SaruBhakta-II
Replies to this thread:

More by SaruBhakta-II
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 MERO KABITA - "BHAUTE"

[Please view other pages to see the rest of the postings. Total posts: 310]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 132366 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 06-18-05 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो स्याङजा: मेरो सम्झना
(शिखरिणी छन्दमा)

छुदै माताजीका, चरणतलमा, जान्छु म भनी
रुदै आज्ञा दिन्छिन्, दुखित मनले, पुज्य जननी ।
म आएँ पाताल्मा, तर मन उतै, बाल्-हठ गरी
सयर् मै स्याङ्जाका, एक एक गरी, स्वर्ग नगरी॥
(१)
कुभिण्डे, नौडाँडा, सकल पथका, भीर पहरा
उकाली ओराली, अनि निकटका, स्वच्छ छहरा ।
छिचोल्दै राङ्खोला, अलि पर झरी, मिर्दि बगर
दिसिँकोट्, चापाकोट्, वरपर बिते शैशव-पला ॥
(२)
पहाड्की चेली शीतल जलभरी, काँस-करुवा
दरौँ की शिर्वारी, हर क्षण तयार्, पुज्न वटुवा
बुलाँकी नाकैमा, झलमल परी, पल्टन हुँदी ।
मसक्कै मस्किन्थिन्, उपल घरक,गुर्सिनी दिदी ॥
(३)
असार्-साउन् बर्षा, रुझि रुझि म खेल्थे अनमत्तै
सुसाम्थ्यो सल्लेरी, रति भर नमान्ने डर कतै ।
घमण्डी थी आँधी, नसुनु यसको, कल्कल उता
उठाम्थी यो वासै, क्षण भर सुनाम्थी अहमता ॥
(४)
उषा गुथ्दै पस्थी, हिमसगरमा, स्वेत पगरी
मलेङ्कोट् पाखैमा, ढकमक हुने, पुष्प लहरी ।
अँधेरी खोल्सी ती, छङ छङ धरी, संगित कडी
अहोरात्रै बित्थे, घुमि म तटका, कुञ्ज रमणी ॥
(५)
कता अल्झिस् "भौते", किन सुरु भए, यी उँध-गति
धरा यस्तो त्याग्ने, कुन दिन भयो, धृष्ट कुमति ।
म जाउँ त्यो स्वर्गै, पनि नसकिने, विर्सन रति
म जन्मेँको माटो, दिन दिन गएँ, सम्झन अति ॥
(६)
*** *** *** ***
:)
-भउते
 
Posted on 02-01-06 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते. वाह क्या बात है !!
:):)
 
Posted on 02-01-06 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा, बिर्खे जी ! अब त लाजै लाग्न थाल्यो। :-)
 
Posted on 02-01-06 8:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो मुला भउते कराउदा नि सप्पै चुप्प लार बस्दारैछन के रे । यसरि बिष्नुका भक्तजनलाइ गालि गर्न पाइन्छ ?

बाजे पञ्च बा पनि पञ्च
म मात्रै होइन नाति नि पञ्च ।

कुरें १२ बर्ष खानलाइ लन्च
बल्ल तयार भो सरकारको मञ्च ।

भुत्रो कराको ,तिम्रो पालो अब मर्यो
हामी राष्ट्रबादि , देशनै हाम्रो खलेगरो ।

 
Posted on 02-01-06 8:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो नमेले पनि दियो ल दामी! अलि लेखिरहनु पर्यो नमे। यो कहिलेकाहीँ मात्तै लेखेर भएन।
 
Posted on 02-01-06 8:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-01-06 8:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खास त सबैको चर्तिकलाले दिग्दारि दिएर भउतेलाइ उत्तर दिन मन लागेको हो । साच्चै भन्ने भने मैले त यो संबिधान सभा , लोकतन्त्र केहि बुजेको भए मरिजाम । २०४६ म तिनै सबैको जित हो यो भन्थे अइले होइन भन्छन । माओबादि घरि राजा मान्नि भन्छन घरि नमान्नि अरे । अनि राजा चाइ जनताले उत्साह पुर्वक चुनावमा भाग लिइ सके भन्छन । कसरि कुरा बुज्नि, तेसो भएर भउतेलाइ जबाफ फर्काको के, कुरो मा कुरो मिलार ।
 
Posted on 02-01-06 10:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ एता अर्को कबिता रहेछ। लेख्नआउदैन के गरु? जास्तो तस्तो लेख्दा पनि 'सूर्यको छेउ मा टुकि ' होला। रमाइलो लागेकोछ साझामा आफुलाइ मन पर्ने कुरा पढ्न पाउदा।
 
Posted on 02-01-06 10:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्यात्तेरी, मास्टर्नी नानि नि आम्नु भे'छ। मुलाइ त लाज लाग्यो, जे पायो त्यै लेखिएको छ फेरि।
भुलचुक माफ पाम है।

के को सुर्यको छेउमा बत्ति हुनु नि हजुर। हजुर त जुनकिरीको बिचाँ बत्ती हो नि।
लेख्नुस लेख्नुस, हजुरको लेखाइमा अर्कै दम छ।

:-)
-भउते
 
Posted on 02-01-06 10:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते,

अत्यन्त सामयिक र तिक्ष्ण अभिलक्षित गजल !

तपाईले पनि उखानहरुलाई गजलमैत्री पाउनु भयो हगि ? वास्तवमा शेर र उखान एउटै साँचोमा ढालिने उत्पादन हुन् । संक्षिप्तता, गहनता र श्रुतिमाधुर्य भएपछि बन्छन् उखान र शेर दुबै ।

कुहिई नै सक्यो आफ्नै काँध
कति बोक्छौ हँ सडेको लाश


मलाई त यो व्यंगचित्र याद आयो । अब सडेको लाश र कुहिएको काँध दुवैलाई ईतिहासको कन्टेनरमा नफालेसम्म एउटा सफा युग आउदैन भन्छु म ।

 
Posted on 02-02-06 1:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते जी मलाइ हासो उठ्यो किन यस्तो चाकडी आवाज गरेको होला ।म त यसो हजुर को कबिता हेर्न आएकीमात्र कहा लेख्नसक्नु छन्द मा कबिता अनि गजल हरु??
अध्ययन गर्न खोज्या मात्र हो।

:)
 
Posted on 02-02-06 4:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु हेर, भउतेओ रीस त डरलाउदो र'च गाँठे !
**घिच्रोमा अँठ्याइ नढालेर
झर्ला र खाम्ला भुत्रोको आश ?**

हे हे हे ! सारै मुन परो ! :)
 
Posted on 02-02-06 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते

गजल हुनु यस्तो पो !

सलाम स्वीकार्नु होला !

भउते

गजल हुनु यस्तो पो !

सलाम स्वीकार्नु होला !
 
Posted on 02-02-06 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पैलाई प्रतिक्रियाको लागि धन्यबाद।

नेपे जी, त्यो शेर लेख्दा मलाई पनि झलझली त्यै कार्टुनको सम्झना भएको थियो।

गजलमा उपर्युक्त र अत्यन्त प्रचलित उखान-टुक्कालाई धेरै-थोरै परिमार्जन गरि प्रयोग गर्दा
मैले केहि फाइदाहरु देखेँ। (गजल बिधामा मेरो अध्यन शून्यप्राय छ त्यसैले एक जना
पाठकको हैसियतले अनुभव गरेको कुरा मात्र हो है।) एक त जन-जिब्रोमा पैले नै झुण्डिसकेका
उखान-टुक्काले गर्दा गजल पनि सजिलै जिब्रोमा झुन्डिन सक्ने। दोस्रो, उखान-टुक्काको
गहिराई र सान्धर्विकता पाठकलाई पहिलेनै अबगत हुनेहुँदा थोरै शब्दले नै धेरै कुरा स्पष्ट पार्न
सकिने।यति हुँदा हुँदै पनि उखान-टुक्काको प्रयोग सँग म आफै उति सन्तुष्ट भने छैन। गजल
लेखाइ सम्बन्धी मेरो थोरै जिज्ञासाहरु:

१: प्रचलनमा आइसकेका बिचार, उखान-टुक्का प्रयोग गर्नु कतै लेखनमा आफ्नोपना नहुनु त
हैन ? नयाँ र नितान्त आफ्नो बिचारलाई उखान-टुक्काको जस्तो रुप दिन सक्नु पो उपर्युक्त हो
कि?

२: "गजल" भन्ने शब्द मेरो कानमा पर्ने बित्तिकै मेरो दिमागमा सधैँ " सुमधुरता, प्रकृति, प्रेम,
नारी, सुन्दरता, मादकता, आदि इत्यादी" भाव घुम्छन्। हुन त मेरो कुनै पनि प्रयासमा यी
भावहरु दर्शाउन सकेको छैन। अझ तपाईँले भन्दै आउनु भएजस्तै (मेरो
बुझाइमा) गजल गायन योग्य हुनु पर्छ भन्ने कुरालाई ध्यानमा राख्ने हो भने जे मैले लेख्ने
प्रयास गरेको छु, तिनीहरुले कतै गजलको उपहास त गरेको छैन?

३: पाठकको हैसियतले मेरो अनुभवमा नाराबादी र कसैको चर्को आलोचना गरिएका गजलहरुले
क्षणिक रुपमा सजिलै वाह वाह पाएको पो हो कि ! यसरी लेखिएका गजलको सान्धर्विकता
केवल आजको जुलुस र सभामा मात्रै हुन्छ जस्तो लाग्छ। थोरै समय पछि नै बेप्रासाङ्गिक
हुने हो भने यिनको महत्व नै के भयो र, होइन त? गायन त झन परको कुरा पर्यो।

मेरो मनमा घुमेका क्यै खुल्दुलीहरु। :-)

शिरिष जी ! धन्यवाद ! "सलाम" शब्दको को ईज्ज्यत जाला है ! हे हे।

:-)
-भउते
 
Posted on 02-02-06 9:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१: प्रचलनमा आइसकेका बिचार, उखान-टुक्का प्रयोग गर्नु कतै लेखनमा आफ्नोपना नहुनु त हैन ? नयाँ र नितान्त आफ्नो बिचारलाई उखान-टुक्काको जस्तो रुप दिन सक्नु पो उपर्युक्त हो कि?

नि:सन्देह । परन्तु उखान-टुक्काको प्रयोगमा सटिकता छ भने त्यसलाई अर्धमौलिकता मान्नु पर्छ ।

मैले माथि उखान-टुक्का र शेर एउटै साँचोमा ढालिने उत्पादन हुन् भनेर जो भने त्यसमा मैले कस्तो शेर उत्कृष्ट हुन्छ भन्ने प्रश्नको मेरो निजी उत्तर पनि दिएको हुँ । जब कुनै शेर उखान-टुक्का सदृश हुन्छन, तब ठान्नु बन्यो उत्कृष्ट शेर ।

जसरी हामी दैनिक वार्तालाप देखि औपचारिक वार्तालापसम्म उखान-टुक्काहरु प्रयोग गरेर वार्तालापलाई सरस र सटिक बनाउछौं, गजल-सम्पन्न भाषा (हिन्दी, उर्दु) का भाषीहरु उखान-टुक्का देखि लोकप्रिय शेरहरु उद्धरण गरेर त्यसो गर्छन् ।

नेपाली भाषाका वार्तालापमा पनि नेपाली शेरहरु उद्धरण हुने दिन आउनेछ भनेर सपना देख्छु म ।

लक्ष्मी प्रसाद देवकोटा, भूपि शेरचनहरुले गजल लेखिदिएको भए त्यो अवस्था आईसकेको हुन्थ्यो । हुन त भूपिका कतिपय कवितांश हरु शेरका भाँती उद्धरण नहुने होईनन् । तर लक्ष्मी प्रसादका कतिपय सन्देशसमृद्ध कविताहरु तिनमा संक्षिप्तताको अभावले गर्दा उद्धरण हुँदैनन्, केवल नाम मात्र लिईन्छ ।

२: ... गजल गायन योग्य हुनु पर्छ भन्ने कुरालाई ध्यानमा राख्ने हो भने जे मैले लेख्ने
प्रयास गरेको छु, तिनीहरुले कतै गजलको उपहास त गरेको छैन?


गजल गायन योग्य हुनुपर्छ भनेको के चाहिं होईन भने त्यो आनन्द कार्कीले नै गाउन सुहाउने र त्यसको चक्काले राम्रो व्यापार नै गर्नु पर्ने हुनु पर्ने ।

गेयात्मक भनेर मैले त्यसको विन्यासलाई भनेको हुँ, संगीतको बजारलाई होईन ।

गजल-सभा (मुसायरा) मा गाउन योग्य भनेको हुँ । र किनुवा उपभोक्ता होईन पारखी श्रोताको लागि भनेको हुँ, है ?

३: ...गजलको सान्धर्विकता [सान्दर्भिकता]...

स्वभाविक रुपले कुनै शेरले समसामयिक, कुनै शेरले सर्वकालिन र कुनैले दुवै सान्दर्भिकता बोकेका हुन्छन् । मेरो विचारमा सबैको आ-आफ्नो मुल्य, महत्व छ र त्यसैले सबैले समान सम्मान पाउनु पर्छ भन्ने लाग्छ ।
सान्दर्भिकता भन्दा पनि महत्वको कुरा बरु वैचारिकता हो । ईमान्दार विचार कहिले पनि असान्दर्भिक हुँदैन । गैर-ईमान्दार विचार चाहि क्षणभंगुर हुन्छ, किनभने ढिलोचाँडो त्यसको पर्दाफास भईहाल्छ । सचेत रहनुपर्ने ठाम त्यो हो ।

ईमानदारीको कुरा गर्दा, गजलमात्र यस्तो विधा हो जसले कविलाई 'कन्फेशन' गरेर ईमान्दार रहने जुक्तिको लागि एउटा छुट्टै ठाउँ राखिदिएको छ । हजुर, 'मकता' । त्यस्तो ठाउँ अरु कुनै विधामा छ ?

गजल जिन्दावाद !
 
Posted on 02-02-06 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब फेरि आर्को लेख्नुस न, गन्थन नगरिकन ... ;)

Keep rolling...
 
Posted on 02-02-06 11:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जताततै गजल हेर्दा हेर्दा मलाइ पनि जोस चलेर एउटा गजल टाँस्न मन लाग्यो।
शिरिष गुरुको धागोमा टाँस्न लाज लागेर भौते गुरुको धागो मा टाँस्दै छु। यसो नियम कानून के के मिलाउनु पर्छ गुरुहरुले सुझाव दिनुभए म सिकारुलाई प्रोत्साहन मिल्थ्यो। सुझाव को अपेक्षामा छु। :)


प्रेम त मैले गरेकै हो, धेरै गर्दा भुल भयो
तिम्रो सुन्दर मुहार अब, मुटुको यो शूल भयो

खन्याएको माया मेरो, अंजुलीमा अटेन कि?
छान्ने बानि भएकोलाई, अंजुली नि झुल भयो

कस्तो बाचा गर्नु पर्ने, शायद मैले जानिन कि?
तिम्रो बैँश बाचा पढ्ने, सार्वजनिक तुल भयो

कति हिँड्छौ यौवन लुटाई, मधुमास सधैँ हुन्छ?
तिम्रा हरेक समाचार, छाति घोप्ने त्रिशूल भयो

दोबाटोमा मलाइ भेट्दा अझै किन तर्कि हिँड्छौ?
तिम्रो दर्शन अब मलाइ, ओइलिएको फूल भयो

 
Posted on 02-02-06 11:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Saru Bhakta bro,
Syngja Kata Paryo ?
 
Posted on 02-03-06 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे जी धेरै धन्यवाद।

गेयात्मक गजल भन्नाले त मैले के बुझेछु भने "शुक्रबारको रात होस। मधुर प्रकाश होस।
मदिराको साथ होस। मञ्चमा गुलाम अलि जी को उपस्थिती होस्। अनि सबै चुपके
चुपके रात दिन .......
मा झुम झुम हउन।" अनि यस्तैमा एक्कासी झर्ला र
खाम्ला, भुत्रोको आश ?
सम्झेँ। अनि त आफैलाई लाज लागेर आयो के। :-)

सिरे बुरो ! "काम भन्दा कुरो ठुलो, लेख्न लायो हात लुलो" भयो जस्तो छ मेरो, कि कसो?

बिर्खे जी जावस जावस। अब शिरिष गुरु र नेपे गुरुको शुरमा हिँड्न त कहाँ सक्नु। हामी त
पुच्छर समाउने न हो। घिसारिँदा टाउको ढुँङ्गामा नबजारिए हाम्ले खोजेको त्यत्ति हो।

तिम्रो सुन्दर मुहार अब, मुटुको यो शूल भयो आफ्नो पनि त्यै हाल छ, रे क्या। :-)

यजुराम जी
दिसिङ्कोट चापाकोट वरपर बिते शैशवपला । मेरो जन्मभूमि रत्नपुर पर्यो। मलाई
भउते भन्नुस है। शुरुमा यत्तिकै लहडमा लागेर नक्कलि नाम राखेर साझामा पसियो।
सरुभक्तको "पागल बस्ति" ले यति प्रभावित भइएछ कि नामै नक्कल गर्ने सम्म लहड
चल्यो। :-)

अब भागेँ म। गफै मात्र धेरै भो।

:-)
-भउते
 
Posted on 02-03-06 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते,

सुरा र सुन्दरी शब्दश: सुरा र सुन्दरी नभएर त्यो भन्दा वृहद अर्थ जताउने विम्बहरु हुन् आधुनिक काव्यमा । भारतका सुप्रसिद्ध कवि स्व. हरिवंशराय बच्चनको बहुचर्चित काव्य 'मधुशाला' का मलाई मन पर्ने केही श्लोक र तिनका अंशहरु यहाँ टाँस्दैछु, मेरो कुराको पैरवी र साथै साझाका पाठकहरुको हृदयरंजनको लागि ।

मधुशाला
हरिवंशराय बच्चन
- http://manaskriti.com/kaavyaalaya/mdhshla.stm

मदिरालय जाने को घर से चलता है पीनेवला,
'किस पथ से जाऊँ?' असमंजस में है वह भोलाभाला,
अलग-अलग पथ बतलाते सब पर मैं यह बतलाता हूँ -
'राह पकड़ तू एक चला चल, पा जाएगा मधुशाला।'। ६।

चलने ही चलने में कितना जीवन, हाय, बिता डाला!
'दूर अभी है', पर, कहता है हर पथ बतलानेवाला,
हिम्मत है न बढूँ आगे को साहस है न फिरुँ पीछे,
किंकर्तव्यविमूढ़ मुझे कर दूर खड़ी है मधुशाला।।७।

मुख से तू अविरत कहता जा मधु, मदिरा, मादक हाला,
हाथों में अनुभव करता जा एक ललित किल्पत प्याला,
ध्यान किए जा मन में सुमधुर सुखकर, सुंदर साकी का,
और बढ़ा चल, पिथक, न तुझको दूर लगेगी मधुशाला।।८।


**** ****

धर्मग्रन्थ सब जला चुकी है, जिसके अंतर की ज्वाला,
मंदिर, मसजिद, गिरिजे, सब को तोड़ चुका जो मतवाला,
पंडित, मोमिन, पादिरयों के फंदों को जो काट चुका,
कर सकती है आज उसी का स्वागत मेरी मधुशाला।।१७।

**** ****

बजी न मंदिर में घड़ियाली, चढ़ी न प्रतिमा पर माला,
बैठा अपने भवन मुअज्ज़िन देकर मस्जिद में ताला,
लुटे ख़जाने नरपितयों के गिरीं गढ़ों की दीवारें,
रहें मुबारक पीनेवाले, खुली रहे यह मधुशाला।।२०।

बड़े बड़े परिवार मिटें यों, एक न हो रोनेवाला,
हो जाएँ सुनसान महल वे, जहाँ थिरकतीं सुरबाला,
राज्य उलट जाएँ, भूपों की भाग्य सुलक्ष्मी सो जाए,
जमे रहेंगे पीनेवाले, जगा करेगी मधुशाला।।२१।

**** ****

बिना पिये जो मधुशाला को बुरा कहे, वह मतवाला,
पी लेने पर तो उसके मुह पर पड़ जाएगा ताला,

दास द्रोहियों दोनों में है जीत सुरा की, प्याले की,
विश्वविजयिनी बनकर जग में आई मेरी मधुशाला।।२४।

**** ****

अंधकार है मधुविक्रेता, सुन्दर साकी शशिबाला
किरण किरण में जो छलकाती जाम जुम्हाई का आला,
पीकर जिसको चेतनता खो लेने लगते हैं झपकी
तारकदल से पीनेवाले, रात नहीं है, मधुशाला।।३८।

**** ****

मुसलमान औ' हिन्दू है दो, एक, मगर, उनका प्याला,
एक, मगर, उनका मदिरालय, एक, मगर, उनकी हाला,
दोनों रहते एक न जब तक मस्जिद मन्दिर में जाते,
बैर बढ़ाते मस्जिद मन्दिर मेल कराती मधुशाला!।५०।

**** ****

कभी न सुन पड़ता, 'इसने, हा, छू दी मेरी हाला',
कभी न कोई कहता, 'उसने जूठा कर डाला प्याला',
सभी जाति के लोग यहाँ पर साथ बैठकर पीते हैं,
सौ सुधारकों का करती है काम अकेले मधुशाला।।५७।

**** ****

मुझे पिलाने को लाए हो इतनी थोड़ी-सी हाला!
मुझे दिखाने को लाए हो एक यही छिछला प्याला!
इतनी पी जीने से अच्छा सागर की ले प्यास मरुँ,
सिंधुँ-तृषा दी किसने रचकर बिंदु-बराबर मधुशाला।।६८।

**** ****

यम आएगा लेने जब, तब खूब चलूँगा पी हाला,
पीड़ा, संकट, कष्ट नरक के क्या समझेगा मतवाला,
क्रूर, कठोर, कुटिल, कुविचारी, अन्यायी यमराजों के
डंडों की जब मार पड़ेगी, आड़ करेगी मधुशाला।।७६।

**** ****

ज्ञात हुआ यम आने को है ले अपनी काली हाला,
पंडित अपनी पोथी भूला, साधू भूल गया माला,
और पुजारी भूला पूजा, ज्ञान सभी ज्ञानी भूला,
किन्तु न भूला मरकर के भी पीनेवाला मधुशाला।।८६।

**** ****

जितनी दिल की गहराई हो उतना गहरा है प्याला,
जितनी मन की मादकता हो उतनी मादक है हाला,
जितनी उर की भावुकता हो उतना सुन्दर साकी है,
जितना ही जो रसिक, उसे है उतनी रसमय मधुशाला।।१२८।

____
 
Posted on 02-03-06 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि हरिवंशराय वच्चनको मधुशाला प्रतिको यो अनन्य प्रेम र भक्तिले पनि हृदयमा एउटा भूकम्प नै ल्याईदिन्छ .....


बने पुजारी प्रेमी साकी, गंगाजल पावन हाला,
रहे फेरता अविरत गति से मधु के प्यालों की माला'
'और लिये जा, और पीये जा', इसी मंत्र का जाप करे'
मैं शिव की प्रतिमा बन बैठूं, मंदिर हो यह मधुशाला।।१९।

मेरे अधरों पर हो अंतिम वस्तु न तुलसीदल प्याला
मेरी जीव्हा पर हो अंतिम वस्तु न गंगाजल हाला,
मेरे शव के पीछे चलने वालों याद इसे रखना
राम नाम है सत्य न कहना, कहना सच्ची मधुशाला।।८२।

मेरे शव पर वह रोये, हो जिसके आंसू में हाला
आह भरे वो, जो हो सुरिभत मदिरा पी कर मतवाला,
दे मुझको वो कान्धा जिनके पग मद डगमग होते हों
और जलूं उस ठौर जहां पर कभी रही हो मधुशाला।।८३।

और चिता पर जाये उंढेला पत्र न घ्रित का, पर प्याला
कंठ बंधे अंगूर लता में मध्य न जल हो, पर हाला,
प्राण प्रिये यदि श्राध करो तुम मेरा तो ऐसे करना
पीने वालों को बुलवा कऱ खुलवा देना मधुशाला।।८४।

नाम अगर कोई पूछे तो, कहना बस पीनेवाला
काम ढालना, और ढालना सबको मदिरा का प्याला,
जाति प्रिये, पूछे यदि कोई कह देना दीवानों की
धर्म बताना प्यालों की ले माला जपना मधुशाला।।८५।
___
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
To Sajha admin
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters