[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 "अपरेसन ००३"

[Please view other pages to see the rest of the postings. Total posts: 257]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 100412 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 06-24-08 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बिदेशीहरु कहिले पनि एउटै उदेश्यले हाम्रो देशमा काम गर्न आँउदैनन्। उनिहरुको पहिलो कौतुहुलता हुन्छ "हाम्रो देशको राजनैतिक अबस्था" र दोस्रो आफ्नो कार्यक्रम मार्फत अप्रत्यक्ष रुपमा सोझो साझा जनताहरु बिच प्रजातन्त्रको भाषा सिकाउनु। त्यसैले "अपरेसन ००३" को लक्ष्य पनि त्यो दायरा भन्दा परको हुन सक्दैन। अपरेसन ००३ को सबै गतिबिधिमा निगरानि राखी समयमा नैं प्रतिबेदन बुझाउन मेजर मिन्जोलाइ यो जिम्मेबारी सुम्पिएको छ।"कर्नल आङ्जोले एउटा गोप्य फाइलमा मलाइ सुम्पिदैं भन्नु भयो।


"अपरेसन ००३" एसियाबाट आउन लागेकि बिदेशी बिशेसग्य थी। उसको अफिस र सरकारको संयोजक्त्वमा एउटा ठुलो प्रोजेक्ट शुरु हुन लागेको थ्यो। राजधानी बाहिर ५ साइटमा "अपरेसन ००३" यानि "मिस रितु" सङै म सुरक्षाको लागि खटिएको थें। "अपरेसन ००३" मेरो लागि चुनौतीको बिषय थ्यो। कारण उ जवान थी, कुनै कार्यको लागि आएकी थी अथवा कुनै अरु देशको गुप्तचर हुन सक्थी। सबैभन्दा अचम्मको कुरा उ अमेरिका बर्सको २ चोटी  आउने/ जाने गर्थी भन्ने कुरा उसको पासपोर्टमा देखिएकोथ्यो। मैले उसको सबै कुरा पत्ता लाउनु थ्यो। उ आएको १ महिना भैसकेको थ्यो। यो १ महिना भित्र उसले ३ अन्तर्रास्ट्रिय कल गरेकी थी। ४ सनिबार नैं उ आफ्ना साथीहरुसङ सहरको प्रख्यात २ वटा नाइट क्लबमा गएकी थी। १ चोटी उसकै होटेल नजिकैको बिउटीपार्लरमा फेसियल गरेकी थी र हप्ताको २/३ वटा ब्यक्तिगत मेल लेखेकी थी। यो सबै कुराको जानकारी मैले मेरो कर्मचारीहरुबाट प्राप्त गरिसकेको थें। मैले आफैले "अपरेसन ००३" लाइ देखेको थिन। उसको फोटो हेर्दा ठिकै जस्ती थी। आखिर म उ सङ अर्को हप्ता प्रोजेक्ट साइट मा सङै जांदै थें। मेरो लागि उ रहस्य मात्र थी।


"अपरेसन ००३ जवान छे, आकर्षक हुन सक्छे तर काम भन्दा बढी बिदेशी सङ त्यति हेलमेल राख्नु हाम्रो पदिय दायित्वले दिदैन। भावना र प्रेम जस्ता कुरा हाम्रो लागि देशको जिम्मेदारी भन्दा ठुलो हुँदैन।" कर्नेल आङ जो ले "जिम्मेदारी" र "पदिय दायित्व" मा धेरै जोड दिनु भयो।

"यस सर।"भन्दै मैले टाउको मात्र हल्लाए। मलाइ आफ्नो हर शब्दलाइ केलाउनु पर्थ्यो हाकिम सङ कुरा गर्दा। तेइ पनि यो आर्मीको जागिरमा हाकिमसङ हत्त्पत्ति दोहोरो कुरा गर्न मिल्दैन।   कर्नेल आङ जो को टेलिफोनको घन्टी बज्यो। बाहिर "अपरेसन ००३" हामीलाइ भेट्न आएकि रैछ, पिएले खबर गर्‍यो। त्यसको एकैछिनपछि ३ जना खैरेसङै एउटी एसिअन केटी कोठाभित्र पसी। मेरो पारखी आँखाले "अपरेसन् ००३" को शरिरको बनावटलाइ तुरुन्तै एक्स्-रे गर्‍यो।


"क्लिक-क्लिक- क्लिक" (३६-२४-३६), ए होइन रैछ, त्यस्तो बनावट नभए पनि अर्कै किसिमको मादकता रैछ उसको शरीरमा। खुइलिएको जिन्स प्यान्ट र साधारन कटनको कमीज लगाएकी, सफा अनुहारमा अलिकति गुलाबी लिप्स्टिक, हलुका मस्करा लगाएकी, धेरै दिन देखि कोर्न नभ्याएको कपाल। मतलब आजकालको फेसन जस्तो सिल्की कपाल नभयेर कर्ली रहेछ। येसो सर्सर्ती हेर्दा अलिकति अग्ली, गहुँगोरी र मसिनो स्वरले कुरा गर्ने उ मैले मन पराउने टाइपकी केटी थीन।


"नमस्ते" गर्दा अलिकति मुस्काइ, मुस्काँउदा अलि उज्याली देख्दी रैछ, अनि परिचय दिन थाली। कर्नेल आङ्जो ले पनि मेरो परिचय गराइदिनु भयो। उठेर मैले सबै सङ हात मिलाए। उसको हात मलाइ एकदमै चिसो लाग्यो। हिँउ जस्तै चिसो। यस्तो चिसो हात हुनेको मुटु कस्तो चिसो होला। उ भितामा राखेको फोटोहरुलाइ नियाल्दै थी बेला बेलामा। केहि बेरको कुरा पछि उ आफ्नो अफिसको साथीहरु सङै बिदा भइ।

उ किन आएकी ? उसको खास उद्देश्य के होला? उसको हरेक कुरा मैले कसरी थाहा पाउने? "अपरेसन ००३" कोठाबाट निस्केपनि मेरो मस्तिस्कमा छाइ रही प्रश्न बनेर।

क्रमश:

 

Last edited: 24-Jun-08 03:37 PM

 
Posted on 07-11-08 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भुत पो हो? होइन होला!!!

कथा दामी गैराछ, तर भुत भनेपछि त डरलाग्यो नि त!!


 
Posted on 07-11-08 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 के के कुरा गर्छन् हो सबै उट्पट्याङेहरु रैछन् बेक्कारमा अर्कालाई तर्साएर

माथि पंखामा कुनै भर्खरकि युवतीको अर्धनग लाश झुन्डिरहेको थियो र लाशबाट तप तप गर्दै ताजा रगतका थोपा चुहिँदै थिए!

jimmal baa dar laagyo


 
Posted on 07-11-08 8:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

बोक्सीहरुले के के गर्न सक्छन् भनेर सानोमा साथी हरु कुरा गर्थे। लोग्ने मान्छेलाइ आधारातमा कुकुर पनि बनाउछन् भनेर सुनेको थें। अहिले स्वयं साँचिकै बोक्सी भन्दा केहि हात पछाडी छु। उसको मन्त्रले मेरो रिवाल्वर पनि काम नलाग्ने हुन सक्छ। ह्या के तेस्तो चाहिने नचाहिने सोचिराको?  आफैले आफुलाइ भने। "००३" अझै पनि चाइनातिरै हेरिरहेकी थी, केहि नबोली। मलाइ भने उ सङ कुरा गर्ने इक्ष्या लागेन। अब के गर्दी रैछ मैले केहि नभने पछि भनेर कुरि रहें। अचानक मेरो खुट्टामा रग रग साना साना किरा हिड्या जस्तो लाग्यो। नभन्दै कमिला नराम्ररी टोक्यो तिघ्रामा। मैले "ऐया" भन्न पनि सकिन बोक्सी ले सुन्ला भन्ने डरले। मैले अझै पछाडी फर्किन खोजे, खुट्टाहरु उचाल्दै अनि भुइमा बिस्तारी झड्काल्दै एउटा हातले तिघ्राको कमिला माड्दै अर्को हातले रिवाल्वर छाम्दै दुइ पाइला पछि सरें। दोस्रो पाइला राखेको ठाँउमा सिस्नो घारी रैछ क्यारे, झ्याम्म पोल्यो दाँया खुट्टामा। मैले त्यसबेला पोलाइले गर्दा जिउलाइ ब्यालेन्स गर्न सकिन र अझै पछि फर्किन्छु भन्दा ग्वाम्राङ लडें। सिस्नोघारी नजिकै फोहोरको पाँच फिट जति गहिरो ढल बगिरहेको रहेछ। चप्पल कहाँ फुस्क्यो कहाँ, मान्छे पुरै त्यो ढलको फोहोर् पानीमा। अध्याँरोमा मैले आफुलाइ त्यहाँबाट कसरी निस्किने भन्दै संघर्ष गर्न खोजें। जति चल्यो त्यति गहिरो भित्र तान्या जस्तो हुन थाल्यो। मैले चप्पल सप्पल माया मारें, र बिस्तारै भित्ता भित्ता समातेर बिस्तारै माथी आँये। मेरो सम्पुर्ण शरिर त्यो फोहोर पानीको कारण गनाइ रहेकोथ्यो। कतै पोखरी भये पनि चुर्लुम्म डुबेर सफा हुँ जस्तो भयो मलाइ। खाली खुट्टा म सिस्नोले फेरि नपोलोस् भन्दै सतर्क भएर बिस्तारी "अपरेसन ००३" उभिएको ठाँउतिर गएँ। त्यहाँ उ थिन, यता उता सबैतिर हेरें। उ गायब भै सकेकी थी। के उस्ले मलाइ ढलमा खसेको थाहा पाइन? जे भए पनि त्यस्तो बेलामा त सोध्न  आउनु पर्ने नि। के मदत गरुं भनेर? कस्ति स्वार्थी रैछे। म सङ होटेल फर्किनु बाहेक अरु उपाय थिएन। फोहोर शरिर नधोइकन म केहि गर्न नसक्ने भएको थें। सिस्नोले पोलेको खुट्टा पनि झम झमाइरहेको थ्यो। म जे सुकै होस भनेर होटेल फर्कें। लब्बीको केटा मलाइ देखेर छक्क पर्‍यो। केहि सोध्ने आँटै गरेन।


"बिदेशी त अघि भर्खर फर्की।" मेरो अप्ठ्यारो बुझेर उसले भन्यो।


"के रे? एक्लै थी कि अरु पनि कोहि थिए?" मैले केहि नदेखेको जस्तो गरेर सोधें।


"एक्लै थी, मैले कहाँ गएर आको भन्दा नसुने झैं गरेर सरासर माथी गइ।" मेरो टेन्सन हट्यो। म नुहाउने हतारमा थें र त्यो केटोसङ धेरै कुरा नगरिकन आफ्नो कोठामा लागे। त्यसरी आफै जाने आउने मन थ्यो भने मध्यरातमा किन जानु पर्ने त्यसलाइ? बिहान गए हुन्थ्यो। भोलीको साँझ पनि समय बांकि थ्यो नि। बेकारमा अर्कालाइ सिस्नोले पोलाएर, ढलमा खसालेर अझ चप्पल पनि पो हरायो त। भोली बिहानै एकजोर नकिनि भएन। आधा रातमा नुहाएर म सुत्ने चेस्टा गर्न थाले। बिहान भएपछि मात्र निद्रा लाग्यो। त्यो बिहान मलाइ उठ्न मन लागेन, सिस्नोले पोलेको खुट्टा अझै झम झमाइरहेकोथ्यो र राति ढलमा खसेर बजारिदा जिउ पनि दुखिरहेको थ्यो। फोनबाटै सासालाइ मैले "आज मलाइ अलि सन्चो छैन, म होटेलमा नैं आराम गर्छु। तिमीहरु तालिम गर्न जाउ" भने। मैले कोठामा बसेर खाना खाए। दिउसो एकचोटि "च" लाइ फोन गरेको उ ब्यस्त छ भनेर पछि गर्नु भन्यो। प्रतिबेदनमा हिजो रातिको कुरा पनि थपें। बजार गएर एकजोर चप्पल किनेर ल्याएँ। चप्पल किन्दा अर्को "एक्स्ट्रा" पनि किन्नु पर्ने हो कि जस्तो लाग्यो। के थाहा "००३" को पछि लाग्दा कहाँ निर कुन् चप्पल चुंडिन्छ कि हराँउछ्? जे होला होला भनेर एक जोर मात्र किने। त्यो दिउसो अति आराम भयो मलाइ। मैले रितुलाइ सकेसम्म नसोच्ने प्रयास गरे। तिन घन्टा मज्जाले सुतें।

३ बजेतिर त्यो इलाकाको पुलिस अफिसरहरु आएर चिया खान लगे। साधारण कुराहरु भए। म फेरि ६ बजे होटेल् नै फर्कें। च लाइ फेरि फोन गर्न खोजेको फेला परेन। त्यसपछि टि.बि. हेर्दै समय कटाउन थाले। बेलुकि ७ बजेतिर कसैले ढोकामा "ढक् ढक्" गर्‍यो। खोलेर हेर्दा, रितु र सासा उभिएका थे। मैले भित्र बोलाउन करै लाग्यो।


"तिमीलाइ के भयो भनेर हेर्न आको हामी त?" ००३ हिजो रातीको घटनाको बारेमा बिलकुल अनभिग्य बनी।

"खासै केहि भाको होइन।" मैले पनि नाटक गर्ने कोशिश गरें।

"चिसो लाग्यो होला मिन्जोलाइ।" सासाले सोफामा बस्दै भनी।

"त्यस्तै होला, सामान्य रुघा खोकि" मैले कुरालाइ छिटो सकाउने कोशिस गरें।

"टाउको दुख्या छ?" रितुले सोफामा बसेर खुट्टा हलाउदै सोधी।

"अलि अलि मात्र।" मैले उसलाइ भन्दा उसको खुट्टालाइ हेर्दैं भने।

"म सङ औसधी छ। खाने हो?" उ झन बेगले पिङमा बस्या जस्तो खुट्टा हल्लाउन थाली।

"पर्दैन। फेरि अर्को साइड इफेक्ट होला।" सासा हाँसी। "००३" मलाइ नहेरी टि. बि. हेर्न थाली। एकछिनमा सासाको को नातेदार भेट्न आको छ भनेर सासा तल झरी। कोठामा "अपरेसन ००३" र म मात्र भयौं।

"सुन्तला खानी? रुघा लागेको भए विटामिन "सी" प्रसस्त खानु पर्छ। मैले अघि सस्तोमा २ किलो किनेको छु। एक्दम गुलियो छ।" कति प्यारप्यार बोल्नु पर्ने यो केटीलाइ। आफै बिरामी बनाएर आफै निको पार्ने जस्ती।

"पर्दैन भन्या।" भन्दै म  टि. बि. बन्द गर्न "रिमोट" लिन छ पाइला जति  हिँडेर टेबुलमा भएको "रिमोट"  ल्याएं र टि. बि. बन्द गरें। उ एकछिन मौन रही र फेरि बोली।

"तिम्रो त्यो खुट्टामा के भयो? किन खोल्च्याङ् खोल्च्याङ गर्‍या?" कस्ति बाठी एकैछिनमा सबै हेरि सकिछ।

हिजो तिमीलाइ पछ्याँउदा सिस्नोले पोलेर खाल्डोमा खसेको भन्न मन लागेकोथ्यो। तर उ त केहि नभाको जस्तो गरि राकि थी। म जान्ने भएर किन भनुँ भनेर ? "बिहान त्यो टेबुलमा खुट्टा ठोक्यो" मात्र भने।

"त्यस्तो खुट्टा ठोकिने गरी काँ हेर्दै हिडेको? अलि राम्ररी हिंड्नु पर्छ नि।" उल्टो उपदेश दिन थाली।

"खोइ दिन नराम्रो भाको बेला जति राम्ररी हेरे पनि त्यस्तै हुँदो रहेछ।" मैले मन मनमा "००३ बोक्सी" अलक्षिनले गर्दा भने।

"हो भन्या। मलाइ पनि आजकाल अचम्म अचम्म कुराहरु भइ राको छ।" उसले सहमतिमा उसकै कथा शुरु गरी।

"मतलब ?" मलाइ पनि आश्चर्य लाग्यो मलाइ दुख दिनेको पनि अचम्मको कुरा रहेछ।

"अस्ति हामी आको पहिलो दिन थ्यो नि। मेरो सुट्केस कसैले खोलेर सामानहरु भद्रगोल गरी राखेको जस्तो थ्यो। मलाइ थाहा छ मैले त्यो सुट्केस कफी खान जानु अघि खोलेकै थीन। कस्तो अचम्म हेर न? मलाइ त कोहि मेरो जासुसी गरि रहेको जस्तो लाग्यो। है?" मेरो आँखामा हेर्दै भनी।

मेरो रहे पहेको सातो जान लाग्यो। मैले उसलाइ हेर्नै सकिन। झ्याल पारीको द्रिश्य हेर्दै के उत्तर दिने भनेर सोच्न थाले।

"मिन्जो, तिमिलाइ के लाग्छ भन त ? कसले मेरो सुटकेस खोल्यो होला?" अर्को प्रश्न तुरुन्तै गरी उसले।

"होटेल कै कोहि कामदारहरुले बिदेशीसङ पैसा छ भनेर हो कि? तिमीले मलाइ किन पहिले नै नभनेकि? यस्तो कुरा भन्नु पर्दैन?" अन्तिम बाक्य भन्दा मेरो स्वर राम्ररी निस्केन।

"अनि सुन न। अर्को कुरा पनि छ।" मलाइ यसपाली उत्सुक बनाइ उसले।

"के भयो? तिम्रो पछि पछि कोहि आयो कि क्या हो?" अलिकति ब्यङ गरें।

"होइन भन्या। आज बिहान उठ्दा मेरो कोठाको चुकुल खुल्लै थ्यो अनि मेरो खुट्टा पनि बाहिर गयेर आको जस्तो फोहोर थ्यो।" उसले आफ्ना आँखाहरु अरु ठुलो बनाइ।

"तिमी राति कतै गयौ कि?" मैले अन्जान बनेर सोधें।

"कहिं गको भए मलाइ थाहा हुन्न र?" एक्छिन सोची अनि भनी। "लौ बर्बाद भयो।"

"किन र ? कसरी बर्बाद भयो?" झन् अर्को रहस्य थपियो।

"शायद म निद्रामा हिड्न थाँले। धेरै बर्स अघि २ चोटि यस्तो भएको थ्यो।" उ आफै छक्क परी।

"निद्रामा हिड्ने रे?" म पनि अचम्म भए।

"हेर न। पहिला मलाइ दुइ चोटि येस्तै भएको थ्यो। पछि चाहि हुदैन होला भन्या थे। अब के गर्ने?" उसको समस्या देखियो।

"आज राति पनि याद गर। यदि फेरि त्यस्तै भयो भने भोली देखि तिमीलाइ ताल्चा लाइदिने कोठाबाहिरबाट।" मैले समाधान बताए।

" जे भए पनि तिमी छौ मेरो रेखदेख गर्ने। त्यसैले म ढुक्क छु।" भन्दै उठी र आफ्नै कोठामा गइ।

मलाइ प्रश्नले सताउन थाल्यो। के हिजो राति उ साँचिकै निद्रामा थी? यदि थी भने किन मेरो नाम लिएर कुरा गरी?  कि यो उसको अर्को नाटक हो? सताउन सताउने भइ मलाइ "राजकुमारी ००३" ले। अबस्य पनि उ मेरि पुर्बजन्मकी साहुनी हुनु पर्छ। जसको मैले धेरै रिण खाएको छु र अझै तिर्न सकेको छैन। उफ्फ्, कति दुख खेप्नु पर्ने हो अझै?

क्रमश:

 

 


 

Last edited: 11-Jul-08 08:22 PM
Last edited: 11-Jul-08 08:40 PM

 
Posted on 07-11-08 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथीहरु भुत को प्रसङ राम्रो आयो यो धागोमा।

फुच्चेसङ चाँहि म र्याप गाउने हो, अल्बम निकाल्ने। मोडेल चाहि मै हुनु पर्छ मैले भन्द्या छु। स्वर पनि नराम्रो त होइन तर सुन्नेहरुको कानमा समस्या आँउछ कि?

चिप्लुसङ पप गीत गाउनु पर्ला।

बिरु,

लौ न त्यस्तो कथा पनि लेख न। तर लाश चाहि युबति होइन युबकको हुनु पर्छ क्या। हे हे हे

चेलि र सानान्नी,

भुत सुत छैन है, नतर्सिए हुन्छ । तर डर चाहि लाग्छ कहिले कहि है?


 
Posted on 07-11-08 8:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्ती स्वार्थी रहिछे '००३' त .............................(नाम भन्यो भने कुटाइ भेटिएला फेरी) जस्तै, अर्का लाई पिर पर्दा पनि देखे नदेखे झै गरेर हिंड्ने
हैन त्यो खुट्टा हल्लाउने पनि रोग नै हो कि त्यसको केही अर्थ छ हँ?
नाटक पनि कती आउने हो? It seems '003' is pure girl 


 
Posted on 07-11-08 11:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ek pachi arko rahasaya thapche yar - aba hudahuda rajkurami 003 lai ratirati hinya ni thaha chaina re - bhane pachi tyo bhootni nai ho li jasti che - gud goin girl. :)
 
Posted on 07-12-08 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
साच्चीकै भुत आउन लाहो कि  ००३ ले पो कसैको जासुसी गरिरा हो।   बिचरा मिन्जो ।

जिम्माल बा  अर्को नि कथा हाल्नुस न भुत को के  तर  क्रेजी सिस ले भने जस्तै लाश चै  युबक को नै हुनुपर्छ है  


 
Posted on 07-12-08 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी त्यस पछी के भयो? के "००३" लाई निन्द्रामा हिंड्ने रोग लागेकै हो त?
 
Posted on 07-12-08 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

(अग्रिम सुचना - मेरो जस्तो मुटु कमजोर हुने हरु र  भुत सङ डराउने साथीहरु यो भाग नपढ्नु होला।)

कोहि कोहि मानिसहरु निद्रामा हिंड्छन् भन्ने सुनेको हो तर मैले कहिले पनि प्रतक्ष्य आफ्नै आँखाले देखेको छैन। हिजो बेलुकीको मिस "००३" बाहेक। अनि निद्रामा हिंड्नेहरु बर्बराँउछन् भन्ने कुरा पनि मलाइ थाहा छैन। म जस्तो सोझो मान्छेलाइ जे भनिदिए पनि भयो नि। "अपरेसन ००३" त झन कतै न ठोकीइ, न लडी सुरक्षित रुपमा होटेल फर्केकी थी। म न निद्रामा हिंडेको मान्छे चाहिँ दश ठाँउमा हन्डर खाँदै लडेको थें। उसको कुरा नपत्याउनलाइ म सङ केहि आधार पनि थिएन। बरु हिजो त्यहि बेला उ सङ कुरा गर्नु पर्ने रैछ जस्तो लाग्यो अहिले। आज राति चाहि मैले रिसेप्सनमा ताल्चा लाइराख्नु र उ जबर्जस्ति बाहिर जान खोजि भनी मलाइ बोलाउनु भने। "च" सङ अझै मेरो फोन सम्पर्क हुन सकेन।

अर्को रात "अपरेसन ००३" बाहिर निस्किन। कुनि किन हो उसैलाइ थाहा होला। अर्को दिन पनि तालिम सफलता पुर्बक सकाइ। साँझमा फेरि बजार घुम्न गइ सासासङ। कुन्नि के के किनि रे? उसको रङूनको साथीहरुलाइ भनेर। म चाँही उनिहरुसङ गइन। "च" सङ फोन सम्पर्क गर्ने कोशिशमा समय त्यतिकै बित्यो। रितुले कहाँ कहाँ फोन गरी भनेर होटेलबाट पत्ता लगाएं। उसले एक कल बैंककमा गरेकी थी र अर्को चाहि उसको देशमा। भोलि पल्ट हाम्रो यात्रा १० घन्टाको थियो। अस्ति जुन बाटो आइयो त्यही बाटो फर्किनु पर्ने। त्यहि भएर हामी बिचमा एक रात बस्नु पर्ने भयो। "म्यो म्यो" भन्ने सहरमा बस्ने निर्णय गरियो। यो शहरमा दोस्रो बिस्व युद्ध ताका आएका गोर्खालीको सन्तानहरु ब्यापार र अन्य पेशा अपनाएर बसेका छन्। ब्रिटिश राजको बेलामा यो प्रख्यात "हिल स्टेसन" को रुपमा बिकाश भएको थ्यो। अझै पनि धेरै पर्यटकहरु यो ठाँउमा घुम्न आँउछन्। दोस्रो बिस्व युद्धको बेलामा धेरै सिपाहीहरु मरेको र उनिहरुको भड्किएको आत्मा देखिने कुराहरु पनि स्थानिय मानिसहरु बताँउछन्। बाटोभरी ड्राइबरले त्यस्तै अशान्त आत्माहरु देखिएको कथा सुनाउन थाल्यो। सासा रितुलाइ कथा उल्था गर्न थाली। "००३" को मुहारमा थरि थरि रङहरु देखिन थाले। घरि उ नपत्याएको जस्तो गर्थी, घरि अर्को पनि सुनाउन भन्दै अनुरोध गर्थी। कहिले जिब्रो निकाल्थी, कहिले निधार खुम्चाउथी।

"प्राय चाँही घाइते आत्माहरु राति देखिन्छ रे। उनिहरु हामीलाइ केहि गर्दैनन् रे। तर नजिकै बाट जान्छन्। उनिहरुको अनुहारबाट रगत बगेको धेरैले देखेका छन् रे। शायद घाउमा ब्यान्डेज गर्ने मान्छे खोजेका होलान्।" सासा भन्दै थी।

"म सङ छ ब्यान्डेज। म राति त्यो भुतको घाउ राम्ररी ड्रेस्सिङ गरि दिउँला।" रितु जिस्किन थाली।

"आज राति भएभरको भुत रितुका आउने भयो तेसो भये। मेरो कोठामा आयो भने पनि तिम्रै कोठामा पठाइदिन्छु है?" मैले उसलाइ अरु जिस्काएँ।

"भइ हाल्छ नि। बरु मलाइ एकजनाले "मद्दत" गर्नु पर्छ। उनिहरुलाइ लाइन राख्नु पर्‍यो, औसधी खोलिदिनु पर्‍यो, टेप लाइ दिनु पर्‍यो।" उसले सासालाइ हेर्दै भनी।

"म त सक्दिन तिमीलाइ राति पनि सघाउन।" सासाले गम्भिर भएर भनी।

म्यो म्यो भन्ने सहर आइपुग्दा राति ७ बजेको थ्यो। होटेल खोज्दा अलि अलि अध्याँरो भैसकेको थ्यो। ड्राइबरले अर्को कथा निकाल्यो। सासाले फेरि "००३" लाइ सुनाइ।

"कुनै भुतको अनुहारमा त आँखा, नाक, मुख केहि पनि हुंदैन रे। रोटी जस्तै समतल सतह हुन्छ रे बुझ्यौ?"

"प्लिज सासा ! अब भुतको कुरा नगर। राति हुन लाग्यो। मलाइ डर पनि लाग्न थाल्यो।" उसको अनुहारमा भय देखिन्थ्यो।

होटेल भएको ठाँउ अलि जङल जस्तो थ्यो। रुखहरु बाक्ला बाक्ला। मुख्य रिसेप्सन भएको घर बेग्लै र हामी सुत्ने कोठाहरु चौरको दक्षिण कुनातिर एकान्तमा थ्यो। "००३" को मुखमा डर प्रस्टै देखिन्थ्यो। उ त्यो अग्ला रुखहरुलाइ हेर्दै मलाइ हेर्दै थी। बतास चल्दा "सूँ............" जस्तो आवाज निस्किन्थ्यो। फिलिममा देखाउने साँचिक्कै भुत महल जस्तो। बत्ती गयेको थ्यो। त्यसैले मैनबत्ती बालेको थ्यो हरेक ठाँउमा। राति ९ बजे मात्र बत्ति आउने भनेपछि हामी "ताजा" भएर फेरि त्यहाँको बजार र मन्दिर घुम्न गयौं। खाना खाएर सबै आफ्नो आफ्नो कोठामा सुत्न गयौं।

राति बत्ति त आयो तर मलाइ पनि कस्तो कस्तो लागि रह्यो। निदाउनै सकिन। HBO मा म्याडोना को फिलिम आइरहेको थ्यो। मेरो कोठासङै टांसिएको "अपरेसन ००३" को कोठा थ्यो। उसको कोठाबाट पनि केहि आवाज हरु अैरहेको थ्यो। शायद उ पनि सुत्न सकेकि थिन। घरि टि. बि. को स्वर ठुलो गर्थी घरि बाथरुममा गएर "फ्लश" गरेको आवाज सुनिन्थ्यो। रात चकमन्न थियो र बाहिर कोहि  आउन
लागेको जस्तै लाग्थ्यो। मलाइ पनि दिँउसो ड्राइबरले भनेको कुराहरु झल्झल्ती आँखामा आउन लाग्यो। मन चिसो भयो। छाती झन भारी हुन थाल्यो। सकेसम्म आँखा चिम्ले तैपनि निद्रा लागेन। मेरो मन न फिलिममा गएको थ्यो न त प्रतिबेदन लेख्ने काममा। बाहिर कुकुरहरु रुन थाले, मानौं साँचिक्कै हामीले प्रतिक्षा गरेको भुत आँउदैछ। अनुहारबाट तरर रातो रगत बगाँउदै कोहि आँउदैछ। यो कल्पनाले म जुरुक्क उठेर खाटमा बसें। कस्तो नराम्रो कुरा मात्र सोचेको? आफैलाइ भने र सकेसम्म दिमागलाइ अरुतिर मोड्ने प्रयास गर्न थाँले।

"ट्रिङ, ट्रिङ"। एकासी बजेको फोनको घन्टीले मलाइ झस्कायो। सास फुल्न थाल्यो। बिस्तारै उठाएर "हलो" भने।

"मलाइ डर लाग्यो। बाहिर कुकुरहरु रुन थाले, जरुर कोहि  आँउदैछ जस्तो लाग्न थाल्यो। प्लिज मिन्जो, यहाँ आउन।" ००३ रुन्चे स्वरमा बोली।

"अघि दिउँसो त घाउ ड्रेसिङ गर्दिन्छु भन्दैथ्यौ त। किन डराउनु पर्‍यो? तिमीलाइ उनिहरुले "धन्यबाद" दिएर जान्छन्। केहि गर्दैनन्। बरु ब्यान्डेज र ड्रेस्सिङ् सेट चाँहि तयार गरेर राख।" आफुलाइ डर लागेको कुरा लुकाउदैं उसलाइ जिस्काउन थाले।

"अहिले नजिस्काउ न प्लिज। तिम्रो काम भनेको मेरो सुरक्षा पनि हो नि। अब मलाइ भुतबाट पनि बचाउ। मेरो "First Aid Kit"पनि तिमी नैं राख। तर एक चोटि मेरो कोठामा आउ न। मेरो मुटु हल्लिन थाल्यो। सासालाइ बोलाएको उ आँउदिन भनेर फोन राखि दी।" उसको बिन्तीलाइ कसरी नकार्ने। त्यो पनि रातको समयमा मलाइ उसकै कोठामा बोलाँउदैछे। म अलिकति अर्कै आशामा उठे र गएं। उसको कोठामा अर्को एउटा खाट थियो। म जानासाथ मेरो हातमा उसले चिटिक्क परेको First Aid Kit" राखी दी। अनि एकछिन ओहोरदोहोर गर्दै भनी।

"तिमी उ त्यो खाटमा सुत। तर गहिरो निद्रामा नसुत नि। फेरि तिमीले भुत आएको नदेख्लाउ।" उ सरासर आफ्नो खाटमा गएर पल्टी। मैले केहि भन्नै सकिन। एउटी जवान केटी मेरो सामु निर्धक्क सुत्छे, म चांहि कसरी उसलाइ हेरेर निदाउन सक्नु? सुसुप्त अबस्थामा लुकेका रहरहरु फेरि जाग्न थाले। म उसको अनुहार हेर्न चाहन्थे। तर उसले अनुहार अर्कै पट्टी पारेकि थी र उसको ढाड मात्र म तिर थ्यो। हे भगवान! कस्तो धर्मसंकट हो यो? त्यस्तै सोच्दै म पनि पल्टिन थाँले। निद्रा अब झन् के आँउथ्यो। रितु मेरो नजिकै थी, म उसको कोठामा एक्लै। अलिकति आँखा बन्द मात्र गर्न थालेको थें। उ फेरि जुरुक्क उठेर ढोका खोली र मलाइ भनी।

"कस्तो बुद्धी मेरो पनि! तिमी त केटा पो हौ त? तिमी यो ढोका बाहिर बस।" उसले ढोकातिर देखाइ।

"तिमीले मलाइ अहिलेसम्म केटी भन्ठानेको त?" झर्को मान्दै म ढोकाबाहिर निस्के।

"ल कहिं नजाउ नि। यहिँ बस। म बेला बेलामा "मिन्जो" भनेर बोलाँउछु। तिमी "हजुर" भन्नु मलाइ।" उसको आदेश मान्ने बाहेक मेरो केहि उपाए थिएन। मनमनमा चाहि उ चाहि त्यो खाटमा मस्त सुत्ने म चाहि यो चिसो रातमा उसको ढोके किन हुने भन्ने भइराको थ्यो। उसले ढोका लाउना साथ आफ्नै कोठामा गएर सुत्छु भन्ने बिचार थ्यो मेरो।

उसले मलाइ बाहिर राखेर भित्र चुकुल लाइ। म निरिह जस्तो बाहिर अध्यांरोमा रुख पछाडी हेर्न नसकेर बसें। पाँच मिनेट पछि लुसुक्क कोठामा जान खोजेको त "मिन्जो" भनेर बोलाइ, "हजुर" भन्नै पर्‍यो। होस पागल जस्ती छे, एकछिन मा सुते पछि जानु पर्ला भनेर सकेसम्म आँखालाइ त्यही भुँइमा गाडेर बसें। पर हेर्नै डर लाग्थ्यो। जिउभरी काँडा उम्रिरहेको थ्यो। पात खसे पनि झसङ भइन्थ्यो। फेरि २ चोटि "मिन्जो" भनेर बोलाइ, त्यसपछि चाहि केहि बेर सम्म बोलिन। उ सुती भनेर ढुक्क भए पछि म आफ्नो कोठामा गएँ। यसरी "अपरेसन ००३" ले मलाइ "पाले" पनि बनाइ।

जाबो भुत सङ डराउने "अपरेसन ००३" ले के नै गर्न सक्ली जस्तो लाग्यो। फेरि अस्ति आधारातमा कसरी बाहिर गइ त भन्ने शंका लाग्यो। के उसले भने जस्तै उ त्यो दिन निद्रामा हिंडेकी हो त? होइन भने यस्तो डराउने मान्छे कसरी त्यो अन्जान सहरमा एक्लै हिंड्न सकी। एउटा कुरा थाहा भयो, "००३" म सङ नडराए पनि "भुत" सङ डराँउदी रहेछ।

क्रमश:

 

 

 

Last edited: 12-Jul-08 03:30 PM
Last edited: 12-Jul-08 03:35 PM

 
Posted on 07-12-08 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Stat, Prezz, miss sis and NKC,

Here's another part of the story.

Enjoy!


 
Posted on 07-12-08 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 :)

 सूचना आउन ढिला भयो के क्रेजी सिस मैले त पढिसके तर  अरु धैरै पढ्ने रहर थियो कहिले डराउदै कहिले रोमान्चित हुदै --   कस्तो अन्याय गरेको :( हजुरलाई अब त्यहि रितुले  ठिकपार्छे  अनि म चै खुच्चिङ  भन्ने छु   


 
Posted on 07-12-08 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

च ले किन अपरेसन ००३ सोँचे भन्दा खतरनाक छे भन्यो? के ००३ साँच्चिकै खतरनाक छे? अपरेसन ००३ किन राती एक्कासी बाहिर निस्की? के उस्लाई निन्द्रामा हिँड्ने रोग लागेकै हो त? ००३ ले मिन्जोलाई हेर्दापनि नहेरि कसरी मिन्जो हेर त त्यहाँपनि दमन छ भनी? के उस्ले साँच्चिकै मिन्जोलाई देखेकी थिइन? कि उस्लाई कसैले मिन्जो उस्को पछि लागेको छ भनेर खबर दिइसकेको थियो। कमिलाले मिन्जोको तिग्रामा टोक्दापनि किन उस्ले साह्रो "ऐया!" भन्न सकेन? के मिन्जोलाई साँच्चिकै डर लागेकोथ्यो? म्यानमार सरकारको सैनिक भएरपनि किन उस्ले चप्पल लगाएको थियो? के उस्लाई जुत्ता नलगाउने अर्डर थियो? भोलीपल्ट उस्ले निकै प्रयास गर्दापनि किन च संग कुरा गर्न पाएन? के त्यस्मा कुनै रहस्य छ? ००३ र सासा किन उस्को कोठामा आए? किन सासाले उनिहरुलाई एक्लै छोडेर गइ? ००३ ले किन सुटकेश कसैले चलाएको कुरा त्यत्तिबेला मात्रै भनी? किन पहिले भनिन? उस्ले मलाई निन्द्रामा हिड्ने बानी छ भनेर किन मिन्जोलाई भनी? के उस्ले निन्द्रामा हिँड्ने बानी छ भनेर कुनै बिशेष काम गर्न लागेकी त छैन? यी सम्पुर्ण कुराहरुको जानकारी पाउन अवस्य पढ्नुहोला 'अपरेशन ००३' --------ढ्यान्टर्यान!

बाफ रे! कथा पढ्दै जाँदा त जे कुरामापनि 'यस्मा कुनै रहस्य छ कि?' जस्तो लाग्ने रहेछ।

क्रेजी लभ जी! निकै राम्रो गइरहेको छ कथा! अरु भागहरुपनि छिटो छिटो पढ्न पाइयोस!


 
Posted on 07-12-08 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस सिस,

अन्याय ? लौ कसरी?

कति छिटो पढि सक्या।


कुम्ले ब्रो,

मिन्जोले निद्रामा ब्युँझेर चप्पल हतारमा लाएको थ्यो।

म्यानमारमा केटाहरु गर्मीको कारण लुङी र चपाल लगाँउछन् अक्सर। अनि पान चपाँउछन्।

Thanks for the prompt responses.


 
Posted on 07-12-08 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अग्रिम सुचना - मेरो जस्तो मुटु कमजोर हुने हरु र  भुत सङ डराउने साथीहरु यो भाग नपढ्नु होला।

 

ढ्छु जा,   नपढ्नु पो भन्दो रइछे  

=============================================================================================

padhey.  

म बेला बेलामा "मिन्जो" भनेर बोलाँउछु। तिमी "हजुर" भन्नु मलाइ।  --- sweeeet  :D

crazZ kati ramro lekheyko timiley wahhh wahhh ! sarai interesting hudai jadai cha din ko euta eposide lekhana, pilij  :)

Last edited: 12-Jul-08 08:28 PM

 
Posted on 07-12-08 8:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म चाँही उ गर्नु पर्‍यो ! सिरखमा टाउको लुका'र पढ्नु पर्‍यो ! डी: पी:

 
Posted on 07-12-08 8:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा त लभ स्टोरी पो होला जस्तो लाग्यो मलाई अब! यो लास्ट भाग कतिबेला पोस्ट भएको रहेछ, मैले त हेर्दै हेरेको रहेनछु। मलाई चाँहि अब कथाले रोमान्टिक मोड लिन्छ जस्तो लाग्यो है। म गलत नि हुन सक्छु! क्रेजी जी! राम्रो छ।

रिट्ठे लोल! सिरखमा टाउको लुका'र पढ्ने रे! हा हा हा!!


 
Posted on 07-12-08 8:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>ट्रिङ, ट्रिङ"। एकासी बजेको फोनको घन्टीले मलाइ झस्कायो। सास फुल्न थाल्यो। बिस्तारै उठाएर "हलो" भने।

"मलाइ डर लाग्यो। बाहिर कुकुरहरु रुन थाले, जरुर कोहि  आँउदैछ जस्तो लाग्न थाल्यो। प्लिज मिन्जो, यहाँ आउन।" ००३ रुन्चे स्वरमा बोली।<<<

पुरानो हिन्दी हरर फिल्म 'बिराना' र 'पुरानी हवेली' हेरेको जस्तो लाग्यो ! वाउ डर लाग्यो !

हा हा कुम्ले को गेस पनि नमिल्ला त भन्न सकिन्न है !


 
Posted on 07-12-08 9:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'कमजोर' मुटु हुने ले पो नपढ भनेको 'कोमल' मुटु हुने ले त पढ्न मिल्छ होला नि हैन ?

बिचरा मिन्जो लाई लास्टमा पाले मा पो पुराइछ '००३' ले । कि मिन्जो आँफै डराएर निस्केको त हैन होला 


 
Posted on 07-13-08 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"प्राय चाँही घाइते आत्माहरु राति देखिन्छ रे। उनिहरु हामीलाइ केहि गर्दैनन् रे। तर नजिकै बाट जान्छन्। उनिहरुको अनुहारबाट रगत बगेको धेरैले देखेका छन् रे"

लौन के हो त्यस्तो घाइते आत्मा भनेको? तिनिहरु पनि मरिसकेको मान्छेहरु हो? 

क्रेज कथा रमाइलो भईराछ। म राती चै पढ्दिन बुझ्यौ। झन झन डरलाग्दो हुँदैछ कथा त

 


 
Posted on 07-13-08 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ma euta maun "reader". Sab episode padhe. Awesome!! Why don't u create a novel. I think it's of good size. Anyways, keep posting!! I will keep reading it!! &, will of course enjoy it!!

Death.


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
Mamta kafle bhatt is still missing
Tourist Visa - Seeking Suggestions and Guidance
To Sajha admin
From Trump “I will revoke TPS, and deport them back to their country.”
Are Nepalese cheapstakes?
I hope all the fake Nepali refugee get deported
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
wanna be ruled by stupid or an Idiot ?
MAGA denaturalization proposal!!
Nepali Psycho
advanced parole
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
How to Retrieve a Copy of Domestic Violence Complaint???
Travel Document for TPS (approved)
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters