदी कता भास्या हो? छ कसै सँग यस्को जवाफ??? इन सारा सवालो का जवाफ के लिये देखी चौतारीका अग्ला एपिसोड हमारा चिर पारीचित चौतारी के नामुद हस्ती मिस्टर बिरख बहादुर बोगटी से
रिट्ठे, म कुन क्याटगोरीको कामचोर रे? हिजो तिम्ले भन्दैथियौ नि!
जिम्मी बुडाले मलाइ नछोड्ने भए, मलाइ जहाँ देखे नि पिट्न मन लाग्दो रैछ बुडालाइ। मैले बुडाको के चोरेर खाइदियाथें र? बरू अस्ति पून्टेदाइकोमा कस्टम चेकाँ पर्या त तिनै हुन् क्यारे!
चौतारीको गुलुप पनि खै कल्ले फेर्यो फेर्यो -- अस्तिनै पैला पैला हजार वाटको गुलुप थ्यो अचेल पच्चिस वाटको छ। कैले कैले यसो साठी वाट -- मुस्किलले सय वाट सम्म पुग्छ फेरी साट्सुट्टै पच्चिसमा -- कैले त १५ वाट तिर नी जान्छ। क्यार्नी होला?
सबनमलाई भनेर सोबर त भैयो तर ओभर पनि भैयो कि के हो के हो?
हा हा! दीप ज्यो, त्यो पैला पैला हजार वाट भएको चैं सय सय वाटका धेरै गुलुप भएर हो। आजकल सय वाटका धेरै गुलुप हराए, कुनै जले। यौटा सय वाटको गुलुप सधैं बल्थ्यो, तर त्यो गुलुप नि अचेल अरू ठाममा प्रकाश छर्न जान्छ। कहिले भोल्टेज फ्लकचुएशन हुन्छ, त्यसैले चौतारीमा ट्याम ट्याममा अँध्यारो भा'को हो। चौतारी ईलिन्जियर एवं जासूसको नाताले यति टेक्निकल ईन्फर्मेशन चैं पत्ता लाए मैले!
लौ फेरि हाजिर् भएं तारेमाम् ठोक्दै। अलिकति ब्यस्त छु म नि। कम्पुटर भन्दा पर काम भएकोले मात्र हो, नत्र काम ले छेक्थ्यो चौतारी चियाउन, इलाहाबादीलाई? सबैलाई जदौ गरें है त।
ठुल्दाइ, जिम्माल बा, ठुलि, चित्रे, रिठ्ठे, दीप ब्रो लगायत सबै चौतारी बासी लाई दर्शन गरे है त दुई दिन मा त ब्यापक भाईसकेछ ठुलि का सिरिज अफ कथाज पढन भ्याएको छैन, अरु पनि एक्छिन मा पढ्नुपर्ला(जिम्माल बा को पनि छ जस्तो लागेको थियो)
राहुल दा तथा भाउजु को बिशेष 'हस्पिटालिटी' को लागि म हार्दिक आभारि छु मध्यरात को छोटो बसाइ को मिठो कुराकानी धेरै रमाइलो लाग्यो। खल्ती रित्याउने पार्किङ् फि, ठुल्दाइ को अड्डा को भि आइ पि टरक को लन्च, JMT (जता मन्लायो त्यतै) कुदाइ, सप्पै गाम घुमे भन्दा पनि रमाइलो थियो। ठुल्दाइ सित को भेट को अनुभव त भनौ भने फेरी एक्चोटी भेटी सकेका चौतारीबासी को लागि 'आमा को अगाडि मामा को बयान ' होला। लौ है त
लामो कमर्शियल ब्रेक पछि स्वागत छ दर्शकवृन्द, क्लोजअप चौतारी तारारमपम अन्तरवार्ता द्वितियमा! दर्शकवृन्द थाहा पाइसक्नु नै भयो हाम्रा आजका अतिथि को को हुनहुन्छ भनेर। हजुर, वहाँहरु हुनुहुन्छ हाम्रा अति चिरपरिचित श्रि पुन्टे दाईभन्ने पुन्टेन्द्र चिल्लाविक्रम पान्डे र श्रि भउते भन्ने भगुतभाई भन्डारी!
ल त आउनुहोस आजको अन्तरवार्ता शुरु गरौँ-
संवाददाता (दाँत देखाउँदै) - हे हे हे स्टुडियोमा स्वागत छ पुन्टे दाई र भउतेलाई!
पुन्टे दाई-
लु स्वागत भने स्वागत छ, कुन तरुणिले हेर्छे भनेर दाँत देखाउँदै छौ ए जिम्माले? सित्तैमा आको क्लोजअप भनेर हार्पिक धसेऊ कि के हो? तिम्लाई हेर्ने तरुणिलाइ यो चिल्लो तालुमा म्वाई खाने बनाइन भने मेरो नाम पुन्टे हैन, तेई धोबनिको च्यात्याssss पेटिकोटको कस्सम!
भउते-
संवाददाता-
हे हे हे पुन्टे दाई, मेरो शुभकामना छ तपाइँको तालु तरुनिको लिपस्टिकले रातै होस! भउतेजी किन रिसाउनुभएको नि?
भउते-
ए! पुन्टे बुडा! सालि र धोबिनि त कुखुरोले चल्ला छोप्या जस्तो छोप्यौ छोप्यौ हुँदा हुँदा बिर्खैजीलाई हेर्ने तरुनिलाई नि च्यात्या पेटिकोट ओढायौ हैन?? तिम्ले कसैको देखि नसहने भयौ पातकि बुडा!
पुन्टे दाई-
हामि त छुच्चो मुख फोरेर बोल्छम के रे। कतिका सालि बिच्किए कतिका बुइनि आत्तिए यइ मुख फोर्दा, अब त यत्रैसिती जता नखरमाउलि उतै पुन्टे जाउलि!
संवाददाता-
हे हे हे रमाइलो हुनुहुन्छ तपाइँहरु दुबैजना! त पुन्टे दाई भन्नुहोस तपाइँलाई सबै भन्दा मन पर्ने काम के हो? समाजसेवा, यातायातसेवा वा तरुनिसेवा??
भउते-
बुढा परे अब फन्दामा।
भऊते : - )
पुन्टे दाई-
भउतेको कानमा नपार्नि भए उत्तर भन्छु :
भउते-
तिम्रो उत्तर तिम्ले भन्नुभन्दा पहिले नै थाहा छ असत्ति बुढा! हजार सालि भए नि नपुग्ने, हजार धोबिनिको भट्टि गए नि नपुग्ने तिम्रा बखान गर्न मलाई के को आइतबार? तरुनिसेवा त हो नि के ल बाजि थाप्ने???
हैन भउतेजी पुन्टे दाईको बाजिको शर्त साँच्चै स्विकार हो तपाइँलाई?
भउते-
हँ?..... धुत्… यि शत्रु बुडाले त मलाई मालुङ्गेको घट्ट घुमा जस्तो रियाईँ रियाईँ घुमाएर पो छाडे! ए! हरिया बाँस! जसो गरे नि किन धोबिनि र जुरेलिको कन्तो खन्छौ हँ? लु सपै तिम्रा भए यो जगतहुँदि भएका सपै तरुनि तिम्रै पेवा भए, मलाई हाम्रो चौतारीको सालि र बुईनिहरु भा’ पुग्छ। त्यता नि आँखा लाएको देखेँ भुने चाइँ तिम्लाई अस्ति भन्या जस्तो आँधिखोला दोभानाँ धुवाँ पुत्पुताम्दै डढाउने हुँ!
पुन्टे दाई (तालु र दाँत दुबै टल्काउँदै) -
यो भउते बाठो छ muaaaaaahh….
भउते-
बिर्खेजी यो स्टुडियोको पछाडि ढोका सोका त छ हैन? यिनि बुढालाइ हाम्रो खस्रो गालो मन पर्ला जस्तो छ!
संवाददाता-
हा हा हाहा… रमाइलो हुनुहुन्छ तपाइँहरु!
पुन्टे दाई-
ओइ भउते! यो जिम्मालेले हाम्लाई रमाइलो भन्यो! बज्जियालाइ उठ्नु सम्म रिस उठिरा’ होला तरुणि उसको भागमा पारेन भनेर, अइले जागिर जोगाउन हाम्लाइ रमाइलो रे! येसकि मलाई स्यार्नि संसार अचम्मको छ!
भउते-
होला होला पुन्टे दाई। अब हउर र म त दाजुभाई, झगडा गरे नि मया माने नि हजुर त मेरो साढुदाई बरु हामि हाम्रो झगडा थाँति राखेर यहाँ चाहिँ राम्रो कुरा गर्नु पर्यो नत्र ताक्ने हामि बोक्ने यिनि बिर्खेको नलिखुट्टो हुन बेर छैन!
भऊते
: - )
संवाददाता- :
""दर्शकवृन्द! स्वयं संवाददाता माथि नै केहि नराम्रो आघातहरु पर्ने सम्भावना देखिएकोले हमि यो प्रसारण अचानक रोक्न बाध्य भएका छौँ। यसको बाँकि प्रसारणको कन्ट्र्याक्ट हाललाई खुल्ला गरिएको छ र संभवत समय र परिस्थिती मिलाएर उक्त बाँकि प्रसारण यसै कार्यक्रममा पछि प्रसारण गरिने छ! हाललाई हामि टाप ठोक्न चाहन्छौँ!""
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Tourist Visa - Seeking Suggestions and Guidance
advanced parole
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
Mamta kafle bhatt is still missing
Biden formally Stands Down!!!
TPS extension Petition!!!
KP Oli and Nepali Political Corruption
Nepali Passport Renewal
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
How to Retrieve a Copy of Domestic Violence Complaint???
wanna be ruled by stupid or an Idiot ?
Are Nepalese cheapstakes?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.