[Show all top banners]

huippa

More by huippa
What people are reading
Subscribers
:: Subscribe
Back to: Politics Refresh page to view new replies
 मेडिकल कलेज कहाँ खोल्ने प्रश्नभन्दा कसले खोल्ने महत्वपूर्ण हो
[VIEWED 3479 TIMES]
SAVE! for ease of future access.
Posted on 07-23-18 10:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दस वर्षका लागि काठमाडौं उपत्यकाभित्र मेडिकल कलेज खोल्न रोक लगाउने विचार कति सही वा गलत छ ? निःसन्देह मेडिकल कलेज र अस्पताल काठमाडौं उपत्यकाभित्र मात्र केन्द्रित गरिनु ठीक होइन । काठमाडौं उपत्यकाबाहिर विभिन्न जिल्ला र क्षेत्रमा पनि मेडिकल कलेज र अस्पताल सञ्चालन गरिनुपर्दछ । सरकारले तत्काल हरेक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्ने कार्यक्रम कार्यान्वयनमा लान जरूरी छ । तर के काठमाडांै उपत्यकाभित्र मेडिकल कलेज बढी नै भएका हुन् त ?
काठमाडौं उपत्यकामा अहिले स्नातक तहमा अध्यापन हुने ६ वटा मेडिकल कलेजहरू छन् । नेसनल एकेडेमी अफ मेडिकल साइन्सेस (वीर अस्पताल) मा स्नातकोत्तर तहको मात्र अध्यापन हुँदै आएको छ । यी मेडिकल कलेजमध्ये दुई वटामात्र सरकारी मेडिकल कलेजहरू छन् । बाँकी मेडिकल कजेल निजी क्षेत्रबाट सञ्चालित छन् । यदि अहिले चर्चामा रहेजस्तै आगामी दस वर्षसम्म काठमाडौं उपत्यकाभित्र कुनै पनि मेडिकल कलेज खोल्न नपाउने बन्दोबस्त गर्नुको अर्थ अहिले खोलिएका निजी मेडिकल कलेजको एकाधिकार स्वीकार्नु हुनेछ । त्यो गर्नु विशेषतः निजी मेडिकल कलेजलाई अझ अकूत नाफा कमाउन दिने बाटोमा अवरोधलाई पन्छाउनु हुनेछ ।
त्यसो भए के फेरि पनि अरू निजी मेडिकल कलेज खोल्न दिएर च्याउसरि मेडिकल कलेजको खेती गर्न छुट दिने हो ? के त्यसो गर्दा जनताको सेवा होला ? निजी मेडिकल कलेज खोल्न दिने होइन, भएकालाई पनि सरकारी स्वामित्वमा ल्याएर मेडिकल कलेजमार्फत स्वास्थ्य शिक्षामा मौलाइरहेको माफियातन्त्रलाई सखाप पार्नुपर्दछ । संसारमा निजी क्षेत्रलाई मेडिकल कलेज खोल्न नदिएका धेरै देशहरू छन् । नेपालमा यस्तो प्रावधान लागू गर्नु कुनै नयाँ र बहादुरीको काम हुनेछैन । सङ्घीय सरकारले केही महत्वपूर्ण मेडिकल कलेज आफ्नै स्वामित्वमा र प्रत्येक प्रदेशमा प्रादेशिक सरकारको स्वामित्वमा मेडिकल कलेजहरू स्थापना गर्न दिनुपर्दछ । सक्षम र इच्छाशक्ति भएका स्थानीय तहलाई पनि मेडिकल कलेज खोल्न दिनुपर्दछ ।
उदार अर्थतन्त्रको नाममा जनताको स्वास्थ्य र जीवनसँग जोडिएका क्षेत्रमा व्यापार र प्रतिस्पर्धा गर्न दिनु संविधानतः समाजवादउन्मुख राज्यसत्तालाई सुहाउँदैन । त्यसकारण कहाँ कति वटा मेडिकल कलेज खोल्न दिने वा नदिने भन्ने प्रश्न अहम होइन । सङ्घीय सरकारले कतिवटा मेडिकल कलेज स्थापना गर्ने, प्रदेश र स्थानीय तहलाई कति वटा मेडिकल कलेज स्थापना गर्न दिने भन्ने हो । निजी क्षेत्रलाई यसमा निषेध गर्नुपर्दछ । अनि मेडिकल शिक्षामा मौलाएको नाफाको खेलमा नियन्त्रण हुनेछ ।
मेडिकल शिक्षाको सन्दर्भमा आज भइरहेको बहस निजी क्षेत्रलाई कति नाफा खान दिने भन्नेमा अल्झिएको छ । तर अहिले जुहारी खेलिरहेका दुवै पक्ष निजी क्षेत्रलाई मेडिकल शिक्षामा व्यापार गर्न दिनेमा सहमत छन् । विचारमन्थनमा यी दुई विचारभन्दा भिन्न सबै मेडिकल शिक्षा राज्यको दायित्वअन्तर्गत ल्याउनुपर्छ भन्ने विचारलाई देखे–नदेखेजस्तो गर्नु भने नाफाखोरहरूकै पक्षधरता हो । अहिले मेडिकल शिक्षाबारेमा बहस गरिरहेका सत्ता पक्ष र विपक्ष दुवै राज्यको स्वामित्वमा मेडिकल शिक्षालाई ल्याउने विचारबाट भने सतर्क छन् किनभने उनीहरूको मुद्दा निजी क्षेत्रलाई कतिसम्म नाफा खाने भन्ने विषयमा हो । नाफै खान नदिने बरू मेडिकल शिक्षालाई जनताप्रति अझ उत्तरदायी र सुलभ बनाउने, राज्यको दायित्वभित्र लानुपर्छ भन्नेमा उनीहरूको सहमति देखिंदैन ।
के निजी क्षेत्रले मेडिकल कलेज नखोल्दा नेपाली विद्यार्थी विदेशमा पढ्न जानुपर्ने हुन्छ ? सरकार आफैंले देशको आवश्यकताअनुसार मेडिकल कलेजको स्थापना गरे यो समस्या हल हुनेछ । केही बुद्धिजीवीहरू शिक्षक अभाव हुने कुरा गर्दैछन् । के आवश्यकता परे विदेशी शिक्षकलाई नेपालमा अध्यापनको लागि ल्याउन सकिन्न ? पञ्चायतले गर्नसक्ने काम के अहिलेको गणतन्त्रको सरकारले गर्न नसक्ला ? तसर्थ प्रश्न मेडिकल कलेज कहाँ खोल्ने भन्ने होइन, कसलाई खोल्न दिने भन्ने हो । मेडिकल कलेज राज्यले आफ्नो स्वामित्वमा देशभरि आवश्यकताअनुसार खोल्नुपर्दछ र निजी क्षेत्रलाई निषेध गरेर मेडिकल शिक्षामा मौलाइरहेको नाफाखोरीलाई निमित्यान्न पार्नुपर्दछ ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
TPS EAD auto extended to June 2025 or just TPS?
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
whats wrong living with your parents ?
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters