मन्दिरमा उस्को बाँच्ने आफ्नो अस्तित्व पनि
दीप त उही म हिजो झै आज पनि
अभिबादन सधैं झैं उस्लाई आज पनि
पहिले बलेर गरिन्थ्यो अचेल जलेरै भए पनि
*************************************
घोर कल्जुग लाग्यो भन्थिन बजै हो रे छ। बाङ्गेले सुनायो। मैले केही नभनी खाली तेस्को अँखामा हेरिरहें --- चुरोट्को उड्दो धुवाँ पछाडी पनि उस्का आँखा चम्केकै थिए। बाङ्गेले केइ न केइ त गरेकै हुनु पर्छ बजैको महाबाणी उध्रित गर्न भन्नेमा मलाई शंका थिएन। उस्ले केइ न केइ तनाब हुने काम त सधै जसो गर्थ्यो तर आज अब गर्यो के?
पन्चे धारा नेर उस्ले भ्याकुमले झै तानेर दुइ इन्चि स्वात्तै घटार देको याक् तानेर मैले फेरी हेरे बाङ्गेलाइ। खिस्स हाँस्यो बज्या।
"के गरेर मरिस् आज फेरी?" सोधेँ। सोध्नै पर्यो नी – कति चोटी उ लुतो बोकेर आउथ्यो अनि मलाइ नी चिलाउथ्यो – मैले खाइ न पाइ छाला टोपी तेस्को सङ्गतमा धेरै चोटी लाइ सक्या हुँदा म पनि डाँकाले बजै उध्रित गर्दा हुँदी ससन्कित् हुनु स्वभाबिकै थ्यो।
“भा कुरो त गर्नै नहुनी --- भन्नै नहुनी -- यस्तो पनि जमाना हो?" बाङ्गे त उल्टो प्रश्न पो गर्छ।
मैले फेरी उस्लाइ पुलुक्क हेरेँ --- लछिन् बिग्रे जस्तो लाग्यो आफ्नो –
साँझ साँझ पर्या बेला थ्यो -- अलि पर तिर बाटो बाट दुइ चार जना हल्ला गर्दै आ जस्तो लाग्यो—--बाङ्गेले मलाइ नि तान्दै गणेशथान् पछाडी तिरको बारीमा हाम्फाल्यो “माधेले धुइ धुइ खोजि रा छ रे के हाम्लाइ” बाङ्गेले सुनायो मरिसक्या स्वरमा।
“हाम्लाइ रे?” म अल्मलियेँ।
नभन्दै माधे हो रे छ - अरु दुइ तिन् जना सङै --- यता र उति हेर्दै रिसले आगो भा रे छ --- बाङ्गे र दीपलाइ धुलो पार्दिन्छु आज भन्दै उर्लिदै थ्यो। माधे त साथि नै हो --- बाङ्गेले के गर्देछ कुन्नि – फेरी मलाइ पनि किन खोज्या हो? मैले त केइ गर्या छैन – अघि ब्यान सम्म त सङ्गै चुरोट् तान्या हो सरसोति थान् पछाडी – सोच्तै थें ---
माधे र उस्का भारदार् मन्दिर् भित्र वरि परि सबै हेर्दै बिशालनगर् तिर लागे।
के गरिस् तैले माधेलाइ? मैले सोधे।
केइ न केइ --- उस्ले भन्यो।
केइ नगरी किन तेरो पुजा गर्न हुलै लेर हिन्या त त्यो?
के था पाउनु? --- तेरो नी नाम् लिदैथ्यो त पिस्न लाइ –तैले चाइ के गरिस् नि? उल्टो सोध्छ मलाइ बाङ्गे त --- अब भो कि?
के गर्नि मैले? ब्यान् सरसोतिथान् माँ चुरोट तान्दा सम्म ठिकै ---थ्यो – तैले नै केइ न केइ गर्या हुनु पर्छ --- मलाइ झनक्क रिस उठ्यो बाङ्गे सङ्ग – फेरि के मा मुछ्यो बज्या ले भनेर ---
एक् छिनको घार् घुर् पछि बाङ्गेले ओकल्यो ‘अघि इस्कुलबाट आउदै रैछे ---अनि मैले आइ लभ् इयु भन्देँ क्या --- “
कस्लाई भनिस रे आइ लभ् इयु? म अरु तातेँ।
"तेई अलछिना माध्या बैनीलाइ ---कस्लाई नी अब?"
बाङ्गेले सजिलै भन्यो।
“के रे? --- के खान लाइ आइ लभ् इयु भन्या त?” मलाइ अरु रिस् उथ्यो ---
“उस्ले दिये त धेरै छ नी खानी चीज् …तेस्कै आश मा त ---“
“बाङ्गे! तँलाइ हिँ गाडनु पर्यो? --- “ बाङ्ग्या आशको कुरा नसिकिदै म गर्जियेँ।
“अनि तैले पो आइ लव् इउ भनेर मर्या रे छस् तेस्को बैनिलाइ ---फेरी मलाइ किन खोजि रा त माधे ले? “ सोधेँ। कुरा सकिए जस्तो लागेन मलाई।
“मैले लभ् लेटर नी दियेँ क्या --- झोला म हाल्देँ तेस्को” बाङ्गेले मेरो प्रस्नमा बोल्यो।
मैले रिस्ले खालि घुरि मात्रै रहेँ एक् छिन् --- उस्ले लव् लेटर् दिये नि मलाइ किन खोज्या हो भन्ने कुराको ठेगान् लाग्या थे न --- मैले घुर्दै गर्दा बाङ्गे ले थप्यो – लेटरमा तेरो नाम् लेख्देँ जे सुकै होस् – मैले त मुखैले भनि हालेँ त छुटिस् भनेर लेटर् देको के तेरो भनेर--- तैले नि पाए त ब्या गर्छु भनेकै हो – हैन भने हैन भन?”
म रन्थनिएँ --- बाङ्गे फलाक्दै थ्यो --
"माया गर्छु भन्दा त यसो गर्छन् --- झुर रे छे भन्यो भने झन के गर्नी होला? घोर् कलजुग नलाग्या भे यो के त? बाङ्गे अझै सोध्दै थ्यो – कस्लाइ हो कुन्नि डाँका---
के गरम् अब यो बाङ्गेलाइ टाउको साउको फोर्दीम की भनेर ढुङ्गो खोज्दै थेँ सतर्क हुदै उस्ले बोल्यो “ये के खोज्या हँ तैले? ---झन् उस्ले गर्न नसक्या काम् ज्यान् जोखिम मा हालेर मैले गर्देँ – अझ रिसाउदो रे छ ---“ घोर् कलिजुग्! कान्ला माथि बाट थप्यो।
*********************
हिँजो माधब अर्थात उही माध्या बैनी सङ्ग भेट भो -- यो परदेसको एउटा जमघटमा। पैले देख्दै सराप्ने उ अहिले त "दीपदाई चिन्नु भो?" भन्दै मीठो मुस्कान बोकेर आई बेग्लै कुरा हो भिउँट घोप्ट्याको जस्तो देखिने एउटा लोग्ने र खुडकिला जस्ता तिन टा छोराछोरी सङ्गै भए पनि।
खै कलिजुग लागेकै हो कि त? खै के के ---