[Show all top banners]

nepal_rocker
Replies to this thread:

More by nepal_rocker
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

sathi_mero

sathi_meroo
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 १६ दलले वर्षभरी बन्द हड्ताल नगर्ने !
[VIEWED 4355 TIMES]
SAVE! for ease of future access.
Posted on 02-26-10 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

काठमाडौं, फागुन १४ (नागरिक)- यदि आफ्नो प्रतिवद्धतामा कायम रहने हो भने
आगामी वर्षभरी नेपालमा कुनै बन्द, हड्ताल र चक्काजाम हुने छैन्। दस लाख
पर्यटक ल्याउने उद्देश्य लिएर घोषणा गरिएको 'नेपाल पर्यटन वर्ष २०११' सफल
पार्न बिहीबारसम्ममा १६ दलले यसको लिखित प्रतिबद्धता जनाएका छन्।



नेपाली काँग्रेस, एनेकपा माओवादी, नेकपा एमाले, मधेशी जनअधिकार फोरम,
राष्ट्रिय जनशक्ति, नेपाल सद्भावना, तराई मधेश लोकतान्त्रिक, मधेशी
जनअधिकार फोरम (लोकतान्त्रिक), राष्ट्रिय प्रजातान्त्रिक, माले, नेपा
राष्ट्रिय पार्टी, चुरे भावर, सद्भावना (आनन्दीदेवी), नेपाल समाजवादी
प्रजातान्त्रिक, नेकपा संयुक्त र परिवार दलले पर्यटन वर्ष अवधिभर बन्द,
हडताल र चक्काजाम नगर्ने लिखित प्रतिबद्धता जनाएका हुन्।


प्रधानमन्त्री माधवकुमार नेपालले आज टुँडिखेलमा शान्तिदीप बालेर पर्यटन
वर्ष उदघाटन गर्ने कार्यक्रम छ। दीप लुम्बिनीबाट ल्याइएको हो। टुँडिखेलको
उदघाटन कार्यक्रममा जम्मा हुन सभागृहबाट राजनीतिक दल र भातृ संगठन,
लैनचौरबाट पर्यटन व्यवसायी, प्रज्ञा प्रतिष्ठानबाट उद्योगी, व्यवसायी,
पेसागत क्षेत्र, दशरथ रंगशालाबाट खेलाडी, सञ्चारकर्मी र वसन्तपुरबाट जातीय
प्रतिनिधिलगायतले र्‍याली गर्दै आउनेछन्।


पर्यटन वर्ष उदघाटनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपाल
पर्यटन बोर्डका प्रमुख कार्यका अधिकृत प्रचण्डमान श्रेष्ठले पर्यटन वर्ष
अवधिभर राजनीतिक दलहरूले बन्द, हडताल र चक्काजाम नगर्ने लिखित प्रतिबद्धता
जनाउनु महत्वपूर्ण कदम भएको धारणा राखे।


'यो लिखित प्रतिबद्धता राजनीतिक दलको आर्थिक क्रान्तिप्रतिको धारणा
जान्ने पक्षा हो,' उनले भने, 'उनीहरूको प्रतिबद्धताबाट हामी उत्साहित छौं।'
राजस्व वृद्धि, रोजगार, व्यापार सन्तुलन, भुक्तानी सन्तुलन, प्राकृतिक,
सांस्कृतिक, धार्मिक सम्पदास्थल संरक्षणका लागि पर्यटन वर्ष घोषणा गरिएको
उनले बताए।



'पर्यटन क्षेत्रलाई नेपालको आर्थिक विकास र नेपालीको सम्पन्नताको
प्रमुख आधार बनाउने उद्देश्यले आयोजित नेपाल पर्यटन वर्ष २०११ अभियान सफल
पार्न पर्यटक तथा पर्यटन सेवा प्रवाहमा प्रतिकूल असर पर्ने बन्द,
हडताललगायतका कार्यहरू हुन नदिनेतर्फ पूर्ण प्रतिबद्धता व्यक्त गर्दछौं।
साथै, मुलुकको मुहार फेर्न आर्थिक क्रान्तिको यो अभियान सफल पार्न सम्पूर्ण
नागरिकहरूमा हार्दिक आह्वान गर्दछौं,' प्रतिबद्धतापत्रमा लेखिएको छ।



पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव नगेन्द्रप्रसाद घिमिरेले
सन् २०११ सुरुसम्ममा नेपाल उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको
संख्या ३२ पुग्ने जानका दिए। हाल २५ कम्पनीले उडान गरिरहेका छन्।


यसैबीच पर्यटन वर्ष २०११ सफल पार्न प्रमुख राजनीतिक दलका नेताहरू नेपाली
कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, एकीकृत नेकपा माओवादीका अध्यक्ष
पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले भव्यरूपमा मनाउने
प्रतिबद्धता जाहेर गरेको बुधबारको मन्त्रिपरिषद्मा जानका गराइएको छ।
शुक्रबार पर्यटन वर्ष उदघाटन गर्नका लागि नेपाली सैनिक मञ्चमा भव्य
कार्यक्रमको आयोजन गर्ने र त्यसमा सबै संवैधानिक निकाय र मन्त्रिपरिषदका
सबै सदस्य आमन्त्रण गरिएको छ ।

http://www.nagariknews.com/news-highlights/139-highlights/10751-2010-02-26-04-24-55.html
 
Posted on 02-27-10 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

= read my lips
Not trust worthy, their statement has no value and contradicts minute after minute.

 
Posted on 02-28-10 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yeah.. There will be no need for Nepal Bandh... but I assur you there will be bandhs.... bandhs in Indian state....  ha ha.. Nepal is Gucking India now.. can't you see???
Last edited: 28-Feb-10 10:15 AM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
TPS advance parole Travel document i-131, Class of Admission ?
Now Trump is a convicted criminal .
Why Americans reverse park?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Facts showing how US is worse than Russia
TPS Renewal Reregistration
Does the 180 day auto extension apply for TPS?
" अनि ग्रिन कार्ड बन्यो त ?"
Nepali Passport Renew
मैले नबुझेका केहि गीत का lyrics हरु
Shot Dead
Driver license help ASAP sathiharu
Nims- एक उन्मत्त साँढे
cannot accept Visa candidates
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters