देश -दर्शन
बन्द नै बन्द को
नियतिले
तिर्खा नै तिर्खा को
बिबशताले
बिद्रोह को ज्वाल्मुखी
फुटी रहेको छ
सम्भावित दुर्घटना टार्न
म गल्ली, गल्ली चहारी रहेछु
गाउ, सहर बस्ति हरुमा
पसिनै पसिना भएर
जोर जोर ले चिच्याई रहेछु
मान्छे नै मान्छेको भीडमा
म हार-गुहार गर्दै कराई रहेछु
तैपनि,
कसैले सुन्दैन
कसैले देख्दैन
अपशोच ,
ति मध्ये कोहि
अभिमान ले अन्धो भई सकेका छन्
कोहि नारा जुलुश , आमसभा
बम,बन्दुक र बन्दका आवाज हरुले
बहिरो भई सकेका छन्
भोक र रोग ले आक्रान्त उनीहरु
म जस्तै दिग्भ्रमित देखिन्छन
महाभारत का यदुबंशीहरु जस्तै
श्राप ले ग्रषित भएर
बिबेकहीन भएका छन्
अनि मुशल उठादै
एकआपस लडी रहेका छन्
उकुश मुकुश हुदै
यत्र -तत्र भौतारी रहे
देश दर्शन को क्रममा
कलंकित मुर्तीहरु
कलुषित मनहरु
अपूर्ण र अस्पस्ट
आकृति मात्रै पाए
मेरो सुन्दर देश लाई
मेरो “सांग्रिला” लाइ
फोहोर को थुप्रो हरुले
षड्यन्त्र को मुस्लो हरुले
छोपी सकेछ
कु: संस्कार र बिकृतिको
अनियमितता र अविश्वासको
कालो बादलले
ढाकि नै सकेछ
प्रोजेक्टका कुलो र राजमार्गहरुले
विखण्डित बनाई सकेछ
हटाथ म,
मन्दिरमा, मांङहिममा
बौध, स्तुपा र देउरालीमा
फुल चडाएर
दियो जलाएर
मेरो देश मागी रहेछु
एउटा नवयुग पर्खी रहेछु |
www.nepalinagrik.com
Last edited: 20-Jun-12 09:58 AM