[Show all top banners]

hit_keta
Replies to this thread:

More by hit_keta
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बि पि को चिठि गिरिजा लाइ
[VIEWED 4447 TIMES]
SAVE! for ease of future access.
Posted on 05-08-06 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्यारो भाइ हवल्दार कान्छो
शुभआशिर्वाद
यो पत्र कोरुन्जेलसम्म म लगायत अन्यदलका साथीहरुपनि आरामै छौं तर तिम्रो स्वास्थ बिग्रेको सुन्दा अलि दुख लाग्यो । मैले त तिमीलाइ हवल्दार बन्ने आशिर्वाद दिएको थिएं तर तिमी त पाँच पटक प्रधानमन्त्री बनेर दुनियामा रेकर्ड नै राख्यौ । तर जे होस तिमी जतीपटक प्रधानमन्त्री भएपनि मेरो नजरमा आजसम्म तिमी हवल्दार नै छौ र आज सम्म प्रधानमन्त्रीले गर्ने काम गरेका छैनौ अब भविश्यमा गरौला नगरौला त्यो त भविश्यलेनै देखाउने छ । मैले त सोचेको थिएं अब तिम्रा दिनहरु पनि गए अब तिमीलाइ पनि यौटा भिसा पठाएर यतै बोलाउनुपर्ला जस्तो लागेको थियो तर तर तिमीलाइ त्यो कुर्सीले नछोडेको हो कि तिमीले त्यो कुर्सी नछोडेको हो बुझ्नै गाह्रो भो । तिम्रो र त्यो कुर्सीको जस्तो सम्बन्भ त सायदै लोग्ने स्वास्नीको पनि होला ? नेपाली जनतालाइ लाटा भनौंभने मैं हु भन्ने माइलाराजाको त मुखको गाँस खोसीदिए , घुँडा टेकाइदिए , अनि फेरी पर्दा पछाडी धकेलीदीए तर बाठा भनौ भने पनि घुमीफीरी बांगे सल्लो भनेजस्तै अस्तीसम्म तिम्रो मुख हेर्ननि नचाहने , तिम्रो बोली सुन्न पनि नचाहने र तिमीलाइ देख्दा साइत पनि बिग्रन्छ भन्नेहरुलेनै आज देश तिम्रो पोल्टामा राखीदीए । आखीर तिमीसँग के छ त्यस्तो रहस्य जो हारेर पनि सँधै जितीरहन्छौ ? हवल्दार कान्छो यो तिम्रो अन्तिम मौका हो । सुध्रिने भए सुध्रिहाल , सयौं पापहरुलाइ पनि एकै पटक गरेको धर्मले पखाल्छ भन्छन तर्सथ तिमीलाइ पनि समयले त्यही पापहरु पखाल्ने मौका दिएको छ गरीहाल पुण्यका कामहरु जस्ले तिम्रो अतितका पापहरु पखाल्नलाइ मद्दत गर्नेछ । जनताले तिम्रो पोल्टामा राखीदिएको देश तिम्रो बिगतका राम्रा कामलाइ देखेर हैन (के नै पो गरेका छौ र विगतमा त्यस्ता राम्रा काम ? ) केवल माइलाराजा र तिम्रो तुलना गर्दा माइला राजा भन्दा तिमीले अलीकती मात्र कम नराम्रा काम गरेको भएर मात्र हो । हुन त तिमी र माइलाराजा मा खासै त केहि अन्तर छैन तर माइला राजाले ५१ प्रतीशत नराम्रा काम गरे त तिमीले ४९ प्रतीशत । बस् यही दुइ प्रतीशतले गर्दा माइला राजालाइ फ्यालेर तिमीलाइ रोजेका मात्र हुन जनताले । जनताले चाहेभने फेरी देश अर्कैको पोल्टामा जानपनि सक्छ यस्लाइ आफ्नो पेवा नसम्झे हुन्छ तिमीले । देश सँधे जनताको हातमा हुन्छ तर्सथ होस गर माइलाराजाको पक्षमा अलीकतीपनि कुनै काम भयो भने फेरी जनताले तिम्रो पोल्टाको देश लाइ प्रचण्डको पोल्टामा लगेर राखीदिने छन । प्रचण्डको पोल्टोपनि ब्याकुल भएको छ देश राख्नलाइ । प्रचण्डको पोल्टोमा देश गएपछी अनि तिम्रो र माइलादाइको कुनै सिप लाल्नेछैन । यतीबेला त्यहाँबाट आएका एक्काइस जना सहिदले मलाइ यहाँ घेरेर राखेका छन । शहिदका सपनाहरु माथी खेलवाड नगर्नलाइ चेतावनि दिनु भन्दै मलाइ भनिरहेका छन त्यै भएर मैले आज तिमीलाइ यो पत्र लेखेको हो । दुइकरोड पचासलाख नेपाली जनताको प्रतिनिधित्व गर्ने यि एक्काइस जना शहिदको चाहना , इच्छा अथवा माग के के हुन तिमीलाइ थाहा छ कि छैन ? यदी थाहा छैन भने यहाँ मैले केहि माग अथवा जनआन्दोलनका उदेश्यहरुलाइ लेखेर पठाएको छु राम्रो सँग पढ र त्यो काम गर । शहिद चाहन्छन यी माग तथा प्रश्नहरुको जवाफ तिमीले तुरुन्त पठाउने छौ भन्ने ।
जनताका प्रश्न तथा मागहरु यसप्रकार छन ।

१ संबिधानसभाको मिती घोषणा गर्न किन ढिला गरेको ?
२ बाह्रबुँदे सहमती कार्यान्वयन गर्न किन ढिलाइ गरेको ?
३ सफथ खानलाइ किन दरबार गएको ?
४ श्री ५ को सरकारलाइ किन यतीबेला सम्म नेपाल सरकारमा परिवर्तन नगरेको ?
५ शहरबजारमा रहेका राजामहाराजा भनाउदाहरुको सालीकलाइ किन नढालेको ?
ती सालीको को स्थानमा तुरुन्त एक्काइस जना सहीदको सालीक बनाउनु पर्छ
६ राजा महाराजा भनाउदाहरुको महाबाणीरुपी त्यो होर्डिगंबोर्डहरु किन नउखलेको ?
७ लोकतन्त्रीक आन्दोलनमा निस्कीएका निसस्त्र जनतामाथी गोली हान्ने र हान्न आदेश दिने प्रहरी र सेना माथी यतीकादिन सम्म किन कारवाही नगरेको ?
८ हेडक्वार्टरमा बसेर जनता मार्न उर्दी लगाउने कुख्यात मण्डले कमल थापालाइ अहिले सम्म किन गिरफ्तार नगरेको ?
९ बाह्रबर्से अबधिमा गन्हाउने गरी भ्रस्टचार गर्ने र अख्तीयारले समेत मुद्दा चलाइ रहेका ( मुद्दा नचालाएका त कती हुन कती ) कुख्यात तस्करहरुलाइ किन संसदभवन भित्र छिर्न दिएको ?
१० माइलाराजाको तलुवा चाट्नको लागी माल्दीभ्स् बाट आयात गरीएका तुलसीलाइ किन करबाही नगरेको ? कि त उस्लाइ देशभित्रै कारवाही गरीयोस कि त नेपाली नगरीकता रद्द गराएर पुन माल्दीभ्स् तीरै लखेटियोस ,
११ अमहडताल लाइ चार दिन बाट बढाएर अनिश्चीतकालीन बनाउनेले सदनको बैठक चाँही किन दिन बिराइ बिराइ बसेको ?
१२ जनआन्दोलनको कममा जनतालाइ अठार घण्टा आन्दोलनमा खटन लगाउने ले आफु सदनमा गएपछी चाँहि किन दिनको एक, दुइ घण्टा बैठक बसेको जस्तो गदै यो महत्वपूर्ण समयलाइ हावामा उडाएको ?
१३ माइलाराजालाइ नढालुनजेल सम्म लगातार आन्दोलन गर्न उर्दि गर्नेले सबिधानसभा भएर चुनाव भएर सरकार नबनुनजेल सम्म लगातार काम गर्नु पर्‍यो ।
१४ राजालाइ घुँडा टेकाएर लोकतन्त्रको बहाली गर्ने तिमीहरु कि हामीहरु ? यो आन्दोलनमा हामीहरु एक्काइस जनाले आफ्नो ज्यान गुमाइम तर कती जना नेताले आफ्नो ज्यान गुमाए त ? तर्सथ यो देश नेपाली जनताको हो जनताको भावनामाथी खेलवाड नगरीयोस ,

हेर हवल्दार कान्छो , सहीदहरुले त अन्य धेरैकुरा भन्दीनु भनेका थिए मैले यहाँचाँहि मुख्य बुदाहरु मात्र लेखेको छु । माथीका कुराहरुमाथी फेरी एकपटक दृस्टी लगाउ र जनताको चाहना पुरा गर्न तिर लाग । जनताको चाहनालाइ आत्मसाथ गर्दै अहिले हामीले पनि यहाँ ( बैकुण्ठधाम ) गणतन्त्रको घोषणा गरेका छौं ।गणतन्त्रीक नेपाल बैकुण्ठधामको प्रथम
निर्वाचनको पनि घोषणा गरीसकेका छौं । गणतान्त्रीक नेपाल बैकुण्ठधामको पहिलो निर्वाचनमा राष्टपतीको लागी बिरेन्द्र वीरबिक्रम , मदन भ०डारी र गणेशमानले उम्मेदवारी दिएका छन । हवल्दार कान्छ यदी तिमीमा पनि अलिकती देश प्रती माया छ र मुटु दरीलो छ भने आजै गणतान्त्रीक नेपाल को घोषणा गर र प्रथम राष्टपतीको निर्वाचनको लागी मीती घोषणा गर । माइलाराजालाइ पनि एकपटक सोध राष्टपतीको लागी उम्मेदवार दिन्छन कि दिदैनन ?आफ्नो पक्षमा कती जनता रैछन भन्नोकुरो अनि थाहा हुन्छ माइलाराजालाई , ।
लौ त हवल्दार कान्छो ,
बाँकीकुराहरु अर्को पत्रमा लोखौला अहिलेलाइ यत्ति । अन्तमा किशुनजीलाई सम्झेको छ रे भनिदेउ । अन्य ठुलाबडाहरुलाइ यही आएपछी मिलौला ।
उहि तिम्रो ठुल्दाइ
बि पि ,
गणतान्त्रीक नेपाल बैकुण्ठधाम ,

स्रोत : रत्नपार्क ब्लगसम
 
Posted on 05-08-06 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-08-06 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

liked it. BP was really great.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS EAD auto extended to June 2025 or just TPS?
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
आज बाट तिहारको सेल सकियो
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters