[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 जीवन चक्र

[Please view other pages to see the rest of the postings. Total posts: 49]
PAGE: <<  1 2 3  
[VIEWED 38608 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 12-02-08 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

जीवन चक्र

घट्ना २००८ मे महिना को ३ तारिक हो। सझा चौतारिका मित्र एवं छिमेकि पर्बते मार्सबका  साथ लाँघाली समाज न्यू योर्क द्वारा आयोजित दोहरी साँझ हेर्न न्यू योर्क तिर गएका थियौं। चौतारिका अर्का अबतारीहरु पूण्टे दाइ एवं रिट्ठे संग संगै प्रतिभाशाली रिकुटे समेत भेला भै मेला भर्न आर्मेनियन् चर्च स्थित समारोह स्थलमा पुग्यौं।

दोहरी, नाच, गीतको कार्यक्रमको सिलसिला सुरु भयो। काठमाडौं देखि आउनु भएका दोहरी गायिका शिला आले, पप गायक क्रान्ति आले को सुमधुर दोहरी तथा पपगीतहरुले माहौल संगितमय हुंदै थियो। हल बाहिर म:म:, सेलरोटी, आलु, बिर्यानी को पकवानको वासनामय वातावरण लाई रम, ह्विस्की, वाइन अनि बियर को अथाह प्रबाहले त्यो साँझ मात्तिदै थियो। साँझ संग संगै मात्तिने तरुण तन्नेरिहरुको बाक्लो जमात हल भित्र भन्दा बाहिर झमझमाइरेका थियो। पिउने पिउदै थिए, जिउने जिउदै थिए। 

 

त्यही भीड भित्२२ बर्ष पछिसाथी पनि भेट् भयो। बियर माथी अर्को बियर थपिंदै गए। संयोगले २१ बर्ष पछि अस्कलमा संगै पढेका मित्र भेट् भयो। वातवरण पुनरमिलनिय भयो। त्यहि भिड भित्र एक  जना चिने चिने जस्तो लाग्ने दौतरी देखियो। सोमरसको प्रतापले आफ्नो शरीर बसमा राख्न नसक्ने उक्त भलादमीले मलाई नै हेरि रहेको जस्तो लाग्यो। पक्कै पुरानो चिनजानको  मान्छे हुनु पर्छ, मैले निर्क्यौल गरें। संभवत उहाँलाई नि त्यस्तै लाग्यो। म नजिक आए र भए,

"तपाईलाई चिने चिने जस्तो लाग्छ , तपाईको घर् बसन्तपुर् हो ?"
 
"हो, गणेशस्थान नजिक कै।"
"तपाई नि ?"
 
"म पनि त्यतै को, म राजेश -हलुवाई।"

"ओह, म राहुल।"

तपाईं बाट तिमीमा हाम्रो वार्तालापको रुप झरि सकेको थियो। कहिले किन आएको आदि इत्यादि औपचारिक कुरा लर्बराएको लवजमा आधा अंग्रेजी आधा नेवारीमा सोधे। रक्सी शरीरमा मात्र होइन मस्तिष्कमा पनि पुगिसकेको स्पष्ट देखिन्थ्यो।

 "लाइफ खत्तम भो यार। सब खत्तम भो ।"
 
"किन कसरी ? २५ -३० बर्ष भएन र यहाँ आएको ? लाइफ त सेटल भैसकेको होला नि? घर परिवार, काम दाम।"
मैले नि जिज्ञासा पोखें।

"सब खत्तम भो। बोक्सीले  छोडेर गई। घर कार सबै लिएर गई।"
 
त्यो भन्दा बढि खोतल्नु ठिक लागेन। मैले अपसोच मात्र जताएं।

"यार, एक पेग ह्विस्की पिलाउ न, २५ बर्ष पछि भेट् भाको ओकेजनमा। सबै पैसा सकियो भने।"
 
५ डलर को १ पेग, किनी दिएं। थ्यान्कू यार, भन्दै एक सासमा नीट घुट्काए।

"एक् पेगले घाँटी नै भिजेन अर्को एक पेग लेउ न यार।" लर्खराएको पाइला, लर्बराएको बोलीमा उ निश्चिन्त निसन्कोच माग्दै थियो।

धेरै बहस गर्नु ठिक थिएन, मैले हस भन्दै अर्को पाँच ड्लर निकालें। अब यो मित्र संग जति धेरै बस्यो त्यति नै आफ्नो खल्ती रित्याउने गल्ती गर्नु हुने छ , मन मनै सोच्दै त्यहाँबाट फुत्किने उपाय खोजें।
"मलाई एउटा चुरोट तान्न मन लाग्यो, बाहिर गएर आउछु है।"
 
"चुरोट खानु हुन्न, फोक्सो कालो हुन्छ" अर्ति दिदैं थिए, म लम्कि हालें।

भित्र हलमा नाच्नेहरु छम छम् नाचिरहेका थिए। बाहिर झमझम पानी परि राख्या थियो।

चुरोट को धुंवा संग संगै स्म्रिति पटलमा राजेश हलुवाई नाच्न थाले।

क्रमश:


 
Posted on 12-05-08 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथाको विषयबस्तु र प्रस्तुति उत्कृष्ट लाग्यो, सदा झै । त्यसमा के कमेण्ट गर्नु र ? खट्केको विषय चै हलुवाइको परिस्थीति राम्ररी नबुझेको अवस्थामा यो कथा(वा विवरण भनुँ कि)ले उनलाइ न्याय गर्न सकेको देखिएन । जीवनचक्र घुम्दै जाँदा खराव पात्रको पतन हुँदै जाने अवस्था चित्रण हुन जानु पर्ने हो, तर कथा छोटो भएर हो वा के हो, यहाँ हलुवाइको सन्दर्भमा नखाएको विष पनि लागेको जस्तो देखिन पो गयो भन्ने महशुस भएको छ । यो कथा पढीसकेपछि मनमा एउटा सानो सानो खालको आन्दोलन चै चलीरह्यो ।

आफु सानो छँदा भोजभतेरमा पुरानो लुगा (फाटेकै त होइन, तर नयाँ पनि होइन, जतन गरेर भोज, नखत्या जस्ता विशेष अवसरहरुमा मात्रै लगाउनलाइ साँचेर राखेको लुगा पनि पुरानिएर खुइलिएकै हुन्थे) लगाउनु रहर होइन बाध्यता थियो । त्यो बेला अरुको नजरमा झुल्किने घृणा भनौ या अनदारभाव वा ' तँ त तुच्छ पो होस ' भन्ने भावनालाइ सधै मन गह्रुँगो बनाएर पढेकै हो, अपमानबोध सहने बानी लागेकोले होला राहुलभाइलाइ जस्तो आँखामा आँसु नै त आएन तर पीडाले पछिसम्म पनि पोलेकै थियो । "हामीसित संगत गर्ने भए राम्रो लुगा लगाएर आइज" भनेर अपमान गर्न खोज्नेलाइ समातेर नालीमा पछार्दै आक्रोश मत्थर पनि पारीयो कहिलेकाहि । तर चुरो कुरो विपन्नताकै कारण समाजमा स्थापितहरुको नजरमा 'नराम्रा मान्छे' भन्ने परिचय बोक्न चाहि परेको थियो । यो भयो आफ्नो कुरा ।

अब एक पुस्ता पछाडि, आफ्ना बालबच्चाहरुलाइ "खाते"हरुको संगत नगर भन्नुपर्ने अवस्थामा आफुलाइ पुर्याएको महशुस जब हुँदै थियो, यो कथाले पुराना कुराहरु मनमा उप्काइदियो । यहाँका "खाते"हरु टालेको लुगा लगाएर म्युजियम घुम्नजाने हरु नभइ आइपड भिरेर बातैपिच्छे F शब्दहरु फलाक्दाहुन भन्ने अनुमान छ । तर त्यस्तो मात्र नभइ कतिपय त खान राम्ररी नपाएका सौतेली बाउ आमाको हेलचक्राइँबीच हुर्कँदै गरेकाहरु पनि हुँदा रहेछन । भित्री कुरो केहि थाहा हुन्न, थाहा हुने त सिर्फ छालाको रङ न हो, त्यसैको आधारमा यसो नगर उसो नगर भनेर सिकाउने तथा नमाने गाली गरेरै भएपनि अभिभावकिय धर्म पालना गर्नै पर्ने हुन्छ । त्यसैले के ठिक के बेठिक भनेर आन्दोलन नै चल्यो ।

 


 
Posted on 12-05-08 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सीटी जी,
हलुवाई को सन्दर्भ उनी सँग संपर्कमा नभएको हुंदा सुनेको भरमा लेख्न मन लागेन। ड्रग को कुरा, स्पेनिश केटी ले बरबाद गरेको कुरा सुनेको थिएं। वास्तबिकता थाहा भएन। फेरी यो कथा त्यो म्युजियमको घट्ना वरिपरि केन्द्रित गरेर कथामाडौ को पुरानो तसबिर देखाउन खोजेको थिएं। कमी कमजोरी रह्यो होला, हलुवाई पात्र प्रती न्याय गर्न सकिन पनि होला। आँखा खोल्दिनु भएकोमा धन्यवाद।

 
Posted on 12-06-08 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahuldai,
Yr stories r so different and always speak the social reality. what an interesting story, this time too. I really enjoyed your childhood life and very excited to know was Ktm in those days. Can u please write more abt yr childhood life (explaining the social life of Ktm).....

--------

Tyo belama ali ali Paisa bhayera  4-5 ropani jagga Tahachal gauma kineko bhaye ahile ta ARABPATI bhaido rahechha...
 
Posted on 12-06-08 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

९९% हामी नेपालीहरु त्यही अवस्थाबाट गुज्रेर आका हौ । बाँकी १ प्रतिसतको के कुरा गर्ने । यसरी जिबनको पुरानो स्मरणलाई कथाबाट हामी माझ ब्यक्त गर्नु भएकोमा फेरी पनि राहुलजीलाई मुरी मुरी धन्यवाद । यो कथाले मलाई पनि ति पुरना हवाक्रयाङ खेल्ने दिन याद आयो । सुक्क........ सुक्क ...........  

- भक्ते


 
Posted on 12-07-08 6:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्के ब्रो,
समय र परिस्थिती अनी तपाईंहरुले साथ दिए अझ केही कथामाडौ अर्थात कथा-काठमाडौ लेख्ने नै छु। प्रतिकृया र हौसला को लागि आभारी छु।

भक्ते जी,
यस्तै यस्तै संस्मरणहरु को पुलिन्दा न हो जिन्दगी, गुनगुनाए गीत बन्छ, भुनभुनाए कथा। तपाईं हामी सबको छाती भित्र अनगिन्ती ब्यथाहरु छन, फुकाउनुस्, मन हलुका हुन्छ।

अन्य सबै पाठकब्रिन्दमा राहुलभाइ को सलाम अनी आभार।
 


 
Posted on 12-07-08 11:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वास्तबमा सबैको भोगाइ एकै खालको भो म त अपमान शहनु भन्दा नजानु नै ठीक भनेर जान्न थिए| आफन्तको नजरमा घमन्डी हुन्थे |रहर त हुन्थ्यो तर बुवा आमा लाई भन्ने आट आउन्नथियो |जस्ले दु:ख देखेको भोगेको हुन्छ उस्ले प्रगती गर्छ भन्ने विश्वाश लिएर घरमा नै बस्थे|घरमा बस्दा आमा बुवालाई सहयोग गर्थे तेसैले हुनसक्छ भगवानले हेरेकोले अहिले त्यस्तो चै छैन खान लाउन अनी अहिले अरुको अगाडि राम्रै छ | मैले नबुजेको कुरा के हो भने जो मान्छे हिजो मलाई अनी मेरो बुवा आमा सँग बोल्न गाह्रो मान्थे आज तीनै नजिक आउन थालेका छन अनी कसरी हुन्छ सहयोग पाईन्छ भन्नछन |राहुल दाई हजुरको यो अन्तिम भागले मेरो अतितलाई सम्झैदियो |के गर्ने सबैलाई त्यस्तो नहुनसक्छ तर मेरो जिबनमा त्यस्तो भयो जस्ले गर्दा बिचमा नै पदाइ छोड्न्नुपर्‍यो |अहिले आएर सोछु हिजो अलिकती सहयोग पाइएको भये मेरो जिबन अली शहज त हुन्थ्योहोला तेसैले मैले अहिले जो मान्छे दु:खमा छ उसलाई चै सहयोग गर्ने गरेको छु शायद त्यो किन सानै होस् |जिबनमा सिकेको कुरा भनेको नै आफ्नो काम आँफै गर अरुको भर कहिले नपर हुनसक्छ यही कुराले गर्दा म अहिलेको ठाउसम्म आको |
 
Posted on 12-08-08 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वास्तवमै जीवनचक्र नै रहेछ!

त्यतिबेलाको हाम्रो समाज (शायद यतिबेला पनि कतै कतै होला) सम्झिएर मन कस्तो कस्तो भयो। फाटेको लुगा लगाऊनेलाई आफ्नो भन्न लाज मान्ने! कठै!


 
Posted on 12-08-08 8:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ जीवन चक्र नै पस्किनु भएको रहेछ। मन छोयो।
घुमिफिरी सबैको पालो आउछ। साथीलाई "खाते" देख्नु उस्को भुल होइन उस्को संस्कार को भुल हो। भोली कस्ले नै देखेको छ र? अनिश्चित छ भोली तर अज्ञान होइन। आज राम्ररी गोडमेल गरेको बिरुवा भोली अवस्य सप्रिन्छ। हजुर नै एउटा उदाहरण हुनुहुन्छ।
 
Posted on 02-01-14 12:03 PM     [Snapshot: 6334]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाई.... नमिठो अतित को मिठो याद को संगालो न रहेछ जीवन..... तेही यादको सहारामा अरु याद हरेक अर्को पलमा जिउंदै अघि बढ्नु न रहेछ जिन्दगि ...... पुरानो कान्तिपुरी नगरी कस्तो थ्यो भनेर हजुरको यो लेखबाट प्रष्ट देखिन्छ ...

उत्कृस्ट संस्मरण ......

पुरानो लेख माथि धकेल्दै छु ... सप्पैले थाहापाउन पर्छ त्यो पुरानो कान्तिपुरी .....

- थाहा छैन
 



PAGE: <<  1 2 3  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
I hope all the fake Nepali refugee get deported
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
MAGA and all how do you feel about Trumps cabinet pick?
Those who are in TPS, what’s your backup plan?
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters